बैद्यनाथ ठाकुर
पहाडे समाजमा प्रचलित उखान छ–‘बोकाको मुखमा कुभिन्डो’। बोका भनेपछि नसुमरेको भाले बाख्रो अर्थात् भाले पाठो बुझिन्छ। कुभिन्डो भनेपछि लहरेबोटमा फल्ने अचार तरकारी, मिठाई आदि बनाइने एक खालको फल भन्ने बुझिन्छ। बोकाको मुखमा कुभिन्डो हालिदिएपछि न उसले टोक्न सक्छ न बोक्न नै सक्छ। खाने कुरो मुखमैं भएर पनि के गर्नु ? खान सके पो त ? यतिखेर शान्ति र संविधान सम्पूर्ण राजनीतिक दलहरूका लागि बोकाको मुखमा कुभिन्डोजस्तै हुन पुगेको छ।
नयाँ नेपाल नयाँ संविधान अग्रगमनका पक्षधरहरूलाई मात्र चाहिएको छ, जसले देशमा परिवर्तन चाहन्छ। त्यो पनि केवल परिवर्तनको लागि परिवर्तन होइन, वास्तविक अर्थमा परिवर्तन चाहन्छ तिनीहरूले मुलुकको अति नै जटिल र तरल अवस्थालाई बुझ्न सक्नुपर्दछ। नेपालको इतिहासमैं यस्तो जटिल अवस्थामा कहिले पनि नेपाली समाज पुगेको थिएन। अझै पनि परिवर्तन नचाहने यथास्थितिलाई नै परिवर्तनको नयाँ लुगा लगाइदिएर जनतालाई झुक्याउने कसरतमा लागेको सम्पूर्ण संसद्वादी दलहरूको चरित्र जनतासामु उदाङगो भइसकेको छ। सिद्धान्त बोक्दैमा र नामाकरण गर्दै वास्तविक चिजको प्रतिनिधित्व गरेको दाबी गर्न सकिंदैन। आँखै नभएको अन्धोहरूको नाउँ नयनसुख, दुई छाक टार्न धौ–धौ हुनेको नाउँ सुखराम तथा जँड्याहा–लम्पटको नाउँ ‘संस्कार’ राख्ने बित्तिकै गुणवत्तामा फरक देख्न सकिंदैन। त्यसैले त आजीवन कम्युनिस्टहरूको खोइरो खन्ने नेपाली काङ्ग्रेस आफ्नो मूल सिद्धान्तमा प्रजातान्त्रिक समाजवाद लेखेपनि व्यवहार जनताविरोधी, प्रजातन्त्रविरोधी तथा समाजविरोधी नै देखिएको कुरो कोबाट लुकेको छ र ? नेपाली काङ्ग्रेसकै कारण नेपालमा २००७ सालदेखि २०६३ सालसम्म शाही राजतन्त्र तथा सामन्ती व्यवस्था चल्दै आएको कुरो बुझ्न अब पनि केही बाँकी छ र ? नेकपा एमालेमा सैद्धान्तिक विचलन आउन थालेपछि दक्षिणपन्थी धार हावी हुन थालेपछि पार्टीभित्र वर्चस्व बढ्दै गएको, सामन्तवादी तथा निम्न पूँजीवादी अवसरवादी चरित्रलाई बुझेर एकातिर इतिहास बोकेका नेता, कार्यकर्ता निराश भएर पार्टी कार्यालय मदननगर बल्खुमैं पासो लगाएर आत्महत्या गर्न विवश भए भने अर्कोतिर ठूलो सङ्ख्यामा पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरे। झलनाथ खनाललाई गालामा थप्पड हान्ने व्यक्ति पक्कै पनि बहुला थिएन। एमालेको असली चरित्र बुझेरै उसले सच्चिन्छ कि भनेर झापड दिएको होइन र ?
जनताको सम्पूर्ण भरोसा माओवादी पार्टीमाथि नै हिजो पनि थियो र आज पनि छ। तर माओवादीभित्र पनि प्रवेश गरेको खाओवादीहरूको व्यवहारबाट जनतामा निराशा उत्पन्न हुनुलाई अस्वाभाविक मान्नुहुँदैन। माओवादीहरू आफूभित्रको खाओवादीहरूलाई किनारा लगाउन नसक्ने अवस्थामा पुगिसकेको हो कि भन्ने भान उनीहरूको व्यवहारबाट भइरहेको छ। पार्टीभित्रको चरम गुटबन्दी, आर्थिक भ्रष्टाचार, तथा अराजक शैलीले पार्टी र क्रान्ति दुवै कतै विघटन त हुने होइन भन्ने चिन्ता आम कार्यकर्तामा लाग्नु पनि स्वाभाविक हो।
एउटा कम्युनिस्ट पार्टी जोसँग माक्र्सवाद लेनिनवाद तथा माओवादी विचार छ, आफ्नै सेना छ र क्रान्तिको लागि आत्मगत तथा वस्तुगतरूपमा सम्पूर्ण अवस्थाहरू परिपक्व हुँदै गइरहेको छ तर पनि क्रान्ति हुन सक्दैन भने वास्तवमा क्रान्ति कहिले हुने त ? अति नै जटिल अवस्थाको सङ्क्रमणकालमा रहेको नेपाली युगान्तकारी परिवर्तनको नेतृत्व माओवादीहरूले गरेर अझै पनि सही निकास खोज्न सक्दैन भने अबको परिवर्तनको आश नेपाली जनताले कसबाट गर्ने त ?
