सञ्जय साह ‘मित्र’
केन्द्रमा एउटा अनौठो संयोग देखिएको छ। यस्तो संयोग बिरलै पाइन्छ । केन्द्रको राजनीतिमा विविध पक्षका विशिष्ट, विज्ञ तथा विशेषज्ञहरू हुनु संयोगले मात्रै भए पनि निकै सकारात्मक कुरो भएको छ। विविध पक्षबाट विश्लेषण गर्न र राष्ट्रलाई सुन्दर बनाउन पनि संयोग मिल्न सके अझ राम्रो। देशको सर्वोच्च पद राष्ट्रपतिमा डाक्टरसाहेब हुनुहुन्छ। जनकपुरका एक मित्रका अनुसार उहाँ आफ्नो क्षेत्रमा विशिष्ट चिकित्सकका रूपमा प्रसिद्ध हुनुहुन्छ। वरिष्ठ एवं विशिष्ट चिकित्सकका रूपमा ख्याति कमाउनुभएका व्यक्ति देशको सर्वोच्च पदमा पुग्नु आफैंमा सुन्दर घटना हो। यसबाट स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश जाने आशा गर्न सकिन्छ।
उपराष्ट्रपति पदमा रहनुभएका परमानन्द झा कानुनका जानकार हुनुहुन्छ । विगतमा पुनरावेदन अदालतका मुख्य न्यायाधीशसम्म हुनुभएका झाको विद्वताबाट पनि यस राष्ट्रले धेरै फाइदा लिन सक्छ। नेपालमा राष्ट्रपति तथा उपराष्ट्रपति आलङ्कारिक पद हुन्। आलङ्कारिक पदको सम्मान धेरै हुन्छ । राष्ट्रप्रमुख तथा उपराष्ट्रप्रमुखप्रति नेपाली नागरिकको ठूलो सम्मान छ। अत्यन्त सम्मान तथा श्रद्धाका पात्रका रूपमा सम्मानित वर्तमान राष्ट्रपति तथा उपराष्ट्रपति दुवैजना आआफ्नो क्षेत्रको विद्वान् हुनुहुन्छ।
प्रधानमन्त्रीमा निर्वाचित डा. बाबुराम भट्टराई पनि प्राविधिक व्यक्तित्व हुनुहुन्छ। विगतमा प्रचण्ड सरकारका पालामा अर्थमन्त्री रहिसकेका डा.भट्टराईको अर्थमन्त्री काललाई २०४६ सालपछिको सबैभन्दा सफल कार्यकाल मानिन्छ। एउटा बृहत् संयोग मात्रै हो, हाम्रा अत्यन्त छिमेकी राष्ट्र भारतमा दुई कार्यकालदेखि प्रधानमन्त्री रहेका डा. मनमोहन सिंह पनि कुनै समय भारतका अत्यन्त सफल अर्थमन्त्री हुनुहुन्थ्यो। नेपालमा पनि अर्थ मन्त्रालयबाट एकैपटक प्रधानमन्त्रीको कार्यालय सम्हाल्ने कमैमध्ये डा. भट्टराई पनि पर्नुहुन्छ। अब एउटा सफल प्रधानमन्त्रीको रूपमा डा. भट्टराईलाई हेर्ने आम नेपालीको अर्को चाहनालाई उहाँको कार्यकालले कतिको फलिभूत बनाउने हो, त्यो त हेर्ने बाँकी नै छ।
डा. भट्टराई आफ्नो क्षेत्रका विशिष्ट विद्वान् हुनुहुन्छ। उहाँको अर्को पनि विशिष्ट गुण छ, त्यो हो–जीवनमा कहिल्यै दोस्रो नहुने। वास्तवमा यो गुणभन्दा पनि प्रतिभा हो। डा. भट्टराई आफ्नो अध्ययनकाल अर्थात् विद्यार्थी जीवनमा कहिल्यै दोस्रो हुनभएन भन्ने सुनिन्छ। २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा पनि देशमा उठेका हजारौं उम्मेदवारहरूमध्ये उहाँले सबैभन्दा बढी मत एउटा उम्मदेवारको हैसियतले प्राप्त गर्नुभयो, उहाँको निकटतम प्रतिद्वन्द्वीबीच मत प्राप्तिको अन्तर पनि सबैभन्दा बढी नै रह्यो जबकि जनताले दिने मतको विषय भने कसैको आन्तरिक प्रतिभाको विषय होइन।
वर्तमान नेपालमा झन्डै सबैभन्दा लोकप्रिय नेता डा. भट्टराई प्रधानमन्त्रीमा निर्वाचित भएपछि जनताको इच्छाको सम्मान भएको छ। सबैभन्दा बढी रुचाइएका नेतामा डा. भट्टराईको नाम आउँथ्यो। सञ्चारमाध्यमको अनौपचारिक मत सर्वेक्षणहरूले पनि ए. नेकपा माओवादीलाई डा. भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन दबाब दिएको थियो । यसबाट अर्को कुन कुरा स्पष्ट हुन्छ भने डा. भट्टराईबाट जनताको अपेक्षा पनि धेरै छ। अत्यन्त साँघुरो वातावरणमा प्रधानमन्त्री बनेका डा.भट्टराईले आम नेपाली नागरिकलाई यति बेला केही दिन नसके पनि एउटा कुरा भने अवश्य दिन सक्नुहुन्छस त्यो हो– आदर्श। हो, उहाँ आदर्शवादी पनि हुनुहुन्छ। यसकारण उहाँका केही कार्य यस्ता होऊन् जो आगामी प्रधानमन्त्रीहरूका निम्ति आदर्श बनून्। राज्य सञ्चालनका निम्ति आदर्श बनून् । र डा.भट्टराई प्रधानमन्त्री नरहे पनि आम नागरिकको मनभित्र उहाँप्रति विश्वास अझ बढोस्।
