उमाशड्ढर द्विवेदी
आदिम मानिसले हातले फ्याँक्ने शस्त्र, कृषि तथा पशुपालनको साथै एउटा महत्त्वपूर्ण कुराको खोजी गर्नमा सफल हुन पुगेको थियो, त्यो थियो गुड्ने पाङ्ग्रा । पाङ्ग्राको खोजीपछि मानव विकासको धारा त्यसै पाङ्ग्राको सहायताले गुड्न थाल्यो। सम्भवत: पाङ्ग्राको आविष्कार नभएको भए विश्व आज यति छिटो विकासको फड्को मार्न कदापि सफल हुँदैनथ्यो भन्ने ठोकुवा गर्न सकिन्छ। अतितका दिनहरूदेखि पाङ्ग्रामाथि निकै अनुसन्धान, परिमार्जन र सुधार हुँदै आएर आजको अवस्थासम्म आइपुग्न निकै समय लाग्यो। पाङ्ग्रा सर्वप्रथम काठको बाटुलो मुढामा प्वाल पारेर बनाइएको थियो। समान किसिमका दुईटा मुढाको बीचमा प्वाल पारेर बनाइएको पाङ्ग्राको प्वालहरूमा काठकै धुरा
(ब्हभि) छिराएर त्यसमाथि काठकै हर्षा (ऋजभकष्क) राखी त्यसमाथि बडी
(द्ययमथ) बनाएर त्यसबाट सवारी वा ढुवानी गर्ने काम लिइन्थ्यो। यसप्रकारले गुड्ने गाडीमा बाहिरी शक्तिको आवश्यकता पर्दथ्यो, जुन शक्तिले त्यसलाइ तान्ने काम गर्दथ्यो। त्यसकै बलले पाङ्ग्रा गुडेर गति प्राप्त गर्दथ्यो। यसप्रकारको शक्ति त्यतिबेला पशुधन यथा घोडा, गोरु वा पाडाबाट प्राप्त गरिन्थ्यो ।
कालान्तरमा मानिस फलाम युगमा प्रवेश गर्यो। यस युगमा पाङ्ग्रा पनि फलामद्वारा निर्मित हुन थाल्यो तर फलामले बनेको पाङ्ग्रा काष्ठ पाङ्ग्राभन्दा गर्हौं वजनका हुनाले गुडेर गति पाउनमा निकै शक्तिको आवश्यकता पर्दथ्यो। त्यसको निम्ति मानवको खोजी मस्तिष्कले वाष्पशक्तिको प्रयोग गर्नमा सफल भयो। पशुधनको काँधबाट यो जुओ उत्रेर वाष्प इन्जनको काँधमा आयो। एवं प्रकारले हुँदै जाँदा वाष्प इन्जनबाट आधुनिक मोटर इन्जनको अविष्कार भयो। पाङ्ग्रा पनि हलुका फलाम तथा रबरको टायर र हावा भर्न मिल्ने टयूबको हुन पुग्यो। इन्जनहरूमा गति तथा कार्यक्षमता त निकै थियो तर त्यसको लागि इन्धनको आवश्यकता पर्दथ्यो । कोइला र खनिज तेल इन्धनको रूपमा प्रयोग हुन थाल्यो। यस इन्धनको शक्तिले पाङ्ग्रा अब गुड्ने मात्र होइन उड्न पनि थाल्यो तर प्राकृतिक खनिजको रूपमा कोइला तथा तेलको मात्रा पृथ्वीमा सीमित थियो, जसको अन्धाधुन्ध दोहनले सम्पूर्ण खनिजभण्डार नै रित्तिने भयले मानव मस्तिष्कले एउटा अलगै प्रविधिको अनुसन्धान गर्नमा सफल भयो। दायाँ बायाँ पाङ्ग्रा तथा एक्सल, चेसिसलाई छाडेर पाङ्ग्रालाई एक सीधामा बनाइ चक्रीय गतिको प्रयोग गरेर गति पाउनमा सफल हुन पुग्यो। यसप्रकारले निर्मित यन्त्रलाई नाम दिइयो– बाईसाइकिल। जसमा न कुनै इन्जनको न कुनै इन्धनको नै आवश्यकता पर्दछ। यसलाई चलाउने मानिसको शारीरिक शक्तिले नै यसलाई गति दिन सम्भव भयो। यसमा लागेको पावदानलाई लयबद्धरूपमा चलाएर चेनको सहायताले गति पाउन सकिन्छ अथवा हातले घचेटेर गति प्राप्त गर्न सकिन्छ।
