जीतलाल श्रेष्ठ, निजगढ, ५ कात्तिक/
बाराको उत्तरीभेग भरतगंज सिगौलमा अवैध इँटाभट्टा सञ्चालन हुँदै आएपनि कानुनले छुन सकेको छैन। भरतगंजको वडा नं. २ स्थित श्री नेपाल राष्ट्रिय उच्च माविको सार्वजनिक चउरबाटै इँटाभट्टामा सहजै जान सकिने गरी बाटो दिइएको छ।
विद्यालय नजिकै इँटाभट्टा सञ्चालन भएपछि विद्यार्थीहरूको ध्यान इँटाभट्टामा केन्द्रित हुने गरेको शिक्षकहरू बताउँछन् । जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, जिल्ला वन कार्यालय, घरेलु कार्यालयसँग अवैध साँठगाँठ गरी बिनादर्ता दुईवटा इँटाभट्टा विगत दुई वर्षदेखि सञ्चालनमा छन्। पहिलेको वर्ष स्थानीय विद्यालय निर्माणका लागि इँटा तयार बनाउन लागेको भनिएपनि निजगढ, हेटौडा, चितवनलगायत जिल्लाहरूमा अवैधरूपमा उत्पादन गरिएको इँटा बिक्री हुँदै आएको छ। घरेलु कार्यालय बारामा केही वर्षअघि निजगढमा सञ्चालन गर्नेगरी इजाजत लिएको एक इँटा उद्योगको च्ग् लेखिएको फर्माबाट भरतगंजसिगौलमा धमाधम इँटा तयार भइरहेको छ। वन कार्यालयले वन क्षेत्रबाट ५ किलोमिटरभित्र इँटा, क्रसर उद्योग सञ्चालनमा रोक लगाउनुपर्ने हो तर जिल्ला वन कार्यालय बारा बेखबर रहनु रहस्यको विषय बनेको छ।
चुरे पहाडको फेद र वन क्षेत्रबाट नजिकैको प्राकृतिक खेतीयोग्य जमीन धमाधम खाडल बनाउँदा नजिकैको धन्सार खोलाको बाढी बस्ती र खेतीयोग्य जमीनमा पस्ने सम्भावना नजिकिंदै गएको छ। यसले गर्दा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत खर्च गरिएको लाखौं रुपियाँको संरचना अर्थहीन हुने निश्चित छ। यसरी जङगलछेउ स्थापित इँटाभट्टाका कारण राष्ट्रिय वन क्षेत्रबाट चोरी–तस्करी गरी ल्याइएका दाउराले वन विनाश त भएकै छ वायु प्रदुषणसमेत हुँदै आएको छ।
इँटाभट्टा साहुहरू वनको कर्मचारी, प्रहरी प्रशासनसँग मिलेर गैरकानुनी कार्य गरिरहँदा कानुनी कारबाईको सट्टा भोज खाएर फर्कने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन्। इँटाभट्टामा एक टायर दाउरा सात सयमा बिक्री हुने गरेपनि गाउँलेलाई ठटाएर एक हजार लिन्छन्–गाउँले बताउँछन्। निजगढमा बर्सौदेखि सञ्चालित इँटाभट्टा भने स्थानीय सचेत युवा सङ्घर्ष समितिसँग सहमति गरी यसै वर्षदेखि बन्द भएको छ।