नेपालमा राजसंस्थाको अवसान भएको लामो समय बितिसक्दा पनि राजसंस्था, लोकप्रिय कि अलोकप्रिय भन्ने प्रश्न टड्कारो देखिन थालेको छ। अझै पनि जनता राजतन्त्र र लोकतन्त्रलाई दाँजेर हेर्दैछ। आजकाल पूर्व राजाका परिवारजन धार्मिक र सामाजिक क्षेत्रमा आफ्नो उपस्थिति देखाउन थालेका छन्, जहाँ उनीहरू पुग्नुअगावै हजारौंको सङ्ख्यामा आम जनता उनीहरूको स्वागतमा व्यग्र पर्खाइमा अनुशासित किसिमले खडा भएको देखिन्छ। पूर्व राजा ज्ञानेन्द्र, पुत्र पारस र बुहारी हिमानी आजकाल विभिन्न धार्मिक सभा–समारोह र सामाजिक सेवाका क्षेत्रमा आकर्षणका केन्द्र बन्न थालेका छन्। नेपाली राजपरिवारमा पारस गन्हाइसकेको नाम भएपनि आजकाल उनको समेत दिन फिरेको छ। कतिपय स्थानमा पारसको उपस्थितिले ऊर्जा र उत्साह थपेको महसुस हुन थालेको छ।
राजतन्त्र निरङ्कुशताको प्रतीक मानिन्छ। २०१७ सालपछि स्व. राजा महेन्द्रले नेपालमा राजतन्त्रको जरो मजबुत पार्न कुनै कसर बाँकी राखेनन् भने राजा वीरेन्द्रको वंशनाश र पूर्व राजा ज्ञानेन्द्रको पतनपछि नेपालमा राजतन्त्र सदाको निम्ती अस्ताएको अनुमान धेरैले गरेका थिए। तर लोकतन्त्रवादी भनाउँदाहरूको काला करतूतले राजतन्त्रले पुन: नयाँ ताजगी महसुस गर्न थालेको छ। ज्ञानेन्द्र र पारसको कुरै छाडौं आजकाल त हिमानीको उपस्थितिले समेत रौनक र ठूलो भीड जम्मा गर्न थालेको छ। पूर्व राजपरिवारका ज्ञानेन्द्र, पारस र हिमानीहरू कुनै पनि कार्यक्रममा आकर्षणका केन्द्र र ज्इत् ऋब्प्भ् साबित हुन थालेका छन्। अस्ति ग्वार्को ललितपुरको एउटा धार्मिक महायज्ञमा यस्तै दृश्य देखियो, जहाँ पूर्व राजा आउने चाल पाएपछि हजारौं नरनारी उनको दर्शनार्थ उपस्थित भए। आव देखा न ताव ज्ञानेन्द्रले पनि पत्रकारहरू सामु वर्तमान बिगडैल राजनीतिक अवस्थाबारे तात्तातो प्रतिक्रिया दिए।
साँच्चै अवस्था परिवर्तित भएको हो त ? एकताका पूर्व राजपरिवार दरबार बाहिर निस्कन गार्हो थियो। राज परिवारविरुद्ध हुटिङ गरिन्थ्यो, नानाथरिको नाराबाजी गरेर हतोत्साहित गरिन्थ्यो। तर आज अवस्था ठीकविपरीत छ, उनीहरूको पक्षमा जयजयकार पनि हुन थालेको छ। त्यसैले होला साँस छउञ्जेल आश भने झैं ‘आफ्नो गुमेको पगरी पुन: फिर्ता हुन्छ कि, फेरि राजतन्त्र फर्कन्छ कि आशा र दाउपेचमा राजपरिवार उत्साहित देखिन्छ। अस्ति छोरा हृदयेन्द्रको १० औं वर्ष प्रवेशको सुअवसरमा पूजापाठ गर्न मरुगणेश पुगेकी आमा हिमानी पनि उत्साहित थिइन्। महिलाहरूको ठूलो समूह उनको स्वागतमा देखियो। अर्थात् गन्हाइसकेको, मृतप्राय: भनिएको राजतन्त्रले एकपल्ट पुन: आफ्नो सुवास छर्दैछ आम नेपाली जनमानसमा। राजतन्त्रलाई विकासको बाधक, प्रजातन्त्र र लोकतन्त्रको अवरोध ठान्नेहरू आज लामो समयदेखि राजनैतिक शक्तिको बागडोर सम्हालेर बसेका छन्। उनीहरूले स्वयंबाहेक जनता र मुलुकको पक्षमा सिन्को भाँच्न सकेका छैनन्। केही गर्न नसक्ने लाछी र लोभी–पापी जमातको कब्जामा नेपाली राजनीति बन्धक हुन पुगेकोले ज्ञानेन्द्रहरू एकपटक फेरि जिरोबाट हिरो बन्दैछन्। शङका छैन प्रजातन्त्र संसारकै उत्कृष्ट र सफल शासन पद्धति हो।
