प्रस, वीरगंज, १२ साउन/
“हामीले आलोचनामात्र सुन्नुपर्छ, नागरिकदेखि हाकिमसम्मले हाम्रोमात्र दोष देख्छन्, तर एउटा चोकमा उभिएका एकजना ट्राफिक प्रहरीले चारजना हुल्याहासँग कसरी सामना गर्न सक्छ ? त्यस्तो बेला नागरिक समाज पनि हामीलाई सहयोग गर्न आउँदैन”– पर्सा जिल्ला प्रहरी कार्यालयले अहिले नागरिक समाज र प्रहरीबीच सम्बन्ध राम्रो बनोस्, प्रहरीबाट नागरिक समाजको के अपेक्षा छ भन्ने सवालमा केन्द्रित भएर हिजोदेखि प्रहरी तथा समाजका विभिन्न क्षेत्रका विज्ञबीच अन्तक्र्रिया कार्यक्रम सुरु गरेको बेला आज एकजना ट्रफिक प्रहरीले सो गुनासो पोखे।
नेपालमा राजनीतिक अस्थिरतासँगै प्रहरी र नागरिक समाजबीच सम्बन्धमा केही तिक्तता आएको निश्चय नै हो। प्रहरीमा राजनीतिक दबाब बढयो, जसले गर्दा गलत व्यक्तिले कानुन उल्लङ्घन गरिरहने र असल व्यक्तिले पीडा सहनुपर्ने अवस्था आइरहेकै बेला अहिले प्रहरी सङगठनमा चनाखोपन देखिएपछि हिजोका सुविधाभोगीहरुले प्रहरीमाथि दबाब कायम राख्न नसक्दा ‘प्रहरी असभ्य तरिकाले पेस हुने, नागरिक समाजलाई हेप्ने’जस्ता कुराहरु बजारमा छताछुल्ल भएका छन् । तर यी कुरा हिजो कानुनलाई हातमा लिने, प्रहरीलाई आफ्नो मतियार बनाएर स्वार्थ सिद्धि गर्ने केही सुविधाभोगीहरुको प्रवञ्चना मात्र हो। सामान्य नागरिकले प्रहरीले कानुन पालनामा गरेको कडाइलाई रामै मानेको छ तर उसमा एउटा के आशङका छरिएको छ भने प्रहरीको समर्थन गर्दा भोलि प्रहरी उद्दण्ड भएर सीमोल्लङ्घन गर्ने त होइन ?
प्रहरी पनि यसै समाजको सदस्य हो। समाजमा व्याप्त विकृति–विसङगतिहरूले पनि उसलाई प्रभावित बनाइरहेको हुन्छ। यसका लागि प्रहरी सङगठनलगायत नागरिक समाजले बेला–बेला तालिम, अन्तक्र्रिया गरेर उनका गुनासाहरूलाई मानवीय दृष्टिकोणले बुझिदिएर आजको युगबोधबाट प्रशिक्षित पार्न सकियो भने केही कारण छैन समाजमा अपराध र गलत क्रियाकलाप नियन्त्रण नहोस्। हिजो जथाभावी गाडीलगायत मोटरसाइकल, रिक्सा, साइकल पार्किंग गर्ने, वन–वेमा गाडीहरू कुदाउने, हेलमेट नलगाउने, बढी सङ्ख्यामा मानिस बोकेर गाडी तथा मोटरसाइकल कुदाउने व्यक्तिहरूको स्वच्छन्दता नियन्त्रणमा ल्याउने कार्यले त्यस्ता व्यक्तिहरूलाई प्रहरीको गतिविधि अप्रिय लागेको हुन सक्दछ। अपराधीहरू पालेर भोट बैंक बढाउने नेताजीहरू, गलत मानिसको सिफारिस गरेर कमिशन खाने छोटे नेताहरूलगायत तस्करी गर्ने गराउने, अपराधीका मतियार बन्ने समाजका सफेदपोशहरूलाई निश्चय नै नागरिकको अमनचैन र आफ्नो निरीहताले घोचिरहेको होला। त्यही त हो सुशासनको सङकेत। यो प्रक्रिया निरन्तर रहोस्, एकजना एसपीको पालामा होइन, सबैको पालामा प्रहरी र नागरिक समाजको आत्मबल र नैतिकता उच्च रहोस्, सुरक्षाको क्षेत्रमा प्रहरी सङगठन निर्धक्क भएर काम गर्न सक्षम भयो भने केही कारण छैन एक्लो ट्रफिक प्रहरीलाई सहयोग पुर्याउन नागरिक समाज अघि नसरोस् । शायद प्रहरी सङगठनको लक्षित ध्येय पनि यही हो।