श्रीमान सम्पादकज्यू
प्रतीक दैनिक, बीरगंज
मलाई मनपर्ने पत्रिकाहरूमध्ये प्रतीक दैनिक पनि एक हो। म नियमित विद्यालयको पुस्तकालयमा गई प्रतीक पढ्ने गर्छु। सत्याग्रह संस्थाले यस विद्यालयलाई विभिन्न पत्रपत्रिका सहयोग स्वरूप उपलब्ध गराइदिएकोमा तपाईंको पत्रिकामार्फत् सत्याग्रहलाई धन्यवाद पनि भन्न चाहन्छु। तपाईंको पत्रिकामार्फत् सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुराहरूको जानकारी पाउन सहज भएको छ।
हाम्रो देश नेपाल विकासोन्मुख देश हो। विकासतिर उन्मुख हुँदाहुँदै पनि पूर्णरूपले विकसित हुन सकेको छैन। हाम्रो देशको सामाजिक अवस्था धेरै नै कष्टदायी छ। समाजमा रहेका विभिन्न कुरीति– बालविवाह, महिला हिंसा, दाइजोप्रथा, चेलीबेटी बेचबिखनजस्ता अनैतिक कार्य अहिलेसम्म हाम्रो समाजमा विद्यमान छ। यतिमात्र होइन महिलाहरूलाई नराम्रो दृष्टिकोणले हेर्ने मानिसहरू पनि समाजमा कम छैनन्। महिलामाथि बोक्सीको आरोप लगाउने, दाइजोका कारण महिलाहरूलाई कुटपीट गर्ने, जलाउने, ज्यान मार्नेजस्ता अशोभनीय कार्य समाजमा भइरहेकै छ ।
यस कारण म हाम्रो राष्ट्रलाई सुधार्नुभन्दा अगाडि समाजका मानिसहरूलाई शिक्षित तथा तिनीहरूमा चेतना जगाउने कार्य गर्न चाहन्छु। तिनीहरूलाई महिलाको इज्जत गर्न सिकाउनुपर्छ। समाजमा महिलालाई उच्च प्राथमिकता दिई अगाडि ल्याइयो भने मात्र हाम्रो राष्ट्रले विकास गर्न सक्ने मेरो धारणा रहेको छ। यी कुराहरूप्रति तपाईंको पत्रिकामार्फत् सबैको ध्यानाकर्षण गराउँदै सो कार्यमा प्रतीक दैनिकले गरेको योगदानको सराहनासमेत गर्दछु। फेरि लेखौंला। धन्यवाद।
–खुश्बू कर्ण, सुरा कन्या उच्च मा.वि., बिर्ता, वीरगंज