प्रस, निजगढ, ११ साउन/
यातायात साधन गुड्ने सडकहरूमा गाईवस्तु रहने गरेपछि सडक दुर्घटना हुने सम्भावना बढेको छ। सडक छेउका चौपायाधनीहरूले गाईवस्तुलाई छाडा छोड्ने गर्दा सडक ढाक्ने गरेपछि सडक दुर्घटना हुने सम्भावना बढेको हो।
केही समय यतादेखि पूर्व–पश्चिम लोकमार्ग अन्र्तगत पथलैया, निजगढ, चन्द्रनिगाहपुर सडकखण्डका विभिन्न स्थानहरूमा दैनिक दर्जनौं चौपायाहरू सडकमैं रहने गरेको देखिन्छ। दु्रत गतिमा लामो तथा छोटो दूरीका गाडी गुड्ने सडकलाई चौपायारहित खुला सडक बनाउन कसैको ध्यान गएको छैन। सडकमा छाडा चौपायाकै कारण वर्षमा दर्जनौंपटक सवारी दुर्घटना हुने गरेको छ। यी छाडा चौपायाहरू साँझ/रात पनि सडकमैं रहने गरेका छन्।
एक त सडकमा सयौं ठाँउमा खाल्टाखुल्टी छ।
रातको बेला अर्को दिशाबाट आउने अधिकांश गाडीले लाइट डिम गर्दैनन् जसले गर्दा दुर्घटना हुने गरेको साना सवारी चालकहरू बताउँछन्। यस्तो बेला मोटरसाइकल सवारहरू बढी जोखिम र दुर्घटनामा पर्ने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराले जनाएको छ। मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराको क्षेत्रभित्र १६ जिल्लामा गरी गत आर्थिक वर्ष ०६७/०६८ मा विभिन्न सवारी साधन तथा सडक दुर्घटनामा परी ४३६ जनाले ज्यान गुमाएको तथ्याङकले देखाएको छ।
छाडा चौपायाका कारण पनि बढी दुर्घटना भएको जनाइएको छ। चरनका लागि जङगलमा खेदिएका गाईवस्तु राति सडकमा गर्छन्। छाडा चौपायाले आक्रान्त बनेका सडकहरूमा मन्त्री, उच्च ओहदाका व्यक्तिको सवारी हुँदा छाडा चौपाया हटाउन प्रहरी प्रशासनलाई समेत हैरानी हुने गरेको छ।