अहिलेको समय राजतन्त्रको समय होइन। तर सत्ताका पारखी काङ्ग्रेस, कम्युनिस्ट र मधेसवादी दलहरूको कुटिल रवैयाले ‘आ बैल मुझे मार’ अर्थात् राजतन्त्रको जग मजबुत पार्दैछन्। लोकतन्त्रमा लोकतन्त्र किन मजबुत हुन सकेन ? किन लोकतन्त्र धाराशायी हुने अवस्थामा पुग्यो ? आम जनतामा वितृष्णा किन जाग्यो ? भन्ने प्रश्नहरूको जवाफ आजकाल पूर्वराजा र राजपरिवारले दिन थालेका छन्। महायज्ञ स्थल ग्वार्कोमा ज्ञानेन्द्रले–“भदौ महिनामा पानी पर्ने र खुर्सानी सुकाउने गरिन्छ, हेरौं कसलाई राग आउँछ कसलाई के–के हुन्छ ?
सङ्क्षेपमा यो ठूलो राजनीतिक व्यङ्ग्य हो। भदौमा संविधान आउने समय हो। मैले बुझ्न सकेको छैन राजतन्त्र नेपालमा लोकप्रिय छ कि अलोकप्रिय। हामी गणतन्त्रवादीले चाहिं राजतन्त्र राम्रो भन्नु भएन।
राजतन्त्रको बखत राजाका पालुवा अर्थात् कट्टर राजभक्त भनेर चिनिने सूर्यबहादुर थापा, पशुपति शम्शेर राणाहरूले समेत जुम्राले सिनो छाडे झैं’ राजतन्त्रलाई त्यागिसके। वीरगंजमा समेत जन्मजात राजावादीको ठप्पा लागेकाहरू चारैतिर हण्डर–ठोक्कर खाँदै रन्थनिएर मधेसवादीको काखामा बास बस्न गए। एउटा विचरा कमल थापा कुहिरोको काग झैं ‘राजतन्त्र–राजतन्त्र’ अलापिरहेका छन्।
पञ्चायतकालमा ‘हामीले राजतन्त्रलाई टेवा दिएका, टिकाएका छौं भन्ने सूर्यबहादुर थापाजस्ताका कुरा अहिले हावादारी र बकम्फुसे साबित भएको छ। बरु यिनीहरू नहुँदा, यिनीहरूविहीन ज्ञानेन्द्र बलियो साबित हुँदैछन्। यिनले त्यतिखेर राजतन्त्रमा दोहन मात्र गरे, खोला तरे लौरो बिर्से। पञ्चायतकालमा राजावादी बनेर चक्मा दिनेहरूले लोकतन्त्रलाई ‘नाङगेझार’ पारेका छन्। हाम्रो वीरगंजलाई नै लिऊ। यहाँ कसैको कसैलाई नटेर्ने, लुट, खसोट, साम्प्रदायिकता बिग्रिएको, घूसबिना कामै नहुने, गुण्डागर्दी बढेको र लोकतन्त्रकै उपहास दिनहुँ भइरहेको थियो। अनि रमेश खरेलको वर्दीधारी तानाशाहीले यस्तो बेलगामहरूमाथि अलिअलि लगाम लगाइदियो। आमजनतामा सास्ती कम भयो र वर्तमान एसपी रमेश खरेलको तानाशाहीमा पनि स्वतन्त्रताको झझल्को देखे वीरगंजवासीले।
हामी पहिलेदेखि अनुशासित भएको भए, हामी भलादमी भएको भए, उनको तानाशाही खप्नुपर्ने थिएन र उनले स्याबासी पनि पाउने थिएनन्।
पूर्वयुवराज पारसझैं गन्हाइसकेको पर्सा प्रहरीमा नयाँ भरोसा र जनताको विश्वास जागेको छ। राजतन्त्र र पर्सा प्रहरी लोकप्रिय कि अलोकप्रिय आपैंm मनन गरौं। अस्तु १