प्रस्तुतकर्ता
उमाशङकर द्विवेदी ‘दधीचि’
नेपाली भाषामा कविताको सुरुआत गर्ने कविहरू इन्दिरस, विद्यारण्य केशरी, वसन्त कवि, वीरशाली पन्त आदिका नाम नेपाली साहित्यको इतिहासमा देखिए पनि वास्तविक नेपाली कविताको सुरुआत भानुभक्त आचार्यबाट नै भएको हो भन्ने कुरा नेपाली विद्वान्हरूको मान्यता छ। कविका काव्यमा हुनुपर्ने मुख्य गुण तीन छन् लालित्य, सरलता र विचारको मौलिकता। भानुभक्तको रामायण अध्यात्म रामायणको (संस्कृतबाट नेपाली) अनुवाद भएको हुनाले त्यसमा मौलिकता कम पाइन्छ तापनि यिनको ‘रामायण’ काव्यको लक्षणले भरिएको हुनाले नेपाली भाषाको आदिकविको गरिमामय पगरी भानुभक्तलाई नै गुंतेर नेपाली विद्वान्हरूद्वारा यिनलाई आदिकविको भद्रासनमा विराजमान गराइएको छ।
भानुभक्त आदिकवि मात्र नभई आशुकवि पनि थिए। रामायण, बधू शिक्षा, प्रश्नोत्तरी, रामगीताबाहेक उनका थुप्रै फुटकर कविता पनि छन्। धर्मपत्नी हाँसेकोमा, मित्रको अनुपस्थितिमा मित्रकी घरबूढीद्वारा घरमा बास न दिएकोमा, निस्तै मकै भुटेर थालमा पस्किदिएकोमा, मित्रपुत्रले शिष्टाचार न देखाएकोमा उनको कलमबाट तत्काल स्वस्फूर्त कविता फुरेको देखिन्छ। त्यति बेलाको सरकारी कामकाजको सिलसिलामा बिन्तीपत्र आदि लेख्दा पनि उनले प्राय: कवितामैं लेखेको पाइन्छ। यसै सिलसिलामा गिरधारी भाटसितको जग्गा खिचिलो पर्दा मुद्दाको फिराद पनि कवितामा नै लेखिएको भनिए पनि त्यो फिरादपत्र त्यस बेलाको ऐन कानुन बमोजिम ‘भानुभक्तको बिन्तीपत्र’ गद्यमा लेखिएको तथ्यबाट नेपाली साहित्यका रसग्राही पाठक अनभिज्ञ रहन जाने हुँदा पद्यमा लेखिएको बिन्तीपत्र तथा गद्यमा लेखिएको ‘भानुभक्तको बिन्तीपत्र’ जस्ताको त्यस्तै यहाँ उधृत गरिएको छ। भानुभक्तका पद्यहरू नेपाली साहित्यमा प्रसिद्ध रहेको निर्विवाद छ, यहाँ उधृत ‘भानुभक्तको बिन्तीपत्र’ साहित्यिक पाठकहरूले भानुभक्तकालीन नेपाली भाषाको सुन्दर नमुनाको रूपमा लिनेछन्। यहाँ के पनि द्रष्टव्य छ भने ‘पुरानो कवि र कविता’मा इतिहास शिरोमणि बाबुराम आचार्यले गिरधारी भाटको मुद्दा वि.सं. १९१२ तिर छिनिएको भनेका छन् भने काठमाडौंको वीर पुस्तकालयमा रहेको ‘भानुभक्तको बिन्तीपत्र’ को मिति वि.सं. १९२२ साल मार्ग शुदि १३ रोज ६ लेखिएकोले वास्तवमा यो मुद्दा कहिले परेको तथा कहिले छिनिएको हो भन्ने कुरामा अलमल भएको कारण यस विषयमा थप अनुसन्धान आवश्यक छ। प्रस्तुत छ भानुभक्तको बिन्तीपत्र पद्यमा–
ख्वामित् यस् गिरिधारीले अति पिर्यो व्यर्थै गर्यो झेल् पनि।
यस्का झेल उतार्नलाई सजिलो यौ हो व्यहोरा भनी।।
ख्वामित्लाइ चडाउनाकन यहाा क्यै श्लोक् कवीता गर्या।
मेरो श्लोक् सुनि बक्सियोस् त झगडा छीनिन्छ पाऊ पर्या।।
(पुरानो कवि र कविता पृ.९४)
वीर पुस्कालयमा रहेको भानुभक्तको बिन्ती पत्र :–
श्री : १
विन्तिष्त्रमिदम्...............................
