काठमाडौं, १२ साउन/रासस
आगामी विश्वकप फूटबल प्रतियोगिताको नेपालको यात्रा आज समाप्त भएको छ।
दशरथ रङगशालामा आज भएको खेल नेपाल र जोर्डनबीच बराबरी भए पनि समग्रमा जोर्डनको अङक बढी भएको कारण नेपालको यात्रा समाप्त भएको हो।
नेपालले अघिल्लो चरण प्रवेशका लागि जोर्डनविरुद्ध कम्तीमा १० गोल गर्नुपर्ने चुनौती थियो। तर आजको खेलमा दुवै टोलीबाट १–१ गोल भएको थियो ।
नेपालले, वरियताक्रममा माथि रहेको जोर्डनसँग बराबरी गर्नुपनि नेपालका लागि ठूलै उपलब्धि हो।
नेपालले आजको खेलमा आफ्ना दर्शकको मन जित्न मात्र सफल भएन, पहिलो लेगमा खाएको ९ गोल अन्तरको दूरी पनि घटाएको थियो ।
घरेलु मैदानको फाइदा उठाउँदै नेपालले जोर्डनको सशक्त टिमलाई बराबरीमा रोक्दा दर्शकको वाहवाही पाएको थियो । यद्यपि नेपालले गोल गर्ने धेरैवटा अवसर गुमाएको थियो।
खेल भइरहँदा पानीको समेत परवाह नगरी रङगशालामा उपस्थित घरेलु दर्शकले नेपाली टोलीको प्रशंसा गरेका थिए ।
खेलमा जोर्डनका लागि मोहम्मद खलिलको कर्नर पासमा ७ नम्बर जर्सीका हसन अलमुर्जनले दोस्रो मध्यान्तरको ५३ आंै मिनेटमा गोल गरेका थिए ।
खेल अवधिभर सशक्त प्रतिद्वन्द्वी जोर्डनलाई दबाबमा राखेको नेपालले सन्तोष साहुखलको पासमा भरत खवासले ८० औं मिनेटमा गोल गरेका थिए।
खेलको पहिलो मध्यान्तरअघि दुवै टिम गोलरहित बराबरीमा थिए ।
यसअघिको खेलमा भने नेपालले घरेलु मैदानको राम्रो उपयोग गर्दै इस्ट टिमोरलाई समग्रमा ७–१ गोलअन्तरले पराजित गर्न सफल भएको थियो ।