ई. गोपाल श्रेष्ठ
कुनै पनि व्यवसाय सञ्चालनमा मानव संसाधन व्यवस्थापनको अग्रणी भूमिका रहन्छ। कारण स्पष्ट छ–सबै मेशिन, उपकरण, प्रणाली, नीति नियम, कार्यविधि आदि दुरुस्त भए तापनि त्यसलाई सञ्चालन गर्ने मानव संसाधन कमजोर भयो भने ती सबै चीज व्यर्थ रहन्छ। मानव संसाधनको यति गहन भूमिका हुँदाहुँदै पनि हामी कर्मचारी भर्ना गर्दा जति होशियार हुनुपर्ने हो त्यति हुँदैनौं। कर्मचारी भर्ना गरिसकेपछि कर्मचारीले सन्तोषजनक परिणाम दिएन भने हामी त्यति सजिलै उसको सेवा रद्द गर्न पनि सक्दैनौं। झन् स्थायी नियुक्ति दिएपछि सेवाबाट हटाउने कुराको त हामी कल्पनासम्म गर्न सक्दैनौं। अर्थात् ऊ सेवानिवृत्त नहुन्जेल ऋणभार भइरहन्छ। यस्तो ऋणभार थपिंदै गयो भने कुनै पनि व्यवसाय अन्ततोगत्वा लोप हुन्छ।
कर्मचारी भर्ना गर्दा केवल उसको शैक्षिक योग्यता तथा सीपलाई मात्र ध्यान दिने हाम्रो चलन छ। यसमा सुधार गर्नु अति आवश्यक छ। कारण ऊ पढाइमा, सीपमा जतिसुकै सक्षम भए पनि आचरण, अनुशासन, इमान्दारिता, मिलनसारिता आदि मानवीय गुणमा कमजोर भयो भने भर्नाको लागि ऊ अनुपयुक्त नै ठहरिन्छ। सीप कम भयो भने तालिम दिएर सीप अभिवृद्धि गर्न सकिन्छ। शिक्षा कम भयो भने पनि थप शिक्षा लिन अभिप्रेरित गर्न सकिन्छ। तर उपरोक्त मानवीय गुणमा नै खोट देखियो भने यस्तो खोट हटाउन गार्हो नै पर्छ। मानवीय गुण भनेको ऊ हुर्केको परिवेश, सामाजिक वातावरण, स्कूल/कलेजको वातावरण आदिले प्रदान गर्ने हो। जुन बालबालिका अस्वस्थ वातावरणमा हुर्केका हुन्छन् उनीहरू वयस्क भएपछि समाजलाई बलभन्दा पनि भार नै हुन पुग्छन्। यस्तालाई केवल शिक्षा तथा सीपको आधारमा मात्र भर्ना गरियो भने परिणाम दु:खदायी नै हुन्छ।
भर्ना गरिसकेपछि कर्मचारीको काम गर्ने जोश, जाँगरमा अभिवृद्धि गर्न अति आवश्यक छ। मनै त हो, जाँगर चल्यो भने कर्मचारीहरूले चमत्कारी ढङगले काम गरी असोचनीय परिणाम दिन्छन् भने हताश अवस्थामा मुश्किलले काम गर्छन् र ऋणात्मक नै परिणाम दिए पनि अचम्म मान्नुपर्ने अवस्था हुँदैन। कर्मचारीलाई काममा समर्पित गर्नु/गराउनु नै मानव संसाधन व्यवस्थापनको प्रमुख चुनौती हो। यो काम त्यति सरल छैन। त्यसको लागि मानवीय संवेदनाको ज्ञान अपरिहार्य हुन जान्छ। उसको व्यक्तिगत समस्या हुन्छ, पारिवारिक समस्या हुन्छ, जागिरमा अघि बढ्ने इच्छा आकाङ्क्षा हुन्छ। साथै उसले पाउने तलब सुविधा, उसको प्रतिभाको कदर, उसलाई काम देखाउने अवसर, उसको दक्षता अभिवृद्धिको अवसर आदि कुराले पनि उसको काम प्रतिको जोश, जाँगर र हौसलालाई प्रभाव पारेको हुन्छ। मानव भएको नाताले कर्मचारीहरू कहिले प्रशंसाको भोको हुन्छ भने कहिले दया, माया प्राप्त गर्नका लागि लालायित भएको हुन्छ। कर्मचारीको यी सबै अदृश्य पक्षलाई व्यवस्थित ढङगले सम्बोधन गर्दै गइयो भने मानव संसाधन व्यवस्थापन बलियो हुँदै जान्छ। परम्परागत सोच राखी करकापको भरमा मात्र काम गर्नु/गराउनु वर्तमान परिप्रेक्ष्यमा व्यवसायिकता ठहर्दैन र यसले सोचेको परिणाम पनि ल्याउँदैन।
मानव संसाधन व्यवस्थापन बलियो हुँदै गयो भने आफू कार्यरत व्यावसायिक प्रतिष्ठानलाई कसरी ठोस योगदान दिने भन्ने भित्री इच्छा आफैं जागेर आउँछ। सबै कर्मचारीहरूबाट यस्तो सकारात्मक सन्देश प्रवाह भयो भने त कुनै पनि व्यवसाय मानव संसाधनको कारणले सुदृढ हुन जान्छ। तर यस्तो परिस्थितीको सृजना स्वत: हुँदैन। यसको लागि दक्ष व्यावसायिक व्यवस्थापनको अति खाचो पर्दछ। यस्तो व्यवस्थापनबाट मात्र केही आशा गर्न सकिन्छ। सबै कर्मचारीहरूको भित्री मन बुझी, उनीहरूको दक्षताको कदर गरी, उनीहरूमा परिणाममूलक काम गर्ने सोचको विकास गर्नु आजको समयको माग हो। सुखी कर्मचारीहरू नै उत्पादनमूलक कर्मचारी हुन्। के गर्दा उनीहरू खुशी र सुखी हुन्छन् ? यो प्रश्नलाई केन्द्रबिन्दु बनाई कर्मचारीहरूलाई उत्पादनमूलक बनाऔं र मानव संशाधन व्यवस्थापनलाई अन्य व्यवस्थापनको पक्षभन्दा बलियो बनाऔं।