आरके पटेल, ९, वैशाख/
रक्सौल– वीरगंज जाँच चौकी र वीरगंज–ठोरी हुलाकी सडकको भारतका विदेशमन्त्री एसएम कृष्णाले आज शिलान्यास गरेका छन्। मित्रराष्ट्र भारत सरकारको सहयोगमा निर्माणाधीन उक्त महत्त्वाकाङ्क्षी परियोजनाको सिर्सिया ड्राइपोर्ट नजिक आयोजित विशेष समारोहमा विदेशमन्त्री कृष्णाले एकैसाथ उद्घाटन गरेका हुन्।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका मुख्य अतिथि कृष्णाले भारतले नेपाललाई खुला दिलले सहयोग गरेको बताएका छन्। भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत नेपाल र नेपाली जनताको आवश्यकताअनुसार यस प्रकारका परियोजनाहरू अझै पनि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री कृष्णाले अत्याधुनिक भन्सार जाँच चौकी र तराई रोड प्रोजेक्टले मुलुकको आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
सोही समारोहलाई सम्बोधन गर्दै श्रम तथा यातायात र भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले भारतीय सहयोगप्रति भारत सरकारलाई धन्यवाद ज्ञापन गरे।
मित्रराष्ट्र भारतको सहयोग तथा सहयोगमा निर्माण हुने परियोजनाहरू जतिसक्दो छिटो सम्पन्न गरेर त्यसबाट फाइदा लिनु नेपाली जनता तत्पर हुनुपर्ने बताउँदै मन्त्री रायमाझीले सडक निर्माणको क्रममा गरिने जग्गा अधिग्रहणलगायत विषयमा हुने वादविवाद तथा असन्तुष्टिलाई स्थानीय बुद्धिजीवी, भद्र–भलाद्मी बसेर समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
भारत सरकारको सहयोगमा नेपाल–भारत सीमामा निर्माण हुने चारवटा अति आधुनिक जाँच चौकी भन्सार बिन्दुमध्ये पहिलो चरणमा रक्सौल–वीरगंज जाँच चौकी निर्माण हुन लागेको हो।
त्यसैगरी भारत–रक्सौलकै आर्थिक सहयोगमा सञ्चालन हुने तराई रोड परियोजना अन्तर्गत ५३ किलो मिटरको वीरगंज–ठोरी हुलाकी सडक निर्माण हुन लागेको हो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई क्षेत्रको विभिन्न स्थानमा निर्माण हुने सडकको कुल लम्बाइ १४२० कि.मि. रहेको छ। विभिन्न चरणमा निर्माण गरिने रोडहरू मध्ये वीरगंज ठोरी (५२.९ कि.मि.) सडक पहिलो चरणमा निर्माण हुने भएको हो ।
पहिलो चरणमा बाराको तामागढी–सिम्रौनगढ सडक, कलैया र कलैया–मटिअर्वा रोड पनि निर्माण गरिने कार्यक्रममा जानकारी गराइयो।
शिलान्यास कार्यक्रममा नेपालका तर्फबाट भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्ण कडरिया, परराष्ट्र सचिव मदन भट्टराई, वाणिज्य तथा आपूर्ति डिभिजन सचिव कमलराज पाण्डे, पर्साका प्रजिअ नागेन्द्र झा, प्रनामनि गङगा पाण्डे, सप्रनामनि ऋषभदेव भट्टराई, लेफ्टिनेन्ट कर्नल मीनबहादुर थापा, भारतको तर्फबाट विदेश सचिव अनुपमा राव, राजदूत राकेश सुद, महावाणिज्यदूत आशुतोष अग्रवाल उपस्थित थिए।