सञ्जय साह ‘मित्र’
विषय वा प्रसङग (वा सन्दर्भ)ले अर्को अर्थ नलागेमा ‘माओवादी’ भन्नाले वर्तमान झल्लु सरकारको प्रमुख घटक एकीकृत नेपाल कम्युनिस्ट पार्टी
(माओवादी) ‘एमाले’ भन्नाले आफ्नो पार्टीको सरकार बनाउन–बिगार्न खप्पीस झल्लु सरकारको आफ्नै भन्न मिल्ने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी र लेनिनवादी) बुझ्नुपर्छ। दुईटै पार्टीमा एकीकृत शब्द दोहोरिएको भए पनि दुइटै पार्टीको सन्दर्भमा एकीकृत हुने अर्थ लगाउने स्वत: गधाभन्दा विद्वान् ठहरिने पनि बुझिन्छ।
बिहावारीको घमासान लगन चलिरहेको याम (१६ फागुन २०६७) मा संसद्मा माओवादी र एमालेको ठुस्काठुस्की केही मत्थर भएपछि दुई पक्षीय वार्तामा खड्गप्रसाद गोली पड्के–“आफूलाई मन पराएकी केटीलाई झुक्याएर सिन्दुर हालिदियो, आफ्नो बनाउन।” लगत्तै उनले फेरि थपे (अलि लाडिएर)–“माइती पक्षले यसो हप्कीदप्की के गरेका त्यत्तिकैमा भागेका ज्वाइँ फर्केर आएका छैनन्।”
सधैं गोली समान निस्कने ओलीको बोली बदलिएपछि माओवादीका नेतालाई पनि साँचो कुरा भन्न करै लाग्यो। पोस्टबहादुर बोगटीले माओवादीले एमालेलाई सिन्दुर हालेको रहस्य खोले–“जबर्जस्ती होइन दुलहीले पनि मन पराएको आँखा झिम्काएपछि सिन्दुर हालेको हो।” सबैलाई थाहै छ, यसपालि एमालेलाई रामचन्द्र पौडेल र विजयकुमार गच्छेदार दुवैले मनमनै मन पराएका थिए। भगवान् रामचन्द्रमाथि विश्वासै भएन र विजयकुमार भनिए पनि ‘गच्छे’ नपुगेकोले माओवादीले भगाइहाल्यो एमालेलाई। माओवादी र एमालेको लगनगाँठो भएपछि रामचन्द्र मर्माहत भए र विजय चैं पराजय भई सपना चकनाचुर भयो।
खड्गप्रसाद ओलीले माओवादीलाई ज्वाइँ सकारेपछि दर्जन महिना पहिलेको बाबूराम भट्टराईलाई