संविधानको माग गर्दै नेकपा माओवादी (मातृका समूह) ले मङगलवार गरेको नेपाल बन्दको क्रममा यस क्षेत्रमा कहीं पनि टायर बालिएन। यद्यपि बन्द त्यति सफल थिएन, तर बन्द गर्नका लागि बल प्रयोग भएको पनि देखिएन। सूचनाको भरमा बन्द अपेक्षाकृत सफल भएको कुरालाई सो पार्टीले बन्दलाई सकभर जनतालाई सास्ती नदिने खालको बनाएकोले हुन सक्दछ। साना सवारी साधनहरू चलिरहेका थिए। हुनत विद्यालय–कलेजहरू बन्द रहे। विद्यार्थीहरूको अध्ययनमा व्यवधान पर्यो। गरिखानेहरूको प्रत्यक्ष संलग्नता रहेको यातायात क्षेत्र बन्द हुँदा निमुखा, सर्वहाराले सास्ती पाए। यात्रामा निस्किसकेका मानिसले हण्डर खाए। बन्दलाई जतिसुकै शालीन र शान्त बनाउन खोजेपनि अन्यत्र मोटरसाइकलहरू जलाइएका, वीरगंज क्षेत्रमा ट्रकहरूमा पेट्रोल बम विस्फोटन गराइएका घटनाहरू देखा परे। भोग्नेका लागि सानो पीडा पनि असहय हुन्छ। यात्रामा निस्केका व्यक्तिका लागि समय र पैसाको अतीव महत्त्व हुन्छ। पैसाको त तत्विशेष, समयमा गन्तव्यमा पुग्न नसक्दा कति अपरिहार्य कर्तव्य पालनबाट वञ्चित हुनुपर्छ, त्यस कुराको बोध भुक्तभोगीलाई मात्र हुन्छ।
बन्द कदापि उचित होइन, यदि सकारात्मक समाज परिवर्तनका लागि, आर्थिक संचरना परिवर्तनका लागि, सांस्कृतिक परिवर्तनका लागि गरिएको होइन भने। नेपाल बन्द गरेर संविधान निर्माण हुन सक्दैन भन्ने कुरा नेकपा माओवादीलाई राम्ररी थाहा छ। तर जनताले उत्कटतापूर्वक प्रतीक्षा गरेको मुद्दालाई निहु बनाएर बन्द आयोजन गर्दा प्रत्यक्षरूपमा बन्द सफल हुन्छ र अप्रत्यक्षरूपमा बन्द आयोजक राजनीतिक दललाई फाइदा पुग्छ। राजनीतिक दलहरू अप्रत्यक्ष लाभका लागि जनतालाई सास्ती दिने कार्य गर्दछन्। त्यसैले यस्तो खाले बन्द जहाँ जनता, उद्योगपति, सामान्य व्यवसायी, निमुखा पेशाकर्मीलगायत समस्त गरिखाने वर्गलाई सास्ती हुन्छ कसैले पनि नगरोस् भन्ने नागरिक समाजको चाहना हो। जसरी नेकपा माओवादीले यस बन्दमा टायर बाल्नेजस्तो असभ्य काम गरेन, त्यसैगरी बन्दको शैली परिवर्तन गरी सामान्य जनतालाई सास्ती नहुने तर दबाब पर्ने ठाउँलाई सास्ती हुने खालको कार्यक्रमहरू प्रस्तुत गर्न सके सहीरूपमा नेपालका राजनीतिक दलहरू नेपाली जनताका शुभचिन्तक हुन्, जनताको सुख–दु:खमा सरोकार राख्दछन् भन्ने प्रमाणित हुने थियो।
टायर बाल्ने प्रचलन जसरी नेपालका सामान्य बन्दसमेतमा देखिको छ, त्यसले नागरिक स्वास्थ्यमा मात्र होइन, समस्त पृथ्वीको तापक्रममा प्रतिकूल असर पुर्याएको छ। एकपटक संस्थापन माओवादीले पनि टायर नबालेर एउटा बन्द आयोजन गरेको थियो। यसै स्तम्भमा उक्त कार्यको प्रशंसा गरिएको थियो। तर पछिका बन्दहरूमा उनीहरूले त्यस शैलीलाई निरन्तरता दिन सकेनन्। टायर बाल्नुको लाभ बन्द आयोजकहरूले के देखेका छन् भने कुनै पनि बेला सुटुक्क गएर सडकबीच टायर बालिदिए बन्द सफल हुन्छ। त्यसपछि कुनै मेहनत गर्नुपर्दैन। आफसेआफ बन्द सफल हुन्छ। कतिपटक त के देखियो भने सडकमा टायर बलिरहेको छ, गाडीहरूको मिलौं लाम लागेको छ। कोही अघि सर्दैन, यो बन्द कसले गरेको हो, किन गरेको हो सोध्न। जवाफ दिने मानिस पनि कोही हुँदैन। बलिरहेको टायर पन्छाएर गाडीहरू गुड्ने हो भने रोक्ने कोही हुँदैन, तापनि बन्द सफल हुन्छ। के यही संस्कारके बलमा हामीले राजसंस्थाजस्तो सशक्त संस्था फालेका थियौं ?