किसान–किसानबीच कुनै कुरामा प्रतिस्पर्धा हुन्छ भने त्यो हो पानी। आपसी सम्बन्ध जतिसुकै राम्रो होस्, जग्गामा पानी चाहिने बेला भयो भने दुई संधियार किसानबीच हुने तानातान अन्त कतै हुँदैन। नेपालको साधन–स्रोतको सीमितताले गर्दा प्राप्त प्राकृतिक संसाधनको उपयोग नै गर्न सकेको छैन। त्यस्तोमा छिमेकी मुलुक भारत, जसलाई पानीको आवश्यकता पनि छ र पानी अन्तत: बगेर उसकै मुलुकमा जाने हो, सँग पानी–उपयोग–सम्झौता हुनु अनुचित पनि होइन। त्यसै सन्दर्भमा नेपाल–भारतबीच सम्झौता भई नारायणी नदीको पानीको सदुपयोग गर्ने रणनीति तयार भयो। माग्नेलाई तातो भात भनेजस्तै प्रविधि, पूँजी लगानी गरेको भारतले नारायणी नदीमा बाँध बाँधी पानी बाँडफाँड गर्दा आफूले तीन हजार क्युसेकभन्दा बढी पानी लिएर नेपाललाई ८५१ क्युसेक मात्र दिए पनि, त्यै पानी पनि समयमा पाउन नसक्नु नेपाली किसानहरूको पीडा हो। नीतिगत र प्राविधिकरूपमा गण्डक सम्झौता त्रुटिपूर्ण रहेकोले बर्सेनि भारत र नेपालका किसानबीच पानीको उपयोगबारे किचलो हुने गरेको छ।
गण्डक मूल नहरबाट नेपाललाई प्रदान गरिने पानी भारतीय भूभाग भएर आउँछ। पानीलाई दक्षिणबाट उत्तर बगाउने कोशिश गरियो, पहिलो त्रुटि। भारतीय भूभागको गण्डक नहर भारत सरकारको अधीन नभएर बिहार राज्यको अधीन छ, जसले गर्दा कुनै पनि किचलोको समाधान सरकार–सरकारबीच हुन सक्दैन, भारत सरकारको माध्यम भएर बिहार सरकारसँग कुरा गर्नुपर्ने हुन्छ, दोस्रो त्रुटि। बिहार सरकारमा व्याप्त नोकरशाहीले गर्दा वर्षौसम्म नहर मरम्मत कार्य अधूरो रहन्छ। जसले गर्दा नहरमा आउने थोरै पानीको लागि झमेला खडा हुन्छ र यस्तो अवस्थामा भनिरहनु पर्दैन ‘जिसकी लाठी उसकी भैंस’ हुन्छ नै। फेरि बिहार पुलिस होस् वा अहिले सीमामा बसेका बीएसएफका जवानहरू होऊन् उनीहरू जुनरूपमा भारतीय नागरिकको पक्ष लिएर नेपाली किसानलाई दबाउन खोज्छन् त्यसको समकक्षमा नेपाल प्रहरी नेपाली किसानको कुनै मदत गर्न सक्दैनन्। नेपालको सम्बद्ध सिंचाइ विभाग र प्रशासन पनि यस किचलोमा परेर नदुखेको टाउको डोरी बाँधेर किन दुखाउनु भन्ने मानसिकतामा बस्छन्।
तसर्थ सधैंको यस किचलोका लागि एउटा छुट्टै निकाय हुनु जरुरी छ, जसमा भारत र नेपाल (केन्द्र) र राज्य तीनै तहका जिम्मेवार र अधिकारसम्पन्न सरकारी अधिकारीहरू रहून् र उनको अधीन प्रशस्त कोष पनि रहोस्, जसले गर्दा नहर मरम्मत अथवा भौतिक संरचना कार्य युद्धस्तरमा हुन सकोस्। प्राय: किसानलाई पानी चाहिएको बेला दोन नहर (गण्डक बाँधबाट निस्केको मूल नहर) को कहिले एक्वेडक्ट बिग्रेको हुन्छ, कहिले साइफन भत्केको हुन्छ भने कहिले बाढीले नहरको किनार नै भत्काइदिएको हुन्छ। अनि लामो समयसम्म नहरमा पानी आउँदैन। समयमा प्राकृतिक पानी पाइरहँदा किसानलाई नहरको पानीको त्यति चासो पनि हुँदैन। पानीको पीडा किसानहरूलाई त्यसबेला असह्य हुन्छ जब खडेरी पर्दछ। आकासे पानीको भरमा कृषिकर्म गर्ने किसानहरूलाई अरू बेला पानीको कमी महसुस भए पनि खासै प्रयत्न गर्दैनन्। आकासे पानी नपर्दा, खडेरीका बेला नेपाली किसानले पानीको माग गर्नु भारतीय किसान र राज्य सरकारका निकायहरूलाई अनावश्यक झिंझो महसुस हुन्छ।