कुनैबेला बोटबिरुवाबाट भर्खरै टिपिएका ताजा फूलहरू पूजाकोठा र मन्दिरमा पुग्दथे भने अहिले टाढा–टाढाबाट भित्र्याइएका, ओइलिएका बासी फूलहरू पूजाकोठादेखि सबैखाले धार्मिक, सामाजिक उत्सवहरूमा शोभायमान बन्दछन्। यसपटक तिहारका बखत मुलुकका कतिपय जिल्लाहरू फूलमय बने भने कतिपय जिल्लाहरूमा फूलको हाहाकार, अनिकाल पर्यो।
तर पनि भनिन्छ नेपालमा ६ हजारको हाराहारीमा विभिन्न जाति, प्रजातिका फूलहरू फुल्ने गर्दछन्। नेपालकै ख्यातिप्राप्त ‘सुनाखरी’ जातको फूलको झन्डै तीन सयभन्दा बढी प्रजाति नेपालमा पाइन्छ। हिउँदमा हिमाली–पहाडी भेगमा जताततै लटरम्म देखिने लालीगुँरासको सौन्दर्यता त झन् ‘क्या कहना’। भनिन्छ संसारमैं नभेटिने दुई सय प्रजातिका फूलहरू समेत नेपालको हिमाली–पहाडी क्षेत्रमा भेटिन्छन्। यिनै कारणहरूले गर्दा नेपालको कुना–काप्चा घुम्ने पर्यटकहरू नेपाललाई ‘फूलको देश’ पनि भन्दछन्। यहाँको मौसम, हावापानी र माटोसमेत फूलका लागि उपयुक्त र उत्तम मानिन्छ । तर कुन प्रजातिका कस्ता–कस्ता फूल, कुन मौसममा कहाँ–कहाँ फुल्छन् भन्ने रेकर्ड नेपाल सरकारसँग छैन। अनुकूल हावापानीमा लावारिस किसिमले, अवैज्ञानिक तरिकाले, प्राकृतिक वातावरण अनुरूप प्रशस्तै फूलहरू फुल्ने र ओइलाउने गरेका छन्।
यति हुँदाहुँदै पनि तिहारको समयमा जैविक विविधता झल्काउने स्वदेशी फूलको सट्टा भारतको बङगलोर, कोलकाताबाट खपतको करिब अस्सी प्रतिशत फूल नेपाल भित्रिने गर्दछ। तिहारमा नेपाल भित्रिने यस्ता फूलहरूमा झन्डै शत प्रतिशत सयपत्री (गेन्दाफूल) नै हुन्छ। सधैं ठस्स गन्हाउने रक्सौल रेलवे स्टेशन तिहारमा रेलगाडी, मालगाडीबाट नेपाल आउने फूलहरूले गर्दा मगमग बनेको हुन्छ।
वीरगंजको फूल बजारसमेत तिहारका भारतीय फूलहरूले ढकमक्क थियो। तिहारको समयमा पहाडी क्षेत्रबाट डोकोमा वीरगंज बजारमा स्वदेशी फूल ल्याउनेहरू यहाँको लुछाचुँडीमा टिक्न असमर्थ भए, अब आउनै छाडे।
नेपालीहरूलाई पाँच दिने यमपञ्चक (काग तिहारदेखि भाइटीकासम्म) अत्यधिक फूल चाहिन्छ। तर यस अवधिमा सबैभन्दा बढी खपत सयपत्री
(मेरीगोल्ड) कै हुन्छ। वीरगंज अहिले कङ्क्रिटको शहरमा परिणत भएको छ । थोरै जग्गामा धेरै कोठा बनाउने रहर भएको यो शहरका बासिन्दालाई अब आँगन र फूलबारीको रहर छैन। बाटो च्यापेर, नाला मिचेरसमेत घर ठड्याइएको देख्न सकिन्छ। वीरगंजेहरूमा फूल र फूलबारीको चाहना नै देखिंदैन। थुप्रै जग्गा–जमिन भएका महलबासीहरूमा समेत, फूल, फूलबारी, करेसाबारीप्रति आकर्षण देखिंदैन, यस्ताहरूले बरु गमलामा फूलबारी बनाएर फूलको प्यास मेटाएको देखिन्छ। त्यसैले तिहारमा यो औद्योगिक शहरमा फूलको अत्यधिक माग र चाप देखिन्छ। फूल किनबेचको प्रथा नेपालमा धेरै पुरानो होइन। गाउँ–ठाउँमा त अझै छिमेकीको बारीमा फुलेको फूल निर्धक्क टिप्ने चलन छ। फूल पनि किन्ने हो र ? भन्ने धर्मभीरुहरू थुप्रै छन्।
