ब्रह्माकुमार तुलसी उप्रेती
मानव जीवनको सुरुवात नै मर्यादाको स्थानबाट भएको हुनुपर्छ किनकि संसारको सबै क्रियाकलाप मर्यादाभित्र रहेर नै सञ्चालन भएको पाइन्छ। प्रकृतिमा देखिने सबै प्रकारका कुराहरू मर्यादा अनुकूल चलिरहेका छन्। कहिलेकाहीँ प्रकृतिमा पनि मर्यादा तलमाथि भइदिनाले पृथ्वीको सतहमा भयानक उथलपुथल आउँछ। अनेक जीवात्माहरूले जीवन गुमाउनुपर्दछ। त्यतिबेला सबैले भन्ने गर्दछन्, यो दैवी प्रकोप कसैको हातमा छैन, त्यतिकैमा मन बुझाउनुपर्ने हुन्छ।
अर्कोतर्फ जीवात्मा जगत्मा सबैभन्दा चेतनशील प्राणी मानिस नै कहलाउँछ। मानिसमा मर्यादाको त्यत्तिकै महत्त्व छ। जुनबेला मानव सृष्टिको सुरुवात थियो, त्यस समयलाई सत्ययुग भनिन्छ। त्यस समयमा सबै क्षेत्रमा सबै प्रकारको मर्यादाले सम्पन्न युग कहलाइन्थ्यो। त्यतिखेरका मानवलाई देवीदेवताहरू भनिन्थ्यो। अर्थात् मर्यादा पुरुषोत्तम श्री लक्ष्मीनारायणको राज्य थियो। त्रेतायुगसम्ममा पनि मर्यादा पुरुषोत्तम श्रीराम भनेर रामकहानी सुन्ने सुनाइने गरिन्छ। सम्पूर्ण मर्यादाले सम्पन्न चालचलन व्यवहार हुने भएकोले त्यो समयलाई सुख–शान्तिले भरपूर दुनियाँ स्वर्ग भनिन्थ्यो। जसको गायन हाम्रो पौराणिक धर्मग्रन्थमा केही हदसम्म पाइन्छ। अब कुरा आउँछ आज समयले कोल्टो फेरिसकेको छ। हरेक क्षेत्रमा मर्यादाले सम्पन्न दुनियाँ मर्यादाविपरीत भइसकेको छ। कलियुग कलहको युग भइसकेको छ। मानिसले व्यक्तिगत, पारिवारिक, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा हुनुपर्ने सबै प्रकारका मर्यादाहरूलाई धेरै प्रतिशत गुमाइसकेका छन्। जसको कारणले सबै प्रकारको समस्याहरू जीवनमा मानिसले भोग्नुपरिरहेको छ। सचेत प्राणी मानिसको सम्पूर्ण मर्यादाले अन्य सबै प्राणीहरूमा र प्रकृतिमा पनि प्रभाव पार्दछ। जुन बेला मर्यादा पुरुषोत्तम देवीदेवताहरूको राज्य थियो। त्यसबेला प्रकृति पनि मर्यादित, सुखदायी र अन्य प्राणीहरू पनि मर्यादित, सुखदायी थिए। तर आज न त प्रकृतिमा मर्यादा छ, न त अन्य प्राणीमा नैं। सबै प्रकारको कारक तत्त्वको रूपमा मानिसलाई नै परमात्माले बताउनुभएको छ।
अब पुन: मानिसले सुख, शान्तिमय जीवन जीउन जीवनमा मर्यादालाई पुनस्र्थापना गर्नुपर्ने कुरा आजको समयको माग टड्कारो रूपमा रहेको छ। यस कार्यलाई प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा पूरा गर्न विश्व जगत्मा जनचेतनाको रूपमा राजयोगको शिक्षा दिइरहेको छ। मर्यादालाई पुनस्र्थापन गर्न मानिसले व्यक्तिगत मर्यादा, पारिवारिक मर्यादा, सामाजिक मर्यादा, साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय मर्यादालाई पूरा गर्नुपर्ने हुन्छ। केही मर्यादाका क्षेत्रहरूलाई चर्चा गरौं।
व्यक्तिगत मर्यादा:
सुख–शान्तिमय जीवनयापन गर्न मानिसले स्वयंले व्यक्तिगतरूपमा मर्यादित जीवन बनाउनुपर्दछ। पौराणिक धर्मग्रन्थ रामायणको दृष्टान्तबाट पनि बुझ्न सकिन्छ, मर्यादा पुरुषोत्तम श्रीरामकी सीताले मर्यादाको रेखा लक्ष्मणरेखा नाघेको कारणबाट सीताले असुर रावणबाट हरिनुपर्यो र अकल्पनीय दु:ख पाउनुपर्यो साथै राम र रावणबीचमा भयानक युद्ध हुन पुग्यो। यो दृष्टान्त सृष्टिका सबै मानव जातिको जीवनमा लागू हुन जान्छ। सानो मर्यादा उल्लङ्घन गर्नाले कति धेरै कष्ट सीताले भोग्नुपरेको थियो। अब स्वयंको