आरके पटेल, वीरगंज, ११ असार/
मुर्ली यङग क्रिकेट क्लबको आयोजनामा शुक्रवारबाट वीरगंजमा प्रथम मधेसी शहीद डे–नाइट टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ। पहिलो खेलमा नयाँ टोल गोल्डेन क्लबले रानीघाट क्रिकेट क्लबलाई ९० रनले पराजित गरेको छ। वर्षाका कारण १५ ओवरमा सीमित गरिएको उक्त खेलमा नयाँ टोलले टस जिती पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १३९ रनको विशाल योगफल खडा गर्यो। जवाफमा रानीघाटले १४.२ ओभरमा सबै विकेट गुमाइ केवल ४९ रन बनाउन सक्यो। नयाँ टोलका रविन गुरुङ म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा युनाइटेड क्रिकेट एकेडेमी कलैयाले बौधीमाई युवा क्लब काठमाडौंलाई ५१ रनले पराजित गरेको छ। टस हारी कलैयाले पहिले ब्याटिङ गर्दै १२८ रन बनायो। जवाफमा काठमाडौंले १०.३ ओभरमा सबै विकेट गुमाइ ७७ रन मात्र बनाउन सक्यो। कलैयाका सुदीप चौधरी म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताको उद्घाटन मधेसी जन अधिकार फोरमका महासचिव एवं सभासद् आत्माराम साहले ब्याटिङ र भारतीय महावाणिज्य दूतावासका काउन्सलर एसडी मेहताले बलिङ गरी गरेका थिए।