आरके पटेल, वीरगंज, १४ असार/
दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले हिजो शङकराचार्य गेटबाट भारतीय नागरिक केदारप्रसादलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
पर्सा जिल्ला विश्रामपुर–७ बाट केदारप्रसादको नाममा नागरिकता लिएका उनले केदार महतोको नामबाट बिहार, पूर्वी चम्पारण अरेराजबाट मतदाता परिचयपत्र, भारत सरकारको आयकर कार्डसमेत रहेको प्रहरीले जनाएको छ।
घटना विवरण अनुसार प्रहरीले चेकजाँच गर्दा उनीसँग ७१ हजार भारु, १४ वटा विभिन्न बैंकका एटीएम कार्डहरू र दुवै देशको नागरिक भएको प्रमाणपत्रसमेत प्रहरीले फेला पारेको छ । जालीनोटको कारोबार गर्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा राखेको छ। पक्राउ परेको नोट सक्कली नै रहेको तर दोहोरो नागरिकता रहेको प्रहरीले बताएको छ।
महतोसँग नेपाल एसबीआई बैंकको एटीएम कार्ड ५ थान, एभरेस्ट बैंकको एटीएम १ थान, सिद्धार्थ बैंकको एटीएम २ थान, ज्योति विकास बैंकको एटीएम ४ थान र क्यापिटल मर्चेन्ट बैंकको एटीएम कार्ड १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक मनोज लामाले जानकारी दिए ।