उमाशङकर द्विवेदी
यस पालिको दशैं नवरात्रमा तृतीया तिथि क्षय देखिएकोले तेस्रो दिन गरिने चन्द्रघण्टा माताको पूजा द्वितीया तिथिमा नै सम्पन्न भयो। नवरात्रको तेस्रो दिन भगवतीको चौथौ रूप कुष्माण्डा देवीको पूजा हुनेछ। भगवती रहस्याध्यायमा स्पष्टरूपले के उल्लिखित छ भने जसलाई एक दिनमा सम्पूर्ण पाठ गर्ने अवसर मिलेन उसले एक दिनमा केवल मध्यम चरित्रको पाठ तथा अर्को दिन शेष दुई चरित्रको पाठ गरोस्। यस बाहेक, जसले प्रतिदिन नियमपूर्वक पाठ गर्दछ उसले एक दिनमा सम्पूर्ण पाठ गर्न नसकेको खण्डमा एक दुई, एक चार, दुई एक तथा एक र दुई अध्यायको क्रमले सात दिनमा पाठ पूर्ण गर्ने आदेश दिइएको छ।
प्रकृति तीन तत्त्वले बनेको छ। श्रीमद् देवीभागवत महापुराणमा उल्लेख भए अनुसार–
प्रकृष्टवाचक: प्रश्च कृतिश्च सृष्टिवाचक:। सृष्टौ प्रकृष्टा या देवी प्रकृति: सा प्रकीर्तिता।।
(द्दे. भा.९/५)
अर्थात ‘प्र’ अक्षर प्रकृष्टको वाचक हो तथा कृति भनेको सृष्टि हो। जुन देवी सृष्टि प्रक्रियामा प्रकृष्ट छिन् उनलाई नै प्रकृति भनिएको छ। ‘प्र’ अक्षर प्रकृष्ट सत्त्वगुण, ‘कृ’ अक्षर रजोगुण तथा ‘ति’ अक्षर तमोगुणको प्रतीक मानिन्छ। जुन देवी त्रिगुणात्मिका छिन्, उनै सर्वशक्तिले सम्पन्न भएर प्रधानरूपले सृष्टि कार्यमा संलग्न रहन्छिन्, अत: उनलाई नै ‘प्रकृति’ वा ‘प्रधान’ भनिएको छ। मूल प्रकृति भगवती सृष्टि गर्ने कामनाले अनायास प्रकट भइन्। भक्तहरूको अनुरोधमा उनी तीन विग्रहमा प्रकट भइन्। महाकाली, महालक्ष्मी, तथा महासरस्वती एउटै मूल प्रकृतिका तीन विग्रहको रूपमा स्थापित भइन्। महाकाली तमोगुण प्रधान सर्वशक्ति स्वरूपा र महेश्वरकी शाश्वत शक्ति हुन्। उनै साधकहरूलाई सिद्धि दिने– सिद्धिरूपा, सिद्धेश्वरी, सिद्धि तथा ईश्वरी हुन्। बुद्धि, निद्रा, क्षुधा, पिपासा, छाया, तन्द्रा, दया, स्मृति, जाति, क्षान्ति, भ्रान्ति, शान्ति, कान्ति, चेष्टा, तुष्टि, पुष्टि, धुति तथा माया यिनकै नामहरू हुन्।
रजोगुण प्रधान भए पनि महालक्ष्मी शुद्ध सत्त्वरूपा हुन्। उनी सर्वसम्पतस्वरूपिणी तथा सम्पत्तिकी अधिष्ठातृ देवी हुन्। उनी शोभामयी, अति संयमी, शान्त, सुशील, सर्वमङगला रूप हुन्। उनी स्वर्गमा स्वर्गलक्ष्मी, राजदरबारमा राज्यलक्ष्मी, गृहस्थ मानिसहरूको घरमा गृहलक्ष्मी तथा जम्मै प्राणी र पदार्थहरूमा शोभारूपले विराजमान रहन्छिन् । उनी पुण्यवान मानिसहरूमा कीर्तिरूपले, राजपुरुषहरूमा प्रभा रूपले तथा व्यापारीहरूमा वाणिज्यरूपले विराजमान रहन्छिन्।
सत्त्वगुण प्रधान महासरस्वती वाणी, बुद्धि, विद्या, तथा ज्ञानकी अधिष्ठात्री देवी हुन। सर्व विद्याहरूको विग्रहरूपा हुन्। उनी मानिसहरूलाई बुद्धि, कवित्व शक्ति, मेधा, प्रतिभा तथा स्मृति प्रदान गर्दछिन्। उनी भिन्न–भिन्न सिद्धान्तहरूको भेदहरूको निरुपण गर्ने सामथ्र्यशालिनी, व्याख्या र बोधरूपिणी तथा सम्पूर्ण सन्देहहरूको नाश गर्न सक्ने देवी हुन्। उनी विचारकारिणी, ग्रन्थ कारिणी, शक्तिस्वरूपिणी तथा स्वर–सङगीत–संधानर ताल मात्राको कारणरूपिणी देवी हुन्। उनी शान्तिस्वरूपा तथा वीणा र पुस्तकधारिणी देवी हुन्।
यस प्रकारले एउटै मूल प्रकृति देवीको जतिसुकै नाम, स्वरूप तथा भेद भएपनि वास्तवमा हामी शक्तिस्वरूपा तीनै प्रकृति देवीको निष्ठापूर्वक पूजा आराधना गरेर उनलाई प्रसन्न गर्ने चेष्टा गर्दछौं। पापहरूको नाश गर्ने, भोग–मोक्ष प्रदान गर्ने, अन्तरहित, विजयाधिष्ठात्री, निर्दोष, शरण पर्न योग्य, कल्याणदात्री तथा मङगलरूपिणी देवीलाई हामी सधैं प्रणाम गर्दछौं –
पापापहारिणीं देवीं भुक्तिमुक्तिप्रदायिनीम् ।
अनन्तां विजयां शुद्धां शरण्यां शिवदां शिवाम् ।