संविधानसभाको माग तथा नयाँ नेपालको नारा माओवादीहरूकै हो। यतिखेर शान्ति र संविधान धरापमा पर्ने सम्भावना बढेर गएको छ। भारतीय हस्तक्षेप सदाको भन्दा बढी नाङगोरूपमा भइरहेको तथा देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूसमेत नेपालीहरूको परिवर्तनको इच्छाविपरीत अनेकौं षड्यन्त्रमा आफूहरूलाई तल्लीन गराइरहेको बेला क्रान्तिकारी देशभक्त, अग्रगमनका पक्षधरहरूबीच राष्ट्रिय मोर्चा बन्ने कि नबन्ने ? संविधानसभाबाट पुरानो संविधानलाई जारी गर्न खोज्ने संसद्वादी, यथास्थिति तथा प्रतिगामीहरूको इच्छा पूरा नहुने अवस्था उत्पन्न भइसकेको हुनाले यतिखेर उनीहरू संविधानसभा विघटन गरी राष्ट्रपति शासनमार्फत् आफ्नो अभीष्ट पूरा गर्ने सपना देखिरहेका छन्। जेठ १४ आउन अब जम्माजम्मी चौंतीस दिनमात्र बाँकी छ। पुरानो संविधानलाई नयाँ रूप दिएर जारी गर्न दक्षिणपन्थी सफल हुने अवस्था नभएको हुनाले वास्तवमा संविधानसभा उनीहरूको लागि बोकाको मुखमा कुभिन्डो हुन पुगेको छ। नयाँ संविधान अर्थात् जनताको इच्छा प्रतिविम्बित गर्ने जनसंविधान पनि जारी गर्न सक्ने अनुकूलता देशमा देखिइरहेको छैन। यस्तो जटिल अवस्थामा प्रतिकूलताको नारामुनि सारतत्त्वमा प्रतिगामीरूपमा अन्तर्गामी संविधान निर्माण गर्ने तहसम्म यदि ए. माओवादी हालसम्मको उपलब्धि रक्षा गर्ने नाउँमा क्रियाशील हुन्छ भने एक दशक युद्ध लडेका माओवादीहरूले आफूलाई एमालेकरण हुनबाट जोगाएको कसरी ठहरिन्छ ?
तत्काल जनविद्रोहको कार्यदिशा कार्यान्वयन गर्ने अवस्था नभएको हुनाले शान्ति र संविधानको प्रक्रिया निष्कर्षमा पुर्याउने नाउँमा आफूसँग भएको जनसेना समायोजन गरेर विघटन गर्ने अनि बुर्जुवा गणतन्त्रमा भारतीय कम्युनिस्ट पार्टी मालेजस्तै रमाउने हो भने जनविद्रोहबाट सत्ता कब्जा गर्ने नीति गलत हो, यसरी सत्ता प्राप्त हुन सक्दैन, बरु आवधिक निर्वाचनबाट जनताको मन जितेर सरकारमा जाने अनि सत्ता कब्जा गर्नेजस्ता मदन भण्डारीको दक्षिणपन्थी बहुदलीय जनवादसँग आत्मसमर्पण गरे भइहाल्यो नि १
क्रान्तिकारीहरूको लागि जहिले पनि प्रतिकूलता नै अनुकूलता रहँदै आएको छ। रूसको अक्टुबर क्रान्ति होस् वा चीनको लामो अभियान। कतै पनि अनुकूलता कम, प्रतिकूलता बढी थियो। यसर्थ गम्भीर, जटिल तथा सङ्क्रमणकालको अति विशिष्ट पेचिलो अवस्थामा क्रान्तिको लागि जसले सही बाटो पहिल्याउन सक्छ, यस्तो गम्भीर चुनौतीले भरिपूर्ण अवस्थामा जसले अग्रगामी निकास निकाल्न सक्छ वास्तवमा भोलिको युगपुरुष पनि उही हुनेछ र क्रान्ति पनि उसैले सम्पन्न गर्नेछ। शान्त नदीमा नाव (डुङगा, पानीजहाज) लाई लक्ष्यमा पुर्याउने बहादुर हुँदैन, तुफानी ज्वारभाटासँग पैंठेजोरी खेल्दै खतरनाक समुद्रमा लक्ष्यसम्म पुग्ने कप्तान नै बहादुरीको पात्र हुन्छ।