गम्भीरा सहनी, जीतपुर, ५ साउन/
घरेलु मदिराको बिक्री वितरण र ओसारपोसारमा वृद्धि भएकोले सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प जीतपुरका सशस्त्र प्रहरी हवलदार अरुण चौधरीको नेतृत्वमा खटेको टोलीले जीतपुर नगरपालिका बसपार्कबाट आज बिहान करिब ७:३० बजे २५ वटा ग्यालनमा रहेको ३५० लिटर अवैध मदिरा बरामद गरेको छ।
घरेलु मदिराको मूल्य सस्तो पर्नाले सबै ठाउँमा छयाप्छयाप्ती पाइन्छ। निजगढ, अमलेखगंज, सिमरा, औराहा, बजनी, जीतपुर, बेल्वा, चोर्नी, बिरुवागुठीमा दिनहुँ हजारौं लिटर घरेलु मदिरा उत्पादन गरी वीरगंज र भारतीय सीमावर्ती शहर रक्सौलसम्म लुकाइछिपाई पुर्याइने गरेको छ।
सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प जीतपुरको टोलीले जीतपुर नगरपालिका बसपार्कमा रहेका विभिन्न सार्वजनिक सवारी साधनहरूबाट चेकजाँच गरी सो परिमाणको अवैध मदिरा बरामद गर्नुका साथै तस्करहरूलाई सो अवैध काम नगर्न चेतावनी दिई छोडेका छन्।
बरामद मदिरा इलाका प्रहरी कार्यालय, जीतपुर र स्थानीय बासिन्दा तथा सञ्चारकर्मीको रोहबरमा बेस क्याम्प परिसर छेउमा खाल्टोमा खन्याई नष्ट गरी पुरियो।