तिहार लक्ष्मीपूजाका दिन वीरगंजको मेनरोड अस्थायी फूल पसलहरूले झकिझकाउ हुन्छ। लक्ष्मी पूजाका दिनमात्रै वीरगंजमा करिब पचास लाखको सयपत्री फूल किनबेच हुन्छ। त्यसो त अहिले नेपालमा बर्सेनि १५ करोडको फूल भारत, थाइल्यान्ड, चीनलगायत मुलुकबाट भित्रिन्छ। तर यो माग तिहारको बेला डब्बल हुन्छ। फूलको निम्ति असार, साउन, पुस र माघ अफसिजन मानिन्छ। तर आजकाल विवाह, व्रतबन्ध, धार्मिक समारोह, बर्थडे, नयाँ वर्ष आदिमा समेत कलात्मक तरिकाले फूलहरू उपयोग हुन थालेपछि अफसिजनमा समेत यसको राम्रै खपत बढेको छ। नेपालमा बार्है महिना स्वदेशी फूल खपत हुने क्षेत्र मन्दिर हो। भनिन्छ नेपाली भगवान्का मूर्ति र मन्दिरहरूमा दैनिक दस लाखभन्दा बढीको फूल चढाइन्छ। बारीबाट टिपेर ल्याइएका यी अनमोल फूलहरूको मोल–तोल हुँदैन रे। दक्षिणकालीको बाटो टाटासुमो चढेर वीरगंज आउने जोसुकैले अहिले लावारिस किसिमले बाटोभरि लटरम्म फूलेको अनमोल सयपत्री–घारी देख्न सक्छन्, यी फूलहरू बोटमैं फुल्छन्, बोटमैं सुक्छन्। यस्ता स्वदेशी फूलहरूको न कुनै बजार छ न कुनै मूल्य। फुल्नु–ओइलाउनु र झर्नु यिनको नियति हो। तर सदाबहार रूपमा प्रयोग हुने ‘सयपत्री’ नेपालको स्थानीय फूल होइन। भनिन्छ पुर्तगालीहरूले मेक्सिकोबाट सयपत्री फूल ल्याई संसारभरि बाँडेका हुन्। थोरै स्थानमा, सजिलै उम्रिने, धेरै टिक्ने, थोरै लगानी, धेरै फुल्नेजस्तो कारणले भारतमा घरानिया र कहलिएका व्यवसायीहरूले सयपत्रीको स्तरीय व्यवसाय गर्न थालेका छन्। यसपालिको तिहारमा काठमाडौंमा एक प्रतिष्ठित राजनैतिक–व्यापारीले भारतबाट वीरगंज नाका हुँदै रु. पचास लाखको फूल झिकाएका थिए। नेपाल सरकारले फूल र फूल उत्पादनमा कुनै चासो नदेखाएकोमा फूलप्रेमीहरू निकै खिन्न छन्। सरकारी उदासीनता, किसानले चासो नदेखाउने, सीप र तालिमको अभाव आदिले गर्दा नेपालको फूल उत्पादन व्यवसाय ओझेलमा परेको छ। तर आजकाल फूलको व्यापार ‘नगदे बाली’ बन्दै गएको कुरालाई नकार्न सकिंदैन। संसारमा हल्यान्डबासी सबैभन्दा बढी फूलप्रेमी मानिन्छन्। हल्यान्डका अधिकांश घरहरूमा सानो फूलबारी, नर्सरी र बैठकहरूमा ताजा फूलको गुच्छाहरू आम कुरा हो। फूलको इतिहास मानव इतिहासभन्दा पुरानो देखिन्छ। अवगुण नभएको गुणैगुण भएको फूललाई विभिन्न कोणबाट मानव हितकारी, कल्याणकारी मानिन्छ। तर पनि मान्छेले आफ्नो स्वार्थअनुकूल धार्मिक र सामाजिक कार्यबाहेक फूल जगेर्ना गर्नेतर्फ ध्यान पुर्याएको देखिंदैन ।
वीरगंजे तिहारमा फूल, पटाका र जुवाकौडाको पनि खुबै धुम रहन्छ। तर यसपटक फूलबाहेक पटाका र जुवा रौनकहीन थिए। यसपालि तिहारमा वीरगंजेलीहरूले पटाकाको धमाका, धूवाँ र प्रदूषणबाट धेरै हदसम्म मुक्ति पाए।
यसपालि यहाँका जुवाका खालहरू पनि सुनसान थिए। खेलाउने र खेल्ने सबैले टाउकोमा हात राखे। ‘तीनै ठाडा मार्रा’ कतै सुनिएन। भैलो, द्यौसी खेल्नेहरू अबेर रातिसम्म ‘भन–भन भाइ हो’ भन्दै थिए। भैलो, द्यौसीको आम्दानी रचनात्मक कार्यमा खर्च गरिने भए यसपालि कलेक्सन राम्रो नभएको गुनासो सुनियो।
आफूलाई त भैलो, द्यौसी र फूल मन पर्ने हुँदा बजारबाट फूल र टिभीबाट भैलो–द्यौसी खुबै सुनियो।
फूलको महत्त्व बुझेका लेखक, कलाकारहरूले फूलको बखानमा धेरै कागज कोरेका छन्। नेपालमा –‘फूलको बयानमा काँडाको पनि नाम आउँछ’ अनि ‘फूलको आँखामा फूलै संसार’ भन्ने गीत पनि खासै लोकप्रिय छ।
वीरगंजको तिहार त्यस्तै हो, फूलको थुप्रै, पटाकाको प्रदूषण र गन्ध, फोहरको डुङ्गुर, प्रदूषित मिठाई, महँगो मसाला, जुवाको ताल, भैलो–द्यौसी आदि। अस्तु १