आरके पटेल, वीरगंज, १४ असार/
वीरगंजको माईस्थानमा स्थिति नेपाल अलङकार ज्वेलर्समा आज बिहान करिब ११:४५ बजे अज्ञात समूहले लुटपाटको असफल प्रयास गरेको छ। ४/५ जनाको समूहमा रहेको उक्त लुटेराहरूले गहना किन्ने भन्दै सो पसलमा पुगी हतियार देखाएर तिजोरी खोल्न पसलधनीलाई धम्क्याएपछि पसलधनीले नमान्दा कञ्चटमा रिवाल्भर तेर्स्याइ रकम तथा गरगहना लुट्न थालेका थिए । सो लगत्तै प्रतिकारमा उत्रिएका पसलधनीमाथि लुटेराहरूले गोली प्रहार गर्न खोज्दा गोली नपड्किएपछि उनीहरू रित्तै भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
लुटेरासँग रहेको दुई थान ब्याग, एक थान रिवाल्भर सोमा लाग्ने गोली ६ राउन्ड तथा छुरा प्रहरीले घटनास्थलबाट बरामद गरेको छ। लुटेराहरूको खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक रवीन्द्र केसीले बताएका छन्। माईस्थानमा लगाइएको सीसीटीभी क्यामेराले लुटेराहरू भागिरहेको दृश्य खिंचेको र सो दृश्यको आधारमा पर्सा/बारामा तिनीहरूको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनाको विरोधमा सुनचाँदी व्यवसायीहरूले लुटेराहरूलाई पक्राउ गर्नुपर्ने माग गर्दै वीरगंजका सम्पूर्ण गहनापसलहरू बन्द गराएका थिए। सुनचाँदी व्यवसायी सङ्घ, पर्साका अध्यक्ष रत्न सर्राफको नेतृत्वमा गएको टोलीले पर्सा प्रहरी उपरीक्षक रमेश खरेललाई घटनाको जानकारी गराउँदै दोषीलाई कारबाईको माग गरेका छन्।