–कुमार रुपाखेती
१५ अगस्त स्वतन्त्रता दिवसको हयाङओभरपछि १६ अगस्तमा भारत सरकारले अन्ना हजारेलाई गिरफ्तार गर्यो। अन्ना हजारे वर्तमान भारतको भ्रष्टाचारविरोधी आन्दोलनका अगुवा तथा हिन्दुस्तानी प्रधानमन्त्री मनमोहन सिंहभन्दा कैयौं गुणा बढी प्रसिद्ध र चर्चित हस्ती हुन्। समाजसेवीसमेत रहेका अन्नाले समाज र सरकारमा देखिएका विकृति र विसङगतिविरुद्ध शान्तिपूर्ण आन्दोलन, अनशन गर्दै आएका हुन्। भ्रष्टाचारको विरोधमा चालू उनको यो आन्दोलनलाई अधिसङ्ख्य भारतीय तथा अमेरिका समेतले चासो लिएको, समर्थन गरेको थियो। यसै कारण भारतको मनमोहन सरकारलाई १५ अगस्त स्वतन्त्रता दिवसको रौनकभन्दा अन्नाको आन्दोलनले बढी पिरोलेको थियो।
भ्रष्टाचारको मामिलामा भारतको केन्द्रीय र क्षेत्रीय सरकारको अवस्था ‘चारो ओर देखा एके लेखा’ अर्थात् भ्रष्टाचारमा चुर्लुम्म छन्। भारतीय शासकहरूको ‘नादानी’ को किस्सा–कथा अङ्ग्रेज शासनभन्दा अघिदेखि नै चर्चित छ। शासकहरूका नादानीकै कारण भारतले लामो समय अङ्ग्रेजी हुकुमत झेल्नुपर्यो, शासकहरूकै नादानीका कारण पाकिस्तान बन्यो, पाकिस्तानबाट बङगलादेश बनाउने सनक पनि भारतीय शासककै हो। आफ्ना शासकहरूका नादानीकै कारण चीन र पाकिस्तानजस्ता छिमेकीसँग उसको मैत्री सम्बन्ध प्रगाढ हुन सकेन, नादानीकै चल्ते चीनभन्दा भारत धेरै पछाडि पर्यो।
यसअघि बाबा रामदेवमाथि लठ्ठी बर्साएर नादानी देखाउने भारतीय शासकहरूले यसपल्ट अन्नालाई जेल हालेर नादानी देखाए। भारतीय नादानीको शृङ्खला लामो छ। थुप्रै ज्ञात–अज्ञात नादानीका कारण भारतलाई सार्क राष्ट्रहरू, युरोपियन मुलुकहरूले कर्के नजरले हेर्दछन्। कतिले भारतलाई ‘आफैं राँड देश भाँड’को संज्ञा दिन्छन्। दक्षिण एसियामा अघोषितरूपमा सबैभन्दा बढी भ्रष्टाचार हुने, भ्रष्टाचारीहरू राजनैतिक नेतृत्वमा पुग्ने र विदेशी बैंकहरूमा धन खचाखच राख्ने अग्रपङ्क्तिमा भारत र भारतीय नै हुन्। ‘राजा के आगे बाप की दुहाइ’ ‘चोर–चोर मौसेरा भाइ’ अन्ना हजारे जेल जाई यो पक्कापक्की थियो। अन्ना न कुनै महत्त्वपूर्ण सरकारी ओहदामा छन्, न उनको कुनै राजनीतिक दलसँग सम्बन्ध छ। तर भ्रष्टाचारले थिलथिलो भएको भारतमा ‘करोडौं हात अन्नाका साथ’ देखियो। त्यसैले आफ्नो नादानी सच्याउँदै भारत सरकारले पक्राउ गरेकै दिन अन्नालाई बाइज्जत रिहा गर्न बाध्य भयो।
