नेपालको राष्ट्रियतालाई हुनेखानेहरू र जुझारु राजनीतिक दलहरू हेलाको दृष्टिकोणले हेर्दछन्। उनको परिभाषामा राष्ट्रियता भनेको सरकारको कामको तारिफ गर्नु र जुनसुकै अवस्थामा पनि विदेशलाई गाली गर्नु हो। तर नेपालमा अधिकांश व्यक्ति हुनेखाने होइन, गरिखाने छन्। त्यसैले नेपालको अधिकांश जनसङ्ख्यामा राष्ट्रियता छैन। यो हो यिनको मान्यता। यताको दिनमा गरिखानेहरूको नेतृत्व वामपन्थीहरूले बोकेका छन्। वामपन्थीहरूमा पनि अरूभन्दा उग्र र जुझारु दलको नेपालमा अहिले हालीमुहाली छ। र उनीहरूले घोषित–अघोषितरूपमा भारतलाई आफ्नै बैरी ठानेका छन्। तर उनीहरू गरिखानेका पृष्ठपोषक हुन् भन्ने उनीहरूको दाबी छ। तसर्थ उनीहरू चाहन्छन् नेपालका गरिखानेहरू भारतका विरोधी बनून्। भारत विरोध गरेपछि स्वत: नेपाली राष्ट्रियता फस्टाउने उनीहरूको अचुक मान्यता रहिआएको छ। हुनत नेपालमा योमात्र विडम्बना छैन। अर्काथरी पनि छन् जो उत्तरलाई गाली गर्नु नै नेपाली राष्ट्रियता ठान्दछन्। त्यसको विश्लेषण फेरि पछि कहिले १
नेपालको नारायणी अञ्चलको पर्सा जिल्लामा एउटा गाउँ विकास समिति छ–लहावर थकरी। यस गाविसमा एउटा सानो गाउँ छ–धोबिया टोला। यो टोला हुनत नेपालको सीमाभित्र पर्छ। यहाँ झन्डै चार–पाँच सय मानिसको बसोबास छ। यस टोलमा न बिजुली छ, न सडक छ न पानी खानका लागि कुनै चापाकल नै छ। सडक छैन भन्नुको अर्थ पिच रोड, ग्राभेल रोड अथवा कच्ची सडक त के, घोडेटो र गोरेटो पनि छैन। हो, खेतको आली भएर मानिसहरू आफ्नो गाउँको सम्पर्क अन्य गाउँसँग गर्दछन्। नजिकै भारत छ। भारत सरकारले गाडेको चापाकलको पानी भर्न यिनीहरू भ्याउँछन्, भारतीय बाटो भएर आफ्नो गर्जोको सामान खरिद गरी ल्याउँछन् र त्यतैबाट आवतजावत गर्छन् । अब जतिसुकै सर्वहाराको दल भनी घाँटी चिरिनेगरी कराएपनि यी बासिन्दा कसरी भारतविरोधी हुन सक्दछन् ? कुरा यसो पनि होइन कि उनीहरू भारतभक्त छन्। भारतले पनि विभिन्न कारणले आफ्नो सिमानालाई अग्लो पारेकोले यस गाउँका बासिन्दा वर्षाको चार महिना डुबानमा बिताउँछन्। यी चार महिना धोबिया टोलमा मानिस पशु बनेर जीवन बिताउँछन्।
नेपाल सरकारले प्रत्येक वर्ष प्रत्येक गाविसलाई बीसौं लाख रुपियाँ दिन्छ। प्रत्येक गाविसका राजनीतिक दलका प्रतिनिधिहरूको सल्लाह अनुसार गाविसमा विकास निर्माणका कार्यहरू गरिन्छन्। र भन्नु नपर्ला वामपन्थीहरूका आधा दर्जनजति पार्टी त्यस गाविसमा नभएपनि जिल्लामा त होलान् नै। तर पशुसरह जीवन बिताइरहेका धोबिया टोलका बासिन्दाप्रति यिनीहरूको दायित्व के ? एक वर्षको गाविसको अनुदानको चौथाई मात्र धोबिया टोलको सडक निर्माण र चापाकल गाड्नमा लगाइदिने हो भने तिनको जीवनले अर्थ पाउने थियो। तर सर्वहाराको भाग्य निर्माता बनेका पार्टीका प्रतिनिधिहरूको ध्याउन्न आफू सर्वहाराभन्दा माथि उठ्नमैं केन्द्रित छ। हुनेखानेहरूका पार्टी जसलाई वामपन्थीहरू बुर्जुआ भन्दछन् उनीहरूको त कुरै गरी साध्य छैन। त्यस टोलका बासिन्दाप्रति न जनताको सरकार, न पार्टीहरू न जिल्ला विकास समिति न गाउँ विकास समितिले आफ्नो कुनै दायित्व ठानेको छ । विदेशीको स्वार्थबाट मिचिएका, स्वदेशीको अभिमानबाट थिचिएका, राजनीतिक दलका अपहेलनाबाट थिल्थिलिएका धोबिया टोलजस्ता नेपालका भूभाग र त्यहाँका बासिन्दाको उन्नति नभएसम्म राष्ट्रियता कसरी फस्टाउँछ ?