उमाशङकर द्विवेदी
एष्टव्या बहव: पुत्र यद्येकोऽपि गयां व्रजेत – धेरै पुत्रहरूको आशा मानिसले यस कारणले गर्दछ कि तीमध्येबाट कोही एकले पनि पितृको सद्गतिका लागि गया तीर्थ जाओस्। आश्विन महिनाको कृष्ण पक्षलाई पितृपक्ष भन्दछन्। यस महिनामा नेपालमा सोर्ह श्राद्ध गर्ने चलन छ भने भारतको झारखण्ड राज्यमा अवस्थित गया भन्ने ठाँउमा विश्वभरिका हिन्दू धर्मावलम्बीहरूको लागि पितृपक्ष मेला लाग्ने गर्दछ। यस मेलामा भारत–नेपालका हिन्दूहरू मात्र होइन, विश्वभरिकै हिन्दू धमोवलम्बीहरूको घुइँचो लाग्ने गर्दछ। गया तीर्थमा गयासुरको शिरमाथि पिण्डदान गर्दा पितृहरू मुक्त हुन्छन् भन्ने धार्मिक विश्वास गरिन्छ।
गया तीर्थ निकटवर्ती रेलवे स्टेशन (रक्सौल) बाट २६४ कि.मि. दक्षिण पश्चिम दिशामा पवित्र फल्गु नदीको किनारमा अवस्थित छ। गया तीर्थ गयासुर राक्षसको शरीरमाथि अवस्थित रहेको जनश्रुति छ। त्यसअनुसार एक कोसको क्षेत्रलाई गया राक्षसको शिर मानिन्छ भने पाँच कोससम्म गयासुरको शरीर मानिन्छ। यसै क्षेत्रको मध्यमा प्रख्यात ३१ वटा तीर्थहरू छन्। जसमध्ये विष्णु पद, फल्गु नदीको तिर, प्रेतशिला, रामशिला, अक्षयवट, काकबली, श्वान बली, यमबली, सीताकुण्ड आदि तीर्थ स्थानहरूमा पितृको मुक्तिको लागि पिण्डदान दिने चलन रहेको पाइन्छ। शास्त्रहरूमा उल्लेख भए अनुसार काशीमा मृत्यु हुनेहरूलाइ ‘सायुज्य’ मोक्षको प्राप्ति हुन्छ भने गयामा पिण्डदान गर्दा मृतकलाई ‘उध्र्व’ गतिको मोक्ष प्राप्त हुन्छ। गयामा पिण्डदान गर्दा आफूपट्टिको तीन पुस्ता, मावलीपट्टिको तीन पुस्ता, ससुराली पट्टिको तीन पुस्ताका मृतकहरूलाइ मोक्ष मिल्दछ भन्ने विश्वास गरिन्छ। यसबाहेक देशका मृत राजा, अकाल मृत्यु भएकाहरू, भूतप्रेत, पिशाचको मुक्तिको लागि पनि पिण्डदान गर्ने परम्परा रहेको पाइन्छ। गयामा पिण्डदान गर्ने बेलामा त्यहाँको पण्डाहरूद्वारा राजा वीरेन्द्रका लागि पिण्डदानको मन्त्र पढेको सुनेर यस पङ्क्तिकारलाई एक अद्भुत रोमाञ्च उत्पन्न भएको थियो।
हुन त गया क्षेत्र समथर भूमि हो तर यत्रतत्र तीन चार सय फिट अग्ला अग्ला चट्टानका थुम्काथुम्की पनि देख्न पाइन्छ। चार सय फिट अग्लो थुम्काको शिखरमाथि प्रेतशिला भन्ने ठाउँ छ, जहाँ पितृहरूलाई पिण्डदान गर्ने चलन छ। ४०० वटा भर्याङका खुडकिला उक्लिएर टुप्पोसम्म पुग्दा तीर्थालु असिनपसिन हुन्छन्। उकालो चढ्न अप्ठ्यारो भएपनि
ओरालो झर्न सजिलो छ। अशक्त तीर्थालुहरूका लागि उक्लिन सार्है खर्चिलो व्यवस्था छ। बाटामा जुनार, उखुको रसको व्यवस्था छ।
मेला भर्ने तीर्थालुहरूको सङ्ख्याको अनुमान गर्न सार्है गार्हो पर्दछ। लाल मोहरिया पण्डाको रेकर्डअनुसार यस वर्ष त्रयोदशी तिथिसम्म मात्रै नेपालबाट सात लाख तीर्थालुहरूको उपस्थिति थियो। तराई, पहाड र भित्री मधेसको पर्सा, बारा, नवलपरासी, रौतहट, दाङ, बैतडी, पर्वत, स्याङ्जा आदि जिल्लाबाट गया तीर्थमा व्यापक उपस्थिति रहेको पाइएको थियो। एउटा तीर्थालुबाट लाल मोहरिया पण्डाले कम्तीमा भारु. ७०० लिन्थे भने यात्रीसँग भने पशुवत् व्यवहार हुन्थ्यो। पण्डालाई थाहा छ गयामा मानिस जीवनमा एकचोटि मात्र आउँछ आफ्नो पितृको लागि पिण्डदान दिन। पण्डाले यस वर्ष मात्रै कति नेपाली रकम कुम्ल्याए यसको हिसाब गर्ने जिम्मा पाठकहरूलाई लाउँदै म आफ्नो पिचृको आत्माको शान्ति तथा मोक्षको लागि फल्गु नदीको किनारमा बेदी बनाई जौको पीठोले ढिकुर बनाएर स्थापित गर्दै मन्त्र पढ्न थाल्दछु– ॐ भरद्वाज गोत्रा अस्मत् पिता: बैजनाथदेव गयायां गयाशिरे फल्गु तीर्थे एतत्तेपिण्ड: स्वधा..स्वधा..स्वधा..।
(फोटो: पङ्क्तिकार स्वयं)