$type=ticker$count=12$cols=4$cate=0

सिक्ने हो नेपालले सोमालियाको भोकमरीबाट

SHARE:

विश्वराज अधिकारी
    हर्न अफ अमेरिका  भन्नाले चार राष्ट्रहरू– इरिट्रिया, जिबुटी, इथोपिया र सोमालियाको समूह भन्ने बुझिन्छ। संसारभरिमा सबैभन्दा बढी उँट हर्न अफ अफ्रिकामा रहेको विश्वास गरिन्छ। राजनैतिक र आर्थिक दुवै किसिमले अस्तव्यस्त राष्ट्र सोमालिया हर्न अफ अफ्रिकाको दोस्रो ठूलो राष्ट्र हो, जनसङ्ख्याको हिसाबले। सन् २०१० को अनुमान अनुसार सोमालियाको जनसङ्ख्या ९३ लाख ५९ हजार रहेको उल्लेख गरिएको छ। सन् १९९१ मा गृहयुद्ध सुरु भएदेखि सोमालियाको धेरै क्षेत्रमा केन्द्रीय सरकारको नियन्त्रण छैन र त्यो गृहयुद्धले ३ लाख ५० हजारदेखि १० लाख सोमालीहरूको ज्यान लिएको अनुमान गरिएको छ। यसैगरी गृहयुद्ध सुरु भएदेखि हालसम्म लाखौं सोमालीहरू शरणार्थीका रूपमा बिदेसिएका छन्।  र ३ लाखभन्दा बढी आन्तरिकरूपमा विस्थापित भएका छन्। सन् २००९ को अन्तसम्म ६ लाख ७८ हजार सोमालीहरू शरणार्थीको रूपमा युएनयचसिआरको संरक्षणमा थिए। अफगानिस्तान र इराकपछि युएनयचसिआरको निगरानी वा संरक्षणमा रहेको सोमाली शरणार्थीहरूको सङ्ख्यालाई युद्ध प्रभावित शरणार्थीको रूपमा सर्वाधिक उच्च सङ्ख्या मानिन्छ।   
    अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त  सोमालियाको सङ्क्ररमणकालीन (त्चबलकष्तष्यलब)ि सरकारको नियन्त्रण देशको केवल सानो भागमा मात्र छ। विश्वका अति निर्धन राष्ट्रहरूमध्ये एक सोमालियालाई असफल राष्ट्रको रूपमा लिनुका साथै यसलाई अधिक हिंसा हुने राष्ट्रको रूपमा पनि हेर्ने गरिन्छ। अफ्रिकाको पूर्वमा अवस्थित सोमालियाको उत्तर पश्चिममा जिबुटी पर्दछ भने दक्षिण पश्चिममा केन्या पर्दछ। यसैगरी गल्फ अफ एडेन र यमन उत्तरमा र पूर्वमा इन्डियन ओसन पर्दछ। इथोपिया भने पश्चिममा पर्दछ। सोमालियाको समुद्री तटलाई अफ्रिका महादेशभरिमैं लामो मान्ने गरिन्छ। सोमालियाको यो ठूलो सम्पत्ति नै हो भने पनि हुन्छ।
    केही विद्वानहरूको मतमा प्राचीन कालमा सोमालिया संसारकै मुख्य बजारको रूपमा  रहेको थियो। सोमालियाको व्यापार एसियादेखि युरोपसम्म फैलिएको थियो र खासगरी  भारतसँगको व्यापार निकै राम्रो थियो। अहिले यस्तो गृहयुद्धको स्थितिमा पनि सोमालिया ठूलो मात्रमा सुगन्धित पदार्थ निर्यात गर्ने राष्ट्रहरूमध्ये एक पर्दछ। यति मात्र होइन, सोमालियाले आफ्नो लामो फैलिएको समुद्री तटको फाइदा उठाएर सस्तोमा घरेलु पशु (ीष्खभकतयअप) तथा मासु विदेशमा निर्यात गर्ने प्रयास गरिरहेको छ। कृषि नै मुख्य राष्ट्रिय आयको स्रोत रहेको सोमालियामा रेमिटेन्स पनि राष्ट्रिय आयको बलियो स्रोत हुन थालेको छ। बेला–बेला हुने उथलपुथल र गृहयुद्धका कारण बिदेसिएका सोमालीहरूले ठूलो परिमाणमा स्वदेशमा रकम पठाउने गरेका छन्। कुल गार्हस्थ्य उत्पादनको ६५ प्रतिशत कृषि क्षेत्रबाट प्राप्त हुन्छ र कुल जनसङ्ख्याको लगभग ६५ प्रतिशतले रोजगारी पनि कृषिबाट नै पाएका छन्। देशको कुल निर्यातमा ५० प्रतिशत हिस्सा घरेलु पशु एवं मासुको रहेको छ। सोमालियामा व्यापारको राम्रो सम्भावना रहेकोले अरब र गल्फ राष्ट्रहरू लगानी गर्न इच्छुक त छन् तर त्यहाँ मच्चिरहने हिंसाले गर्दा लगानी गर्न डराइरहेका छन्।