बारेमा कुरा गरौं, व्यक्तिगत मर्यादा भन्नाले मानिसका आफ्ना स्थूल र सूक्ष्म कर्म इन्द्रियहरूलाई निर्विकार बनाएर कर्ममा लगाउनु भन्ने बुझिन्छ। जबकी कर्म इन्द्रियहरूको सकारात्मकताको कारणबाट कर्म मर्यादित हुन पुगोस् र श्रेष्ठ कर्म बनाउन सकियोस्। मानिसले सम्पूर्ण मर्यादित जीवन जीउन आफ्ना स्थूल दश कर्म इन्द्रियहरू साथै सूक्ष्म इन्द्रियहरू मन, बुद्धिलाई मर्यादित बनाउनुपर्दछ। यसरी इन्द्रियहरूलाई मर्यादित बनाइ कर्म गरेमा मात्र कर्मको परिणाम सकारात्मक आउँछ जुन कर्मको प्रतिक्रियाले जीवन सुख–शान्तिमय बन्दछ। मर्यादित जीवन बनाउन आवश्यक पर्ने केही कुराहरूको उल्लेख गरौं।
१) मन र बुद्धिको पवित्रता–
कर्मको बीज नै मनको विचार हो, विचारलाई पवित्र अर्थात् सकारात्मक बनाएपछि मात्र मानिसले मर्यादित कर्म गर्न सुरुवात गर्दछ। त्यसपछि बुद्धिको काम आउँछ, बुद्धि पवित्र भएमा निर्णय तथा स्मृति सकारात्मक हुन्छ, निर्णय सकारात्मक भएमा मात्र कर्म सकारात्मक अर्थात् मर्यादित हुन्छ। मन, बुद्धि मर्यादित भए वचन र कर्म सबै मर्यादित हुन्छन्। यसरी मन, बुद्धिलाई मर्यादित तथा सकारात्मक बनाउन सहज राजयोगको अभ्यास गर्नु र आध्यात्मिक ज्ञानको चिन्तन गर्न आवश्यक पर्दछ। राजयोगको अभ्यास अर्थात् मनको नाता आत्मिक शक्तिको स्रोत परमात्मा शिवबाबा ज्योतिलिङ्गमसँग जोड्नु र परमात्माबाट प्राप्त आत्मिक शक्ति आत्मामा भर्नु भन्ने बुझिन्छ। यसरी आत्मामा आत्मिक शक्ति भरेमा मात्र मन र बुद्धि शक्तिशाली भई विपरीत परिस्थितिमा पनि सकारात्मक विचार र स्मृति गरी अन्य कर्म इन्द्रियलाई सकारात्मक कर्म गर्न प्रेरणा दिन्छ र सबै कर्म इन्द्रियबाट गरिने कर्महरू सकारात्मक तथा मर्यादित हुन्छन् र परिणामस्वरूप मानिसको जीवन सुख–शान्तिमय बन्दछ।
२) दृष्टिकोण सकारात्मक:
दृष्टिकोण सकारात्मक अर्थात् शुभ र आत्मिक बनाउने। यो संसारमा जति मानिसहरू छन् ती सबै एकै परमात्माका सन्तान आत्माहरू हुन्। परमात्माको सम्बन्धबाट मानिसको एकापसमा सबैको वैश्विक नाता छ। त्यो नाता हो, आत्मिक रूपमा भाइ–भाइ। आत्मिकरूपमा भाइ–भाइ भएको कारणबाट नै पौराणिक धर्मशास्त्रमा वसूधैव कुटुम्बकम् भनिन्छ। अर्थात् विश्व नै एउटै परिवार हो। अत: हामीले सबैप्रति आत्मिक दृष्टिकोण बनाउन, यस्तो ज्ञानको चेतना भएको खण्डमा सबैप्रति हुने दृष्टिकोण सकारात्मक आत्मिक हुन जान्छ र मानिसको दृष्टिकोण स्वाभाविक सकारात्मक हुन जान्छ।
३. भोजन सात्विक–
सात्विक भोजनले पनि मन र बुद्धिलाई सकारात्मक र पवित्र बनाउन ठूलो मदत गर्दछ। भनिने गरिन्छ जस्तो अन्न त्यस्तै मन, जस्तो सङग त्यस्तै रङ अर्थात् अन्नको प्रभाव मनमा पर्ने गर्दछ, मन र बुद्धिलाई पवित्र बनाउन भोजनको शुद्धि भने अवश्य गर्नुपर्ने हुन्छ। त्यसकारण आत्मिक उन्नतिमा भोजनले ठूलो मदत पुर्याएको हुन्छ। यसरी भोजन पेट भर्न, शरीरलाई स्वस्थ्य बनाउन र इन्द्रियहरूको स्वादको लागि मात्र नभएर कर्म श्रेष्ठताको लागि पनि रहेको छ।
उल्लिखित कुराहरू अनुसार जो मानिसले व्यक्तिगत मर्यादालाई अपनाउन सफल भएको हुन्छ, त्यस मानिसले पारिवारिक, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय मर्यादालाई पालन गर्न समर्थ रहन्छ। तब मात्र मानवले सुख–शान्तिमय जीवन जीउन सम्भव रहेको छ।
ॐ शान्ति सन्देश