साइकलको निर्माण पुरानै समयमा भएको हुँदो हो तर नेपाल तराईमा साइकल यसै शताब्दीको पहिलो दशकमा भित्रिएको हो। पर्सा जिल्लाको पाँचजना धनी मानिसहरूको लागि कलकत्ताबाट साइकिल खरिद भइआएको थियो। जसमध्ये एउटा साइकिल यस पङ्क्तिकारको गाउँमा पनि आएको थियो । पावदान चलाएर गुड्न सक्ने त्यस यन्त्रलाई बाल्यकालमा यो पङ्क्तिकारले देखेर दङक परेको सम्झना मनमस्तिष्कमा आलै छ।
नेपाल तराई क्षेत्रमा साइकिलको आगमनपछि जनसाधारण यथा शिक्षक, मजदुर तथा सौकिनहरूको लागि साइकिलको सवारी आवागमनको लागि व्यापकरूपमा प्रयुक्त हुन थाल्यो भने अन्य आजीविका कमाइ खानेहरूको लागि साइकिल मालसामानको ढुवानी गर्नको लागि सस्तो र सरल साधनको रूपमा प्रयोग हुन थाल्यो। साइकिलले यस क्षेत्रमा ढुवानीको लागि प्रयोग हुने पशुधनलाई विस्थापित गर्न पुग्यो। दाना, पानी, घाँस खुवाउने अनि लिदी गोबर सोहोर्ने जस्ता खर्चिलो तथा झन्झटिलो कामबाट जनसाधारणलाई साइकिलले ठूलो राहत पुर्यायो। साइकिललाई खुवाउनको लागि न दाना, न घाँसको पिरलो न मूत्र, लिदी र गोबर सफा गर्नुपर्ने बाध्यता थियो। ढुवानी क्षमताको विचार गर्ने हो भने घोडाले दुवैतिर गरेर अढाइ मन (एक क्वीन्टल), गोरुको जोडीले बीस मन (साढे सात क्वीन्टल) बोक्न सक्थ्यो भने एउटा तन्नेरी मान्छेले साइकिलमाथि तीन क्वीन्टल माल बोकेर गाउँबाट शहरसम्म तथा शहरबाट गाउँसम्म पुर्याउन सक्छ । साइकिलको लोकप्रियता तथा उपयोगिता दिनानुदिन बढ्दो छ।
सवारी तथा माल ढुवानीमा साइकिलको उपयोगिता अपरिहार्य रहे पनि साइकिलले तराईमा व्याप्त पर्दाप्रथालाई पनि विस्तारै विस्थापित गर्दै गइरहेको देखेर यहाँको सड्ढीर्ण मानसिकता उदारीकरणतर्फ उन्मुख रहेको कुरा स्पष्ट दृष्टिगोचर हुन्छ। यस क्षेत्रका महिलाहरूमा पर्दाप्रथाको व्यापक प्रचलन रहेको पाइन्छ। महिलाहरू प्राय: घुम्टोले मुख छोपी पर्दाका साथ आवतजावत गर्ने गर्दछन्। विगतका दशकहरूमा महिलाहरू माइतीबाट घर वा घरबाट माइती जानको लागि मोहरफा, पालकी तथा डोली (सवारी विशेष जसलाई चारजना कहारहरूले बोक्ने गर्दथ्यो) को प्रयोग गर्ने गर्दथे। आजका दिनहरूमा तिनै महिलाहरू घुम्टो त हाल्छन् तर आफ्नो पति वा दाइभाइको साथमा साइकिलको क्यारियरमा बसेर यात्रा गर्न हौसिन्छन्। बाटामा यस्ता दृश्यहरू जो कोहीले पनि सजिलै देख्न पाउँछन्। यस क्षेत्रका किशोरी तथा युवतीहरू केटाहरूको साइकिलको ताँतीमा मिसिइ साइकिल चलाइरहेको दृश्य देखेर मनमा एक किसिमको सन्तोष अनुभव हुन्छ र लाग्दछ तराई क्षेत्रमा उघ्रिँदै गइरहेको घुम्टोले दिमागी सड्ढीर्णतालाई पन्छाएर आधुनिक युगको विकासतर्फ मन्दगतिमा भए पनि फड्को मार्दैछ। यसप्रकारको लक्षणलाई शुभ सड्ढेतको रूपमा लिन सकिन्छ। विकासको गतिमा ताल मिलाउन आवश्यक नै छैन र ?