प्रस, वीरगंज, १५ असार/
बारा–पर्सा पेट्रोलियम डिलर एसोसिएसन सङ्घर्ष समितिले पेट्रोलियम पदार्थ
ढुवानी गर्न तयार रहेको जानकारी गराएको छ। नेपाल पेट्रोलियम ढुवानी
व्यवसायी सङ्घको आन्दोलनविरुद्ध उभिएका डिलर एसोसिएसन सङ्घर्ष समितिले
वीरगंजस्थित होटल सिजनमा आज पत्रकार सम्मेलनको आयोजना
गरी सो जानकारी गराएका हुन्।
खेतीपातीको समयमा पेट्रोलियम पदार्थको अभावले कृषकहरू मर्कामा परेको
उल्लेख गर्दै सहज लोडिङ एवं आपूर्तिको लागि सुरक्षा एकाइले शान्ति
सुरक्षाको व्यवस्था गरेमा एसोसिएसनका ट्याङकर पेट्रोलियम पदार्थ ढुवानी
गर्न तयार रहेको सङ्घर्ष समितिका संयोजक ब्रह्मदेव चौधरीले बताएका छन्।
नेपाल आयल निगमले बरौनी रूटका ६० वटा ट्याङकर रक्सौल रूटमा ल्याउने
निर्णय स्थगित गरेकोमा सो निर्णयविरुद्ध आन्दोलनमा उत्रेका नेपाल
पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले मङगलवारदेखि अमलेखगंज क्षेत्रीय
डिपोमा लोड–अनलोड ठप्प पारेका छन्।
महासङ्घ पक्षीय प्रदर्शनकारीहरूले एसोसिएसनको ट्याङकरमा समेत तोडफोड
गरेको एशोसियशनले आरोप लगाएको छ।
पत्रकार सम्मेलनमा सङ्घर्ष समितिका संयोजक चौधरी, सदस्यहरू
श्रीलालप्रसाद यादव, सकलदेव राउत कुर्मी, विनोद चौरसियाले
सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिएका थिए। कार्यक्रम रिपोटर्स क्लब
पर्साका अध्यक्ष कन्हैया गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो।