सङ्कलन तथा अनुवाद
उमाशङकर द्विवेदी
एउटा जङगलमा कराल केशर नाम गरको एउटा सिंह बस्दथ्यो। धुसरक नाम गरको एउटा स्याल उसको हजुरिया थियो जो सधैं ऊसित हिंडिरहन्थ्यो। कुनै दिन एउटा जङगली हात्तीसित भएको युद्धमा सिंहलाई धेरै चोट लागेर जीउको विभिन्न ठाउँमा घाउ भएर धेरै रक्तस्राव हुँदा ऊ ज्यादै अशक्त भई एक पाइला पनि हिंड्न असमर्थ भयो। आफ्नो असमर्थताको कारण सिंह सिकार गर्न सक्दैनथ्यो। सिंहले सिकार गर्न न सकेपछि धुसरक पनि भोकबाट पीडित भएर अत्यन्त दुर्बल हुन पुग्यो। अत्यधिक दुर्बल भएपछि एक दिन उसले सिंहलाई भन्यो – ख्वामित १ भोकको कारण म पाइला पनि सार्न असमर्थ भइसकेको छु। यस्तोमा म हजुरको सेवा कसरी गर्न सक्छु ? सिंहले भन्यो — हे भाइ १ कुनै जानवरलाइ फकाएर ल्याऊ जसलाई म यस अवस्थामा पनि मार्न सकूँ। सिंहको कुरा सुनेर कुनै जानवरको खोजीमा धुसरक नजिकैको गाउँमा गयो। त्यहाँ उसले लम्बकर्ण नाम गरेको एउटा गधालाई देख्यो जो नदी किनारमा पलाएको दुभोको कमलो टुप्पा खाइरहेको थियो। गधाको नजिक गएर धुसरकले भन्यो – मामा १ नमस्कार, धेरै दिन पछि देखा पर्नुभयो। निकै दुब्लाएको पनि देख्दैछु। के भएको हो ? गधाले भन्यो – के भनुँ भान्जा, मेरो मालिक धोबी अत्यन्त निर्दयी छ। ममाथि गर्हुँगो भारी बोकाएर दिक्क पार्दछ तथा केही खान पनि दिंदैन। विवश भएर यस्तो जाबो घाँस चरिरहन्छु। यसले मेरो शरीरमा बल कहाँबाट आओस् ? स्यालले भन्यो – त्यसो हो भने मैले एउटा ठूलो फाँट देखेको छु जहाँ राम्रा–राम्रा बलवद्र्धक घाँस उम्रिएका छन्। छेवैमा कलकल बग्ने खोला पनि छ। त्यहाँ तपाईं सुखपूर्वक बस्न सक्नुहुनेछ। लम्बकर्णले भन्यो– भान्जा १ तिमीले भनेको कुरा ठीकै हो तर हामीहरू ग्राम्य पशु भएको कारण जङगली जानवरहरूको भक्ष्य हौं। अत: तिम्रो त्यो रमाइलो चरन प्रदेशको के काम ?
स्यालले भन्यो – मामा १ यस्तो कुरा न भन्नुस्। त्यो प्रदेश मेरो अधिकारमा छ। अरू कुनै जानवर त्यहाँ प्रवेश नै गर्न पाउँदैन। त्यहाँ पहिलेदेखि तीनवटी गधिनीहरू पनि आफ्ना मालिक धोबीको दुव्र्यवहारबाट पीडित भएर आइबसेका छन् तिनका पति छैनन्। ती तीनै पूर्ण पुष्ट तरुणी भइसकेका छन्। उनीहरूले मलाई भनेका छन्–यदि तपाईं हाम्रो राम्रो मामा हुनुहुन्छ भने हामी योग्य पति खोजेर ल्याइदिनुस्। मैले तपाईंलाई उनीहरूकै लागि त्यहाँ लान खोजेको हुँ। स्यालको कुरा सुनेर गधा काम–पीडित हुँदै भन्यो – भान्जा १ यदि त्यसो हो भने हिंड छिटो जाउँ। स्यालको पछि लागेर गधा छिटै सिंह भएको ठाउँमा पुग्यो। व्यथाबाट पीडित सिंह गधालाई देखेर उसलाई मार्न झम्टन मात्र के खोजेथ्यो गधा आतङिकत भएर भाग्यो। भाग्दै गरेको गधाको पिठ्यूँमाथि सिंहको तीव्र झापड लाग्यो तर दुर्भाग्यग्रस्त मानिसको असफल उद्योगझैं त्यो झापड व्यर्थ भयो। गधा भागिसके पछि स्याल रिसाउँदै सिंहलाई झपार्न थाल्यो – के यस्तो व्यर्थ प्रहार गर्नुहुन्छ ? जाबो गधा पनि तपाईंको अगाडिबाट भाग्न सफल भयो। यस्तै स्थिति रहयो भने तपाईं हात्तीसित कसरी लड्न सक्नुहुनेछ ? मैले तपाईंको बल र पराक्रम देखिसकें।