कठिन परिस्थितिबीच आफूलाई संयमित राख्ने डा. भट्टराईमा गजबको क्षमता छ। विगतमा पार्टीको आन्तरिक जीवनमा उहाँमाथि अत्यन्त कठिन दिनहरू आएको सार्वजनिक भएकै हो। जस्तोसुकै विषय–परिस्थितिमा पनि संयमित भई विचलित नभई अगाडि बढ्ने क्षमता उहाँमा भएकै कारणले आम नेपाली नागरिकको उहाँमाथि विश्वासको मात्रा बढेको हो। अब उहाँले पीएचडी गर्नुभएको विषयको थोरैमात्र उपयोग यस देशको ग्रामीण विकासमा गर्नुभयो भने देशको लागि सबैभन्दा ठूलो उपलब्धि हुने थियो, यद्यपि परिस्थितिले कति सार्थक साथ दिने हो त्यो समयले नै देखाउला।
सभामुख सुवासचन्द्र नेम्वाङ पनि कानुनका ज्ञाता हुनुहुन्छ। मुलुकको अन्य निकायमा पनि आआफ्नो क्षेत्रका विज्ञहरू हुुनुहुन्छ। तर के मानिन्छ भने विद्वताको कदर गर्नेहरू उचित स्थानमा नपुगुन्जेल विद्वान्हरूको कदर हुन सक्दैन। इतिहासको लामो समयको प्रतीक्षापछि डा.भट्टराई जस्ता दार्शनिक चरित्रका मान्छे प्रधानमन्त्री अर्थात् कार्यकारी प्रमुखको जिम्मेवारी पाउँछन् । नेपालसित सिमाना जोडिएको भारतको दुई प्रान्त वर्तमानमा यसका साक्षी हुन्। बिहारका मुख्यमन्त्री नीतीशकुमारले मुख्यमन्त्री पद सम्हाल्दा बिहारको अवस्था कहालीलाग्दो थियो। केही वर्षमा बिहारको कायापलट भएको छ। नीतीशकुमार बिहारी जनताका आदर्श बन्न पुग्नुभएको छ। अर्को छिमेकी प्रान्त सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई दृष्टान्तार्थ प्रस्तुत गर्न सकिन्छ। उहाँ अत्यन्त लोकप्रिय नेता हुनुहुन्छ। कवि तथा साहित्यकार मुख्यमन्त्री चाम्लिङ दार्शनिक स्वभावको हुनुहुन्छ। उहाँले सबैलाई सम्मान दिनुभएको छ। बिहारको मुख्यमन्त्री नीतीशकुमार कमै बोल्ने र बढी गरेर देखाउने नेताहरूमध्ये पर्नुहुन्छ । नेपाल र भारतका यी दुई छिमेकी प्रान्तमा एउटा निकै विशाल भिन्नता के छ भने त्यहाँ राजनीतिक स्थिरता छ र नीतीशकुमार तथा पवन चाम्लिङ दुवै जनासित दुई तिहाईभन्दा बढीको प्रचण्ड बहुमत छ।
राजनीतिक अवस्था फेरबदल भइरहन्छ। राजनीतिमा असम्भव केही पनि हुँदैन भनिन्छ। तर वर्तमानमा राजनैतिक दृष्टिले अर्को प्राविधिक संयोग मिलेको छ। देशको सर्वोच्च पदमा विराजमान डा. रामवरण यादव नेपाली काङ्ग्रेसका तर्फबाट प्रस्तावित हुनुहुन्छ। यसैगरी उपराष्ट्रप्रति परमानन्द झा मधेसी जन अधिकार फोरम प्रस्तावित हुनुहुन्छ। प्रधानमन्त्री डा.बाबुराम भट्टराई एकीकृत नेकपा माओवादीका हुनुहुन्छ। सभामुख सुवासचन्द्र नेम्वाङ नेकपा एमाले प्रस्तावित हुनुहुन्छ। उपप्रधानमन्त्रीमध्ये एक विजयकुमार गच्छदार (गृहमन्त्री पनि) मधेसी जन अधिकार फोरम
(लोकतान्त्रिक)का हुनुहुन्छ। देशका सम्पूर्ण ठूला राजनीतिक दलहरूले प्रत्यक्ष तथा परोक्षरूपमा देशका सम्पूर्ण ठूला राजनीतिक पदहरूमा एकसाथ आसन जमाउने मौका पाएका छन्। तर दलहरूबीच आपसी तालमेल नमिलेकोले समन्वय, सहयोग, सौहार्द तथा सहकार्यको अभाव हुने देखिन्छ।
शासनको प्रभाव समाजमा पर्दछ । यदि शासक आदर्शवादी छन् भने नागरिकमा पनि त्यस्तो बन्ने चाहना उम्रन्छ। समाजमा सकारात्मक सन्देशहरू देखिन थाल्छ। उपभोगवादी संस्कृतिभित्र जसरी पनि उपभोग गर्ने वा जसरी पनि सम्पत्ति आर्जन गर्ने सोचाइको विस्तारमा कमी आउँछ। नैतिकवान नागरिकको समाजमा प्रतिष्ठा बढ्छ, स्वाभिमानीको आत्मसम्मानमा वृद्धि हुन्छ। समाजमा भाँडभैलो आफैं नियन्त्रण हुन थाल्छ। वर्तमान नेपालमा पनि आम नागरिकले खोजेको यति हो, यही हो।