प्रस, वीरगंज, ९ असोज/
भारतीय महावाणिज्य दूतावास वीरगंजले आज स्थानीय होटल भीस्वामा भारतीय प्राविधिक तथा आर्थिक सहयोग (आइटेक) दिवस मनायो।
भारतमा सञ्चालित विभिन्न प्रविधि–ज्ञानका लागि अन्य मुलुकका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले भारतले तीनवटा शैक्षिक कार्यक्रम आइटेक, स्क्याप र टिसिएस कोलम्बो प्लान सञ्चालन गर्दै आएको छ।
भारतमा आइटेक योजना आरम्भ भएको दिवसको रूपमा आज यस भेगका नेपाली नागरिकलाई भारतीय प्राविधिक शिक्षाबारे जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको बताइएको थियो ।
दूतावासका कन्सुल शशिकुमारले आइटेकबारे विस्तृत विवरण प्रदान गरेका थिए भने महावाणिज्यदूत आशुतोष अग्रवालले भारतले नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र प्राविधिक ज्ञानको पर्याप्तता नागरिकस्तरसम्म पुगोस् भनेर यो जानकारीमूलक कार्यक्रम सञ्चालन गरिएको बताएका थिए। सो अवसरमा भारतका विभिन्न प्राविधिक शिक्षा केन्द्रहरूमा अध्ययन गरेका शालिकराम पौडेल सिनियर डिभिजनल इन्जिनियर, डिल्लीराज लेखक शाखा प्रबन्धक सिद्धार्थ बैंक वीरगंज, सञ्जय महतो, नेरेसो चितवन तथा हरिनारायणप्रसाद साह, फिल्ड कोअर्डिनेटर कलैया नगरपालिकाले प्रविधि शिक्षणले कार्यमा स्तरीयता आउने बताएका थिए ।
कार्यक्रममा सञ्चारकर्मी जगदीश शर्मा, प्राचार्य हरिखेतान क्याम्पस डा. भगवान यादव, बारा प्रजिअ वसन्तकुमार उपाध्याय तथा पर्सा प्रजिअ तारानाथ गौतमले नेपालका विभिन्न विकास निर्माणमा र विभिन्न क्षेत्रको उन्नतिमा भारतीय सहयोगको प्रशंसा गरेका थिए ।