प्रस, वीरगंज, १० वैशाख/
पुनर्गठित नेकपा माओवादीको नाममा आर्थिक सहयोग माग गरेर वीरगंज क्षेत्रमा पत्रचार भइरहेको कुरा थाहा भएपछि सो पार्टीले अनुसन्धान सुरु गरेको छ।
वीरगंजस्थित विभिन्न उद्योग एवं व्यापारिक प्रतिष्ठान र वित्तीय सङ्घ–संस्थाहरूमा पुनर्गठित माओवादीको नाममा नक्कली गिरोहले पत्राचार गरिरहेको कुरा खुल्न आएको माओवादीका केन्द्रीय सदस्य पीएल श्रेष्ठले जानकारी गराएका छन्।
नक्कली समूहले वित्तीय संस्थाहरूलाई दिएको चिठ्ठीहरूमध्ये केही चिठ्ठी पार्टीले फेला पारेको बताउँदै नेता श्रेष्ठले सो चिठ्ठीमा पार्टी अध्यक्ष मातृका यादवको नक्कली हस्ताक्षर भएको दाबी गरेका छन्। पार्टीको नाममा जनतालाई सताउने नक्कली गिरोहबारे पार्टीले अनुसन्धान सुरु गरेको र त्यस्ता गिरोहको पहिचान गरेर त्यसलाई उच्चस्तरीय कारबाई गर्ने पार्टीका जिम्मेवार व्यक्तिहरूबीच सहमतिसमेत भइसकेको उल्लेख गर्दै त्यस्ता गिरोह फेला परेमा पार्टीलाई जानकारी गराउन सार्वजनिक आग्रह गरिएको माओवादी पर्साका पूर्वसंयोजक छोटेलालप्रसाद यादवले बताएका छन्।
नक्कली गिरोहको पहिचान गरी कारबाई गर्नका लागि यादव र केन्द्रीय सदस्य श्रेष्ठको नेतृत्वमा छुट्टाछुट्टै टोली पर्सामा सक्रिय भएको सो पार्टीले आज जनाएको छ।