    सोमालियाको मुख्य समस्या भनेको त्यहाँ भइरहने कलह, हिंसा र मारकाट हो। अहिले पनि देशका विभिन्न क्षेत्रहरूमा सोमालियाको केन्द्रीय सरकारको नियन्त्रण  छैन भने केहीले स्वायत्त क्षेत्र घोषणा गरेका  छन्। आपसी विश्वास, मेलमिलाप र समन्वयको अभावमा सोमालियाले अनवरत कलह एवं हिंसामात्र बेहोर्नुपरेको छैन, अनेक किसिमका कलह र हिंसाले गर्दा मुख्य आयको स्रोत कृषि प्रभावित हुन पुगेको छ र परिणामस्वरूप यो देशले अहिले भोकमरीको ठूलो समस्या बेहोर्नुपरेको छ। सोमालियाको दक्षिणी भाग भोकमरीबाट नराम्ररी प्रभावित छ र भोकमरीबाट हजारौं मानिसको ज्यान गइसकेको छ। सोमालियाको यो भोकमरीलाई संयुक्त राष्ट्र सङ्घले अति खराब मानवीय सङकट भनी घोषणा गरेको छ। सोमालियाको खाद्य समस्या नौलो भने होइन, विगत २० वर्षदेखि यस मुलुकले खाद्य समस्या भोगिरहेको छ। संयुक्त राष्ट्र सङ्घीय अधिकारीका अनुसार भोकमरीको समस्या कम पार्न दुई महिनाभित्रमा ३०० मिलियन अमेरिकाली डलर आवश्यक पर्नेछ।
    सोमालिया अहिले विभिन्न समस्याको  भुमरीमा परेको छ। तर सबै  समस्याको मूल कारण भने  समन्वय र सद्भावको अभाव हो। समन्वय र सद्भावको अभावले गर्दा देशको सरकार कमजोर  छ, प्रभावकारी किसिमले काम  गर्न सकिरहेको छैन। सरकार काम चलाउ किसिमको भएकोले भ्रष्टाचार पनि उत्तिकै  छ। कमचलाउ सरकारले भोकमरी समस्या व्यवस्थित किसिमले  समाधान गर्न सकिरहेको छैन। सरकारको ध्यान मुख्यगरी बढ्दो मारकाटलाई  कसरी रोक्नेतर्फ नै केन्द्रित  हुन पुगेको छ। सन् १९९१ देखि, जब गृहयुद्ध सुरु भयो, महम्मद सियदबारे सरकार अपदस्त भयो, सोमालियाले बलियो सरकार पाउन सकेको छैन। सोमालियाको गृहयुद्ध र भोकमरीले त्यहाँका जनतालाई पिरोलिरहेकै समय अर्को समस्या थपिएको छ र त्यो समस्या हो समुद्री लुटेराहरूको। सोमाली समुद्री लुटेराहरूले अहिलेसम्म हजारौ व्यक्तिलाई बन्दी बनाएर, अपहरण गरेर लाखौ फिरौती असुल गरिसकेका छन्।  अन्तर्राष्ट्रिय  समुद्री कार्यालय (क्ष्लतभचलबतष्यलब ि:बचष्तष्mभ द्यगचभबग) ले सोमाली तटीय क्षेत्रलाई संसारभरिमैं खतरनाक जलक्षेत्रको रूपमा उल्लेख गरेको छ। सन् २००८ मा सोमाली समुद्री लुटेराहरूले ४० ओटा पानी जहाज कब्जा गरेर ४५ लाखदेखि २० लाखसम्म फिरौति असुल गरेका थिए। साधारण माछा मार्नेहरूको तुलनामा यी लुटेराहरू धनी छन्। विलासी जीवन निर्वाह गर्न सक्षम छन्। त्यति मात्र होइन, यिनीहरूले प्रत्यक्ष एवं अप्रत्यक्षरूपमा स्वायत्त घोषणा गरिएको सोमाली क्षेत्र पन्टल्यान्डमा आर्थिक कारोबार पनि गरिरहेका छन् भनी समाचारहरूमा उल्लेख गरिएको पाइन्छ। 
    आपसी समन्वय र सद्भावको अभावमा देश  कुन स्थितिमा पुग्छ भन्ने  कुरा हामीलाई सोमालियाको स्थितिले छर्ल· पार्छ। स्रोत, साधन र इच्छा शत्तिल हुँदाहुँदै पनि नेपालले किन  विकास गर्न सकिरहेको छैन भन्ने यथार्थ सोमालियाको हिंसा, मारकाट र समन्वयको अभावबाट प्रस्ट हुन आउँछ।  देशमा व्याप्त मारकाट र हिंसाको प्रभाव सामान्य जनताको जीवनमा कुन किसिमले र कहिलेसम्म परिरहन्छ भन्ने कुरा पनि प्रस्ट हुन आउँछ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सिक्ने हो नेपालले सोमालियाको भोकमरीबाट
सिक्ने हो नेपालले सोमालियाको भोकमरीबाट
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/08/blog-post_7656.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/08/blog-post_7656.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy