प्रस, पर्सा, ११ वैशाख/
नेपाली काङ्ग्रेसका नेता अमरेश सिंहले काङ्ग्रेसलाई सरकारभन्दा संविधान निर्माण महत्त्वपूर्ण रहेको बताएका छन्। लोकतन्त्र रक्षाका लागि काङ्ग्रेसले जेठ १४ सम्म यही संविधान सभाबाट संविधान बनोस् भनेर प्रयास गर्ने र सो हुन नसके निर्वाचनमा जाने बाहेक विकल्प नरहेको उनको भनाइ थियो।
वीरगंज होटल मकालुमा प्रेस युनियन पर्साद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दैै सिंहले सो कुरा बताएका हुन्। वर्तमान संविधानसभाबाट संविधान निर्माणको सम्भावना देखिए थोरै समय थप गरेर जनताले दिएको जिम्मेवारी पूरा गर्न सकिने बताउँदै नेता सिंहले भने– संविधान निर्माण र शान्ति प्रक्रिया टुङगोमा पुर्याउने बहानामा आशाको भरमा म्याद थप्नुको औचित्य छैन।
समग्र समस्या समाधानको बाधक माओवादी रहेको आरोप लगाउँदै सिंहले भने– जब–जब माओवादी मिलेर गएको छ जितेको छ, र जब–जब जित्न खोजेको छ, हारेको छ।
नेपाली काङ्ग्रेसले जनतामा जागरण अभियान सञ्चालन गर्न लागेको र आफू सोही कार्यक्रमको तयारीको क्रममा यहाँ आएको बताउँदै सिंहले जनता नै लोकतन्त्रमा सर्वोच्च हुने भएकोले राजनीतिक दलले चुनावमार्फत् जनतामा आफ्नो मूल्याङकन गराउन पछि हट्न नहुने बताए।