प्रस, निजगढ, ११ भदौ/
प्राथमिक स्वास्थ्य केन्द्र, सिमरा तीन दिनदेखि विद्युत्विहीन भएको छ। विद्युत्को बक्यौता रकम बेलैमा बुझाउन नसक्दा स्वास्थ्य केन्द्रको कार्य प्रभावित हुनुका साथै सेवाग्रहीसमेत मार्कामा परेका छन्। विद्युत् नभएकै कारण भ्याक्सिन समेत खराब हुने स्थिति छ। स्वास्थ्य केन्द्रको फ्रिज गाविसको कार्यालय कोठामा लगी भ्याक्सिन जोगाउनुपर्ने बाध्यता कर्मचारीहरूलाई परेको छ। गर्मी छल्न स्वास्थ्य केन्द्रको प्रत्येक कोठा तथा वार्डहरूमा फ्यान झुन्ड्याइएपनि कोठा, वार्डहरूमा गर्मीले बिरामी, स्वास्थ्यकर्मीहरू छट्पटाइरहेका छन्। ग्राहक नं.२—१७—२०१ को नाउँमा ४ लाख ९० हजार ६२८ रुपियाँ ७५ पैसा बक्यौता बेलैमा विद्युत् प्राधिकरणलाई नर्तिदा यही बिहीवार लाइन काटिएको स्वास्थ्य केन्द्रका कार्यालय सहायक हरि विकले जानकारी दिएका छन्। तीनवटा शय्यासहितको रात्रिसेवा समेत उपलब्ध गराउँदै आएको स्वास्थ्य केन्द्रको विद्युत् लाइन काटिएपछि रात्रिसेवा पूर्णरूपमा अवरुद्ध भएको र दिउँसोपनि काम गर्न गराउन कठिनाई भएको कार्यालय सहायक विकले जानकारी दिए। बिरामी बेडमा बस्छन् उपचार गर्न थाल्यो पसिनाले जीउ भिज्छ।
दिनरात सेवामा रहेको अन्य उपचारका साथै सुत्केरी गराउने कार्य समेत प्रभावित भएको स्वास्थ्य केन्द्रमा कार्यरत अनमी अधिकृत शान्ता ढुङगानाले बताइन्। ऊर्जामन्त्री गोर्कण बिष्टले थालनी गरेको कार्य सराहनीय भएपनि मानिसका लागि अति आवश्यक र संवेदनशील स्वास्थ्य सेवामा सर्मपित संस्थाबारे लचिलो हुनुपर्ने आम जनताको राय छ। प्राथमिक स्वास्थ्य केन्द्र, सिमराले तीन साताअघि सोबारे जिल्ला स्वास्थ्य कार्यालय, बारामा लिखित जानकारी गराएपनि बेलैमा पहल नगर्दा विद्युत् प्राधिकरणले लाइन काटेको हो। उक्त स्वास्थ्य केन्द्रमा सिमरा, डुमरवाना, फत्तेपुर, परवानीपुर, बिरुवागुठी, नितनपुर, पथलैया, अमलेखगंजलगायत एक दर्जनभन्दा बढी गाविसका दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।