प्रस, पर्सा, ८ वैशाख/
स्थानीय प्रशासनले केही व्यक्तिहरूलाई उपलब्ध गराएको प्रहरी गार्ड (पी.एस.ओ) फर्काउने भएको छ।
विगतका दिनमा असुरक्षाको कारण देखाई माग भएबमोजिम प्रशासनले उपलब्ध गराएको गार्ड सुरक्षाभन्दा घरेलु कामदारको रूपमा प्रयोग हुन थालेपछि गृहको आदेशमा फर्काउने तयारी सुरु गरेको एक अधिकारीले बताए।
कतिपय उद्योगी, व्यापारी, सङ्घ संस्थाका पदाधिकारी, सरकारी कर्मचारी तथा राजनीतिक कार्यकर्ताले रहरले पनि गार्ड लिई समाजमा रवाफ देखाउने गर्दै आएका थिए भने यसरी प्रयोग गरिएका सुरक्षा गार्डहरू अघोषितरूपमा घरेलु कामदारको काममा परिचालित भइरहेका थिए। असुरक्षाको कारण देखाएर सुरक्षाकर्मी लिएकाहरूले सुरक्षाकर्मीबाट बजार गराउने, लुगाधुने, खाना पकाउने, भाँडा माझ्ने तथा सवारी चालकको रूपमा प्रयोग गरी सुविधाको दुरुपयोग गरेको विषयमा प्रहरी सङगठनभित्र व्यापक असन्तुष्टि देखिएको छ।
हाकिमले खटाएपछि कसरी काम नगर्ने, गर्दा प्रतिष्ठाविपरीत हुने भएपनि सुरक्षागार्ड चुप बस्न बाध्य छन्। वीरगंजमा विगत तीन वर्षदेखि ५० जनाभन्दा बढीले कानुनविपरीत गार्डको सुरक्षा लिएका छन्। कानुनत: प्रमुख जिल्ला अधिकारी तथा जिल्लामा आएको बेला सभासद्लाई गार्ड उपलब्ध गराउने व्यवस्था भएपनि जथाभावी गार्ड उपलब्ध गराइएको विषयमा गृहले आपत्ति जनाएपछि फिर्ता गर्ने तयारी सुरु भएको हो। एक सुरक्षा अधिकारीले गृहबाट कडा निर्देशन भएको बताए। वीरगंजमा अहिले सशस्त्र भूमिगत र भारतीय अपराधीहरूको कारण विभिन्न मानिसले सुरक्षा गार्ड लिएका छन्। पदीय जिम्मेवारीमा रहँदा लिएको सुरक्षा गार्ड अहिलेसम्म आफैंसँग राखेर सरकारको तलबमा आफ्नो सुरक्षा गर्दै आएकाहरूको सङ्ख्या पनि थुपै्र छ। जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा प्राप्त व्यक्तिहरूको सूची हेर्ने हो भने हैसियत र गरिमा नभएका व्यक्तिले पनि सुरक्षा लिएको देख्न सकिन्छ। प्रहरी–प्रशासनबाट सुरक्षाका लागि गार्ड लिएकाहरू वीरगंजको गीता मन्दिर रोडमा रहेको सेकुवा कर्नर र मकालु अनि दियालो होटलमा सुरक्षा गार्डलाई बाहिर राखेर मस्तीले अबेर रातिसम्म मदिरा सेवन गरिरहेका भेटिन्छन्।
यसबारे पर्साका प्रजिअ नागेन्द्र झासँग बुझ्दा उनले धेरै गुनासो आएको कारण सुरक्षाको अवस्था हेरी सुरक्षागार्ड फर्काउन लागेको बताए।