प्रस, वीरगंज, ११ असोज/
नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, वीरगंजको स्तरोन्नति तथा क्याम्पस सञ्चालनको लागि आजदेखि सुरु भएको श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञको एक कार्यक्रमबीच उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरेका छन्।
वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलले आजदेखि असोज १८ गतेसम्म सञ्चालन गर्ने सो महायज्ञको उद्घाटन गर्दै उपराष्ट्रपति झाले धर्मको माध्यमबाट समाज परिवर्तन गरी देश निर्माण गर्नुपर्ने बताए।
उनले २०६२/०६३ को जनान्दोलनपछि देशमा लोकतन्त्र स्थापित भएर सर्वोत्कृष्ट संविधानसभा गठन भएपनि संविधान बनाउने जनाभिलाषा पूर्ण नहुँदा सबै दु:खित भएको बताए। उनले महायज्ञबाटै नेपालको नयाँ संविधान जारी होस् भन्ने कामनापनि गरे।
उद्घाटन समारोहमा वाचनप्रवीण पं. दीनबन्धु पोखरेलले क्रान्ति भनेको आन्दोलनमात्र नभएको चर्चा गर्दै क्रान्तिको माध्यमबाट समाजका विविध पक्षको परिवर्तन हुनुपर्ने बताए। उनले अध्यात्मबाट विकास सम्भव हुने तर्क राख्दै दिगो शान्ति र संविधान निर्माणको पक्षमा सबैलाई समाहित हुन आग्रह गरे ।
महायज्ञ मूल समारोह समितिका अध्यक्ष राजेन्द्रबहादुर अमात्यको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा सभासद् अजय द्विवेदी, प्रहरी उपरीक्षक रमेश खरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर कुर्मी, प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, क्षेत्रीय प्रशासक माधव घिमिरे, सशस्त्रका डिआइजी ऋषभदेव भट्टराई, वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अशोक वैद्य, विद्यालयका प्रअ बलराम श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि विद्यालय कलशयात्रा निस्केर नगर परिक्रमा गरेको थियो।