प्रस, निजगढ, ८ भदौ/
खोलाबाढीले बर्सेनि बाराको वन क्षेत्रमा तीव्र कटान गर्दै आएको छ। विगतका वर्षभन्दा केही वर्ष यता कटान तीव्र बन्दै आएपनि रोकथाम गर्न सम्बन्धित निकाय अग्रसर छैन। चुरे आसपास र खोलाबगर नजिकै अझैपनि कानुनविपरीत क्रसर उद्योग सञ्चालित छन्। वन क्षेत्र नजिकैको खोलाबगरमा खाड्ल पार्दै जथाभावी ढु·ा उत्खनन गर्नाले पानीको बहाव परिवर्तन हुँदा वन क्षेत्रको जमीन कटानमा परेको हो। क्रसर उद्योगले प्रयोग गर्ने स्काभेटर, डोजर, लोडरले ठूला खाडल बनाउँदै वन नजिकैको खोलाबगरबाट ढु·ा झिक्ने गरेपछि वन क्षेत्रतर्फ खोलाको मूलधार सोझिदै जमीन कटान गरेको निजगढका स्थानीय बासिन्दा बताउँछन्। रोकथामका भरपर्दो उपायसमेत बेलैमा अवलम्बन नगर्दा वन क्षेत्र झनै सङकटमा परेको छ। क्रसरले चुरे पहाड, गाउँबस्ती मात्र होइन् वन क्षेत्रको जमीन कटान तीव्र पारी रहँदासमेत अमलेखगंज, निजगढ, मनहर्वा गाविसमा करिब दुई दर्जन क्रसर निर्वाध सञ्चालनमा छ। बारामा वन क्षेत्र ५२ हजार ५५९ हेक्टर रहेपनि खोला, खहरे कटानले घटेको वन कर्मचारी बताउँछन्। विगतका वर्षहरूमा वन कार्यालयले वृक्षरोपणगर्दै आएपनि भरपर्दो रोकथाम हुन सकेको छैन। त्यसमाथि स्थानीय राजनीतिक दल, प्रहरी प्रशासनको मौनताले क्रसरको ज्यादती झनै बढेको छ।
क्रसर उद्योगकै कारण अमलेखगंज खोला छेउका खेतीयोग्य जमीन कटानमा पर्दै आएको छ। खेतबारी आसपासको खोलाबगरबाट ढु·ा सङकलन गर्नाले चुरेबाट बग्ने पानीको वेग तीव्र भएर बस्तीसमेत जोखिममा परेको छ। यस वर्षदेखि राष्ट्रपति चुरे संरक्षण अभियान अन्तर्गत जिल्ला भूसंरक्षण कार्यालयले चेक ड्याम, भूक्षय नियन्त्रण गरेको छ। जसले गर्दा चुरे संरक्षण, वन क्षेत्रमा जमिन कटान रोकथाम हुने जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृत विन्देश्वर पटेलले बताए। तर रोकथाम कार्यका साथै स्थानीय बासिन्दा सचेत नभएसम्म कार्यक्रममा लापरवाही बढ्ने, सहायक वन अधिकृत पटेलको भनाइ थियो। एक महिना अघिदेखि जिल्ला वन कार्यालय बाराले ढु·ा उत्खनन र सङकलनमा रोक लगाउँदा केही क्रसर उद्योग बन्द हुन पुगेको छ भने, खोलानालाको गुमेको सौन्दर्य फर्कने क्रम जारी थियो। तर लुकीछिपी, टयाक्टरबाट खोलानालाको ढु·ा उद्योगसम्म पुर्याउने क्रम अझै हटेको छैन।
चुरे पहाडबाट बग्ने अमलेखगंज खोला, शक्तिखोला, दुधौरा, बालग·ा, पसाहा, लालबकैया, भमरा, धन्सारखोला लगायत खहरेले वर्षायाममा २० हेक्टरदेखि ५० हेक्टरसम्म वन क्षेत्र कटान गर्दै आएको छ। जसमा विभिन्न प्रजातिका हरिया रूखसमेत नासिने गरेको छ भने वन क्षेत्र कटान जारी छ।