अधिवक्ता वीरेन्द्रप्रसाद यादव
प्रश्न:– म नेपाली नागरिक हुँ। सरकारी कार्यालयहरूबाट सूचना लिन चाहे भने पाइन्छ कि पाइँदैन ? पाइन्छ भने मैले के गर्नुपर्छ ? यसका प्रक्रियाहरू के के छन् ?
–विपिनकुमार, मलङगवा, सर्लाही
उत्तर:– विपिन जी, नेपालको प्रत्येक नागरिकले सरकारी कार्यालयहरूबाट सूचना लिन पाउने सूचनाको हकसम्बन्धी ऐन २०६४ ले प्रदान गरेको छ। तर केही विषयको सूचना प्रवाह नगर्न पनि सोही ऐनमा व्यवस्था गरिएको छ। सूचना प्रवाह गर्न नमिल्ने व्यवस्था भएको विषयबाहेक अरू विषयको सूचना कानुनबमोजिमको दस्तुर लिएर कार्यालयले दिनुपर्छ। नागरिकलाई सूचना दिन र सूचनामा पहुँच स्थापित गर्न प्रत्येक कार्यालयमा एकजना सूचना अधिकारीको पनि व्यवस्था गर्नुपर्ने कानुनले व्यवस्था गरेको छ। सूचना लिन चाहनेले सूचना अधिकारी समक्ष कारणसहित निवेदन दिनुपर्छ। निवेदन परेपछि तत्कालै दिन सक्ने सूचना छ भने सूचना अधिकारीले सूचना दिनुपर्छ। तत्कालै दिने अवस्था छैन भने पन्ध्र दिनभित्रमा सूचना उपलब्ध गराउनुपर्छ। सूचना अधिकारीले सूचना लुकाउने उद्देश्यले गलत सूचना दिएमा वा अधूरो सूचना दिएमा वा बदनियतपूर्वक सूचना नदिएको वा सूचना दिन अस्वीकार गरेमा कार्यालय प्रमुख समक्ष उजुर गर्न सकिने छ। कार्यालय प्रमुखले पनि सूचना उपलब्ध गराउन सक्छन्। जानीजानी सूचना अधिकारीले सूचना लुकाउने काम गरेको पुष्टि भएमा प्रचलित कानुनबमोजिम सूचना अधिकारीलाई विभागीय कारबाईको निम्ति पनि सिफारिस गर्न सक्छन्। कार्यालय प्रमुखले पनि सूचना नदिने निर्णय गरेमा निज उपर सूचना आयोगमा पनि पुनरावेदन गर्न सकिने प्रावधान छ।
प्रश्न:– बलात्कार र अप्राकृतिक मैथुन भनेको के हो ? समलिङगी बलात्कार र विपरीत लिङगी बलात्कारको दण्ड
सजाय एउटै हो कि फरक छ ? बताइदिए हुन्थ्यो ?
–गोविन्द, ठोरी, पर्सा
उत्तर:– गोविन्दजी, बलात्कारलाई कानुनी भाषामा जबरजस्ती करणी भनिन्छ। जबरजस्ती करणीको परिभाषा मुलुकी ऐनमा गरिएको छ। जबरजस्ती करणीको दण्ड सजायको सन्दर्भमा मुलुकी ऐन जबरजस्ती करणी महल व्यवस्था गरिएको छ। यो महलको १ नं.मा कुनै महिलाको मन्जुरी नलिई करणी गरेमा वा सोर्ह वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा जबरजस्ती करणी गरेको मानिन्छ। यो परिभाषा विपरीत लिङगीको बलात्कारको परिभाषा हो र यस्ता अपराधमा सोही महलको ३ नं. ३ क नं. अनुसार सजायको व्यवस्था छ। जसमा अधिकतम पन्ध्र वर्षसम्मको र त्यसमा पनि थप सजायको प्रावधान छ। सोही महलको ९ क मा कुनै नाबालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे गराएमा जबरजस्ती करणी गरेको मानी यसै महलको ३ नं. बमोजिम हुने सजायमा थप एक वर्ष कैद सजाय गरी मनासिब क्षतिपूर्तिसमेत भराइदिन पाउने व्यवस्था छ। अप्राकृतिक मैथुन भनेको चार किसिमका कार्यलाई मानिन्छ। १) पुरुष–पुरुषबीच प्राकृतिक नियमविरुद्ध लैङिगक मैथुन २) यौनतृप्तिको निम्ति महिला–महिलाबीच भग दलादल गर्नु ३) मानिसको मुखमा यौनक्रिया गर्नु ४) हस्तमैथुन जस्ता कार्यलाई समलिङगी करणी मानिएको छ। यस्ता अप्राकृतिक मैथुन गर्ने गराउनेलाई पशु करणीको ४ नं. बमोजिम एक वर्ष कैद वा पाँच हजारसम्म जरिवाना हुने प्रावधान छ। यसरी हेर्दा समलिङगी बलात्कार र विपरीत लिङगी बलात्कारको सजायमा फरक रहेको देखिन्छ।