सुडान घोटाला प्रकरण सम्बन्धमा आजभोलि दिनहुँ विशेष अदालतमा बहस चलिरहेको छ। आरोपितहरू हाजिर भइरहेका छन्। हाजिर भएकाहरू कोही भोलिपल्ट त कोही दुईचार दिनपछि धरौटी तथा जमानीमा छुटिरहेका छन्। हालसम्म अदालतले धरौटी तोकेका ६–७ जना अभियुक्तमध्ये प्राय: सबैले धरौटी राखी खोरबाट मुक्त भएका छन्। यसरी मुक्त भएकाहरू पूर्व प्रहरी अधिकारी एवं निलम्बित प्रहरी अधिकारीहरू छन्। सुरुमा धरौटी माग गरिएकाहरूमा धरौटी बुझाउने सवालमा केही समस्या सृजना भएको पाइएको भए तापनि त्यसपछिका थुनुवाहरूलाई धेरै सजिलो भएको छ। अदालतले थुनामा पठाउनुभन्दा पहिले नै कागज प्रमाणहरू तयार गरेर धरौटी तथा जमानत बस्न बैंकहरू तयार भइदिन्छन्। पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङलाई विशेष अदालतले तोकेको ५ करोड धरौटी तिर्ने जमानत ग्लोबल बैङकले दिएको छ। त्यसैगरी पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीको ७ करोड रुपियाँ तिर्ने जिम्मा सिभिल बैंकले लिएको छ। एसएसपी दीपेन्द्रबहादुर बिष्टलाई तोकिएको एक करोड बुझाउने जिम्मा इन्भेस्टमेन्ट बैंकले लिएको छ।
भ्रष्टाचारका अभियुक्तहरूलाई छुटाउन अहिले बैंकहरू लाइन लागेर बसेका छन्। भ्रष्टाचारमाथि लगानी लगाउन र जोखिम मोल्न बैंकहरू अग्रसर देखिएका छन्। मुद्दा भ्रष्टाचारको हो, सुडान घोटालाकाण्डमा भ्रष्टाचार भएकै हो। यसमा को दोषी को निर्दोष भनी छुटयाउन सक्ने कुरा बैंकको हैसियत र परिधिभन्दा टाढाको कुरा हो। एकातिर अदालतले धरौटी मागेबमोजिम सम्पत्ति आफूहरूसँग नभएको अभियुक्तहरूले सार्वजनिक गरिरहेका छन्। तर पनि उनीहरूको हकमा करोडौं रुपियाँ लगानी गर्न बैंकहरू तयार छन्।
मुलुकमा विदेशी रेमिट्यान्स भित्र्याएर अर्थतन्त्रमा टेवा पुर्याउने नेपाली युवक–युवतीहरू तीन प्रतिशतदेखि पाँच प्रतिशतसम्म साहुको ब्याज तिरिरहेका छन्। ग्रामीण क्षेत्रको कुरा छाडौं शहरकै निम्न आयस्तर भएका व्यक्तिहरू ठेकीकोसेली दिएर चर्को ब्याजमा साहु काढ्न बाध्य छन्। बर्सौं विदेशी माटोमा रगत–पसिना चुहाइरहेका स्वदेशी जनशक्तिलाई महिनाभरिको परिश्रम साहुको ब्याज तिर्दै ठीक्क छ। माओवादी द्वन्द्वपछि ग्रामीण क्षेत्रहरू झन्डै बैंक सेवाविहीन अवस्थामा छन्। ग्रामीण जनता शहरसम्म धाएर बैक चहार्दा पनि कैयन बहाना तेस्र्याएर कर्जाबाट वञ्चित गरिन्छ। श्रमजीवी जनताको श्रम पसिना र ग्रामीण जनताले बनाएका आयआर्जनका कार्ययोजनाहरू हेर्ने फुर्सदै बैंकहरूलाई हुँदैन। सुरुमा कृषि विकास एवं साना किसान बैंकले ग्रामीण क्षेत्रमा कर्जा प्रवाह गरेको भए तापनि हाल जति सक्दो छिटो कर्जा असुल गरेर सम्बन्ध तोड्ने प्रयासमा जुटेको छ। इमान्दार, मेहनती तथा परिश्रमी र ऊर्जाशील जनशक्ति पहिचान गरेर लगानी गर्ने, ग्रामीण जनताले बनाएको स्वरोजगार तथा आयआर्जनका कार्ययोजनाहरूलाई थप सल्लाह–सुझाव दिएर सहयोग गर्दै कर्जा प्रवाह गर्ने कार्यतर्फ बैंकहरू अग्रसर भइदिएको भए आज मुलुकको झन्डै ४० लाख जनशक्ति विदेशी भूमिमा होइन स्वदेश निर्माणमा जुटेको हुने थियो। जोसँग अर्थ छ उसको नियत भ्रष्ट छ, जोसँग श्रमशक्ति, मेहनत, इमानदारी र कार्ययोजना छ उसको हात खाली छ। भ्रष्टाचारलाई घृणा र इमानदारलाई कदर गर्नुपर्छ भन्ने सद्बुद्धि पैसा वालामा नपलाउन्जेल मुलुकको अवस्था सुध्रिने देखिएको छैन।