स्यालले यसरी हकारेपछि सिंह लज्जायुक्त हाँसो हाँस्दै भन्यो –भाइ, मैले के गर्ने ? मैले उसमाथि आक्रमण गर्ने कुनै तयारी नै गरेको थिइनँ, नत्र मेरो प्रहारबाट हात्ती त उम्केर जान सक्दैन। स्यालले भन्यो – यस पालिलाई त ठीकै छ। अब राम्ररी तयार भएर बस्नु नि, म उसलाई फेरि फकाएर ल्याउँछु। सिंहले भन्यो –भाइ १ जुन जानवरले मलाई प्रत्यक्ष आफ्नो आँखाले हेरेर गएको छ, त्यो फेरि कसरी फर्केर आउँछ। अत: अन्य कुनै जानवरको खोजी गर। स्यालले भन्यो – तपाईंलाई यसको के मतलब ? तपाईं आक्रमणको तयारी गरी चुप लागेर बस्नुस्।
सिंह आक्रमणको लागि प्रस्तुत भएको देखेर स्याल त्यस गधालाई खोज्दै त्यहीं बाटो हिंड्न थाल्यो। नदीको किनारमा उसले त्यस गधालाई चरिरहेको देख्यो। स्याललाई हेर्नेबित्तिकै गधाले भन्यो – ओ हो भान्जा १ त्यस दिन मलाई तिमीले धेरै राम्रो ठाउँमा लिएर गएका थियौ। यदि त्यहाँबाट म न भागेको भए मृत्युको मुखमा पुगिसकेको थिएँ। तिमी बताऊ, त्यो कुन जानवर थियो जसको भीषण झापडबाट म बाँचेको थिए। गधाको कुरा सुनेर स्यालले हाँस्दै भन्यो– मामा १ त्यो त त्यही गधिनी थिई जसले तपाईं आफूतिर आइरहेको देखेर अँगालो हाल्न उठेकी थिई। तपाईं त्यसरी कातर भएर भाग्नुहोला भने मैले चिताएको थिइनँ। तपाईंबिना ऊ जीवित रहन सक्दिन। तपाईंलाई भागिरहेको देखेर समात्नको लागि उसले आफ्नो हात तपाईंमाथि फालेकी थिई। अर्को कुनै विशेष कारण थिएन। अत: छिटै जाउँ। तपाईंबिना उसले अन्नजल त्याग गरी बसेकी छे। उसले भन्दै थिई –यदि लम्बकर्ण मेरो पति बनेन भने म आगो वा पानीमा हामफालेर आत्महत्या गर्नेछु। त्यसैले हामी छिटै जाउँ नत्र तपाईंमाथि स्त्रीहत्याको पाप लाग्नेछ। गधाले स्यालको कुरामाथि विश्वास गर्यो र स्यालसित फेरि फर्केर सिंह भएको ठाउँमा आयो र मार्नलाई तम्तयार भइबसेको सिंहद्वारा मारियो। त्यसलाई मारेपछि खानुभन्दा पहिले स्याललाई उसको रक्षाको भार सुम्पेर सिंह नदीमा नुहाउन गयो। सिंह गइसके पछि श्यालले आफ्नो लोलुपताको कारण गधाको कान र मुटु खाइदियो।
नुहाएर फर्केपछि सिंहले कान र मुटु बिनाको गधा देखी रिसाएर स्यालसित भन्यो– पापी, नीच १ तैंले यो के गरिस् ? यसको कान र मुटु खाइदिएर यसलाई बिटुलो पारिस्। सिंह रिसाएको देखी श्यालले विनम्रतापूर्वक भन्यो –ख्वामित १ यस्तो कुरा होइन। जब मैले यसलाई तपाईंको सामु ल्याएको थिएँ र यसले तपाईंलाई देखेर पनि फेरि फर्केर आएको थियो त्यति बेला पनि यसको कान र मुटु यससित थिएन। कान र मुटु यससित भएको भए यो फर्केर आउने नै थिएन। भनिएको पनि छ –
आगतश्च गतश्चैव दृष्ट्वा सिंह पराक्रम।
अकर्णहृदयो मूर्खो यो गत्वा पुनरागत :।।
एकचोटि आयो र सिंहको पराक्रम देखी फर्केर गयो। तैपनि कान र मुटुबाट शून्य यो मूर्ख फेरि फर्केर आयो र सिंहद्वारा मारियो।