करूणनिधान्. ष्वामित्. तनहुं चुंदि षोलाको.वराह वादले रोपियिन्या १६/१७ षेत छन्. ति षेत अघि. वेलैमा. तेस्.वराह वादवाट पानि चलाइ. वेलैमा विउ राषि. वेलैमा केहि षेत जेठैमा रोपिन्थ्या. पछि वाद विग्रन जांदा. वेलामा. वा कुलावाट. पानि चलाइ. वेलामा विउ राषन. नपाउन्या हुंदा. आकाशवाट पानि. वेलामा. वर्सिदियो भन्या.विउ रहन्या.वर्सन ढिलायो भन्या. वेलामा विउ राष्नै नपाइ. जेठमा रोपियिन्या षेत. साउनमा रोप्नु पन्र्या. असौज कातिकमा पनि. षोलो घट्न जांदा. कुलामा पानि कम् हुन जांदाषेत सुकि. मोहि मन्र्या. हुंदा. वराह वादले रोपियिन्या १६/१७ षेत. कमाउन्या सभै मोहि रून्थ्या.२१ सालमा असारका दि ८ जांदा. सम्म कुलामा. पानि चल्याको थियेन. वाद लाइराष्याको थियो. असारका दिन ९ जांदा चुंदि षोलामा ठुलो वाढि जांदा. वादै पनि वग्यो. षोलो पनि ठुलोभयो वाद लाउन सकियेन. षेत विग्रन वझियीन लाग्यो र. वराह वादका सभै मोहि जम्मा भै वसि. वाद कांहां लाउं भनि. सल्लाह गर्दा. श्रीधर उपाध्या. विरभद्र राना.श्रीप्रसाद अज्र्याल् इ तिन् मोहिका षेत् काटियिन्या गरि यस् ठाउंमा कुलो काटि यस् ठाउंमा वादलाइ पानि चलाया कसैको विग्रदैन सभैका षेत बन्छन् भन्या. सभैका तजवीजमा ठहरि. षेत काटियिन्या तिमि ३ जना मोहि क्या भन्छौ ताहां कुलो काट्न सामेल छौ कि छैनौ भन्दा. श्रीधर पाध्या. विरभद्र राना.श्रीप्रसाद अज्र्याल इ तिनै जनाले सामेल छौ भनि सल्लाह दिया र. सल्लाहैसित. वाद लाउन्या कुलो काटन्या. काम गर्याको हो. आज गिरधर रानाले. मेरा छोरा विरभद्र रानाले. सल्लाहा दियाको होइन वलमिचि कुलो मेरो षेतमा षनि. मेरो रोपनि पिपल्या षेत। २२ विगारिदिया भनी हाम्रा नाउमा फिर्याद गरि. हामिलाइ दु:ष ढेरै दियो.हामिले वलमिचि कुलो काट्याको रहेछ कि तेस्का छोरा वीरभद्र रानाका सल्लाहाले कुला काट्याको रहेछ बुझिबक्स्या करूणानिधान्. हामि अनाथका दु:ष छुट्ता हुन् करूणा रह्या जावस्. तेस्को रोपनि पिपल्या षेत मुरि।२२ पनि विग्र्याको छैन. षेत विग्र्यो मेरो भन्छस् भन्या तेस् कुलाले रोपियाका षेतमा जसका षेतमा चित बुझदछ. सौ षेत. तं षा.यो पिपल्या षेत सोहि मोहि षाला. भन्दा पनि मान्दैन. जगा. जति काटियाको छ तेस्को मिनहा पनि दिन्छौ भन्दा. मिनहाले पनि मान्दिन. षेतसटाले पनि मान्दिन तेस् ठाउमा त्यो कुलै दिन्न भन्छ. करुणानिधान हामिले कसो गन्र्या हो जो मर्जी.
शुभचिन्तक भानुभक्तशर्मण: शुभाशीर्वादकोटयो विलसन्तु.
इति संवत् १९२२ साल मार्ग शुदि १३ रोज ६ शुभम्।