हामी सबैलाई थाहा छ, स्वतन्त्रता पछिका पहिलो भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको कपडा इङगल्यान्डबाट आइरन भएर आउँथ्यो। गनिमत त के छ भने जवाहरलाल नेहरूपछिका प्रधानमन्त्री लालबहादुर शास्त्रीको –‘जय जवान, जय किसान’ को नाराले भारतमा हरियाली छायो, जसको फल भारत अझै खाँदैछ । लालबहादुर शास्त्रीपछिका भारतीय प्रधानमन्त्रीहरूको हविगत सत्ता र सरकारको खेलमा नेपालका प्रचण्ड, माधव नेपाल र झलनाथ खनालभन्दा फरक–पृथक रहेन । अहिले भारत दक्षिण एसियाकै भाले मुलुक बनेको छ। पाकिस्तानको अतिउग्रवाद, बङगलादेशको गरीबी, नेपालको भूपरिवेष्ठन, भुटानको असहायपन, मालदिभ्सको बाध्यता र विगतमा श्रीलङकाको यस क्षेत्रमा भारतको बिगबिगी र हस्तक्षेप बेलगाम हुँदै गएको हो। तर साना मुलुकप्रति अभिभावकीय भूमिका प्रदर्शन गर्न नसक्नु भारतको प्रमुख नादानी हो। भारतीय कर, बल र छलको अगाडि नेपालले धेरैपटक र पटक–पटक घुटना टेक्नुपरेको बाध्यता हामी कसैसँग छिपेको छैन। नेपालमा त भारतको हालीमुहाली स्वर्ण अक्षरमा लेख्नुपर्ने अवस्था छ। सरकार परिवर्तन, सरकारको नेतृत्व आदि–इत्यादि संवेदनशील निर्णयमा भारतीय भूमिका अपरिहार्य बनिसकेको छ।
अरू त अरू अस्ति १५ अगस्त भारतीय स्वतन्त्रता दिवसका दिन वीरगंजस्थित दिल्ली पब्लिक स्कूलले सार्वजनिक बिदा दिएर नेपाली स्कूल र शिक्षाको खिल्ली मात्र उडायो।
त्यसो त भारतलाई गुणी, ज्ञानीहरूको मुलुक भन्नेहरू पनि नेपालमैं छन्। भारतको अवगुणहरू मात्रै बखान गर्नेहरू पनि नेपालमैं छन्। भारत स्वयं नै भन्छ–‘नेपाल में हमारे हितैषी भी हैं और ढेर सारे आलोचक भी।’ नेपालभित्रै पनि भारतीय पक्षधर र भारतीयविरोधी भनेर इङिगत गरिन्छ। स्थानीय लेखक साहित्यकार चन्द्रकिशोर झा नेपालको सीमा तराई क्षेत्रमा ‘नवनागरिक’हरूको बिगबिगी र हस्तक्षेप बढेको अनुभव गर्दछन्। तर मेरो नजरमा नवनागरिकलाई मलजल गर्नेमा ‘पुरनिया’ हरूको भूमिका कम महत्त्वपूर्ण छैन। हामीलाई त थाहा छ–‘नयाँ नौ दिन पुरानो सौ दिन।’
अहिले अमेरिकासमेत आर्थिक मन्दीबाट गुज्रिरहेको छ। आर्थिक मन्दीको अर्को शिकार भारत हो । अमेरिकाको हतियार बिकेन, भारतमा भ्रष्टाचार रुकेन । भ्रष्टाचारकै कारण संसारले मनमोहन सिंह होइन, अन्नालाई चिन्न थाले। अन्नाको अगस्त क्रान्ति भ्रष्टाचारको विपक्षमा हो। जसलाई डाबरको हाजमोलाले पनि पचाउन सकेन, त्यसलाई भारतीय शासकहरूले डाइजेस्ट गर्ने कुरै आएन। त्यसैले अचेल हिन्दुस्तानमा ‘मेरा भारत महानको सट्टा ‘मेरा भारत नादान’ को नारा जरुरी छ। अस्तु १