प्रस, वीरगंज, १२ असार/
सर्वोच्च अदालतको फैसला र संविधानको मर्मविपरीत तीन दलले संविधानसभाको म्याद बढाएको आरोप राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लगाएका छन्। वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले प्रजातन्त्रको सर्वोत्तम उपभोग निश्चित समयावधि पछि नयाँ चुनाव नै भएकोले संविधानसभाको थप गरिएको म्यादले प्रजातन्त्रलाई नै कमजोर पुर्याउने उनले स्पष्ट पारे। नेपालमा प्रतिबन्धित गौहत्या अहिले भइरहेको बताउँदै
उनले गौहत्या हिन्दू धर्मावलम्बीमाथिको प्रहार भएकोले सरकारले गौहत्यामा संलग्नलाई कारबाई गर्नुपर्ने
माग गरे।
राप्रपा नेपालले संविधानसभाको म्याद पटक–पटक थप्ने गरेको कार्यप्रति असहमति जनाउँदै थपेको समयको विरोधस्वरूप भत्ता नलिने निर्णय गरेको पनि अध्यक्ष थापाले पत्रकार सम्मेलनमा जानकारी दिए। थापाले ताजा जनादेशमा जानुपर्ने नेपाली जनताको माग रहेको कारण अविलम्ब देशमा चुनाव
गराउन आफ्नो पार्टीको मागसमेत रहेको बताए।
अध्यक्ष थापाले योजनाबद्धरूपमा देशी विदेशीहरूको दबाबमा धर्म परिवर्तन भइरहेको सन्दर्भ कोट्याउँदै उनले त्यसमा आदिवासी, जनजाति, दलित वर्गलाई विभिन्न बहानामा धर्म परिवर्तन गराउँदै गरेको काम तुरून्त रोक्न सरकारसँग माग गरे। हिन्दूहरूको सङ्ख्या कम देखाउने उद्देश्यले हालै नेपालमा भइरहेको जनगणनामा त्यस्तैखाले फाराम बनाइ सङगलन गराइरहेको कारण त्यसबाट उत्पन्न परिस्थितिको लागि सरकार नै जिम्मेवार हुनुपर्ने बताए। संविधानसभामा बजेट ल्याउने बेलामा गतवर्ष माओवादीले ब्रिफकेस फोड्ने एवं अर्थमन्त्रीमाथि नै हातपात गर्ने कार्य गर्दासमेत मार्सल नलगाउने तर साना दलले आफ्नो हकअधिकारका लागि संविधानसभामा विरोध गर्दा मार्सल लगाइ सभासद्हरूलाई
सुनियोजित तरिकाले निलम्बन गर्ने कार्य ठूलालाई चैन र सानालाई ऐन चरितार्थ भएको उनले बताए। पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य राजीव पराजुली पनि थिए।