व्यक्तित्व विकासका लागि खेल अपरिहार्य– वाणिज्यदूत अग्रवाल
आरके पटेल, वीरगंज,१६ जेठ/
क्षेत्रस्तरीय भलिबल तथा एथलेटिक्स प्रतियोगिता आजदेखि
वीरगंज नारायणी रङगशालामा सुरु भयो।
प्रतियोगिताको उद्घाटन गर्दै भारतीय महावाणिज्यदूत आशुतोष अग्रवालले व्यक्तित्व विकासका लागि खेल अपरिहार्य भएको बताए। नागरिकको सर्वाङगीण विकास भएमा देश आफैं विकसित हुन्छ–महावाणिज्यदूत अग्रवलको कथन थियो। समुद्घाटन समारोहमा प्रशिक्षकलाई बल हस्तान्तरण गरी महावाणिज्यदूत अग्रवालले खेलको
शुभारम्भ गरेका थिए।
प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा विशिष्ट अतिथि रहेको उद्घाटन समारोहमा स्थानीय विकास अधिकारी विश्वराज डोटेल, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष मानदेव हजरा, सदस्य देवानन्द यादव, समाजसेवी पशुपति विक्रम शाह, तारा शम्शेर राणा, भारतीय वाणिज्य दूतावासका कन्सुलर पिडी देशपाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए। तीन दिनसम्म चल्ने भलिबल प्रतियोगितामा मध्यमाञ्चलका १० जिल्लाका २४० जना छात्रछात्राले सहभागिता जनाउने आयोजक संस्था मध्यमाञ्चल खेलकुद विकास समितिले जनाएको छ।