$type=ticker$count=12$cols=4$cate=0

रहरी र दूरसञ्चार कार्यालयको कुरा मिल्यो कल बाइपासको मुद्दा डिसमिस, अभियुक्त उन्मुक्त

SHARE:

आरके पटेल, वीरगंज, ८ असोज/
    भिओआइपी प्रविधिद्वारा कल बाइपास गरी लाखौं रुपियाँ भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका दूरसञ्चारका इन्जिनियरसहित भारतीय नागरिकलाई प्रहरीले मुक्त गरेको छ। प्रहरीले नेपाल दूरसञ्चार शाखा कार्यालय, वीरगंजका सहायक इन्जिनियर देवधारी महतो र भारत दिल्ली मण्डोलिया थाना एस बिहार निवासी गुलजार आलमलाई पक्राउ गरेको थियो । इन्जिनियर महतोको मिलोमतोमा ९८५५०२६३६६ र ९७५५००१५६१ नम्बरको मोबाइल भारतीय नागरिक आलमले प्राप्त गरेका थिए। आलमलाई ती दुई सीम प्रयोग गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। मनहर्वा गाविस–५ निवासी शिवपूजन गिरीको नागरिकता र रौतहट औरहिया निवासी दिपु श्रीवास्तवको फोटो राखेर उक्त सीम निकालेको र सो कार्यमा इन्जिनियर महतोले सिफारिस गरेको दूरसञ्चारको स्रेस्तामा उल्लेख छ।
    प्रहरीले पक्राउ गरेको इन्जिनियर महतो र भारतीय नागरिकलाई दुई दिनपछि अनुसन्धान पूरा भएको भन्दै मुक्त गरिएको हो। आलमले प्रयोग गरेको मोबाइलमा अकस्मात ४० हजारको बिल उठेपछि भीओआइपी कल बाइपासको शङकामा पक्राउ गरिएको थियो।
    दूरसञ्चार कार्यालयमा कार्यरत एक प्राविधिकका अनुसार कल बाइपास गरी रकम कमाउनु समुद्रबाट पानी झिके सरह हो। यसको कुनै हिसाब–किताब तथा रेकर्ड हुँदैन। कल बाइपास गर्दा कुनै बेला प्राविधिक त्रुटि हुँदा सो समयमा भएको कलको दस्तुर प्रयोग गरेको नम्बरमा उठ्ने गर्छ अनि मात्र दूरसञ्चारलाई थाहा हुन्छ। त्यसपछि दूरसञ्चारले अनुसन्धान सुरु गर्दछ र यस्ता घटना बेलाबेला सार्वजनिक हुने गरेको पनि छ। यो घटना पनि त्यस्तै  हो। नत्र आलमले त्यत्रो ठूलो रकम दूरसञ्चार रकम खुरुक्क बुझाउने नै थिएन। जेहोस् अर्काको नागरिकता प्रयोग गरी झुक्याएर सीमकार्ड निकाली गैरजिम्मेवार तरिकाले सीमकार्ड दुरुपयोग गरिरहेको भारतीय नागरिक
आलमलाई प्रहरीले कारबाई तथा
गहन अनुसन्धानबिना नै मुक्त गरिदिएको छ। कलगर्लसँग राति कुरा गर्दा ४८ हजारको बिल उठेको हास्यास्पद कुरा दूरसञ्चार र प्रहरीले अनुसन्धानको
विषय नबनाउनुको रहस्य बुझि नसक्नुभएको दूरसञ्चारका प्राविधिकहरू बताउँछन्। घटनाबारे नेपाल दूरसञ्चार क्षेत्रीय कार्यालय वीरगंज, श्रीपुरका कार्यालय प्रमुख डाइरेक्टर रामानन्द यादवसँग बुझ्दा दूरसञ्चारले पाउने रकम पायो हाम्रो उद्देश्य पूरा भयो। कल कसले गर्‍यो, कहाँ गर्‍यो, कसरी गर्‍यो, खोज्ने र कारबाई गर्ने हाम्रो काम होइन त्यो प्रहरीको काम हो। कारबाई गर्ने
निकाय प्रशासन हो। उनीहरूले अनुसन्धान गरेर कारबाई गर्नुपर्ने हो भन्ने जवाफ दिए।
    जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब निरीक्षक दिवेश लोहनीले कल बाइपास गरेको अनुसन्धानबाट नखुलेको र कलगर्लसँग कुरा गरेको बताए । त्यसपछि कानुनले मिल्ने भए कारबाई गर्न दूरसञ्चारको कार्यालय पठाइएको हो उनीहरूले के गरे थाहा भएन भन्ने जवाफ दिए। मुख्य
अभियुक्त इन्जिनियर र भारतीय नागरिक रिहा भएपनि यता मनहर्वा गाविस–५ निवासी बृद्ध शिवपूजन गिरी अहिलेसम्म तारिख खेप्दैछन्। शिवपूजन आफूलाई मोबाइलबारे थाहा नभएको र गाविसको कार्यालयमा मात्र नागरिकताको फोटोकपी पेश गरेको कुरा बारम्बार बताइरहेका छन्। नागरिकता एक व्यक्तिको र फोटो अर्को व्यक्तिको रहनुले शिवपूजनको नागरिकता अरूले गलत प्रयोग गरेको पुष्टि भइसकेको छ।
प्रहरीको अनुसन्धान प्रतिवेदनमा के लेखेको छ ?
    बारा, मनहर्वा गाविस–६ निवासी शिवपूजन गिरीको नागरिकताको फोटोकपी कहींबाट फेला पारी रौतहट औरइया निवासी दिपु श्रीवास्तवले आफ्नो फोटो राखी वीरगंज शाखाबाट सीम निकालेको र सीम दिन सहायक इन्जिनियर देवधारी महतोले नागरिकता प्रमाणित गरेका छन्। भारतीय नागरिक आलमले भ्वाइस ओभर इन्टरनेशनल प्रोटोकल (भीओआइपी) नगरेको, काठमाडौंमा कलगर्लसँग कुरा गरेकोले कल बाइपास नगरेकोले निज दोषी नभेटिएको जिल्ला प्रहरीले च.नं. ३०४५ को पत्रमा अनुसन्धानको बेहोरा खुलाई पक्राउ परेको आलमलाई यसै पत्रसाथ नेपाल दूरसञ्चार कर्यालयमा कारबाई गर्न पठाएको बेहोरा उल्लेख छ।
    जिल्ला प्रहरीबाट उक्त बेहोराको पत्रसहित अभियुक्त जिम्मा लगाउन दूरसञ्चारमा प्रहरी पुगेपछि दूरसञ्चारले यस्तो लेखेको छ– जिल्ला प्रहरी कार्यालय पर्साबाट प्राप्त भएको पत्रसहितको बेहोरा पढी दूरसञ्चारको खातामा ९८५५०२६३६६ नम्बरको पोस्टपैडबाट २०६८/५/५ को मितिमा गुलजार आलमले रु. ४०,५६५/७८ तथा ९७५५००१५६१ नम्बरबाट उठेको रु. १८७९७/५५ दूरसञ्चारले प्राप्त गर्‍यो। यस्तो मुद्दामा दूरसञ्चारले कारबाई गर्ने नियम छैन। सो कारण आलमलाई प्रहरीले नै नियन्त्रणमा राखी कारबाई गर्नुपर्ने बेहोरा खुलाई दूरसञ्चार वीरगंज शाखाले पत्रसहित आलमलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा फिर्ता पठाएको देखिन्छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : रहरी र दूरसञ्चार कार्यालयको कुरा मिल्यो कल बाइपासको मुद्दा डिसमिस, अभियुक्त उन्मुक्त
रहरी र दूरसञ्चार कार्यालयको कुरा मिल्यो कल बाइपासको मुद्दा डिसमिस, अभियुक्त उन्मुक्त
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/09/blog-post_6637.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/09/blog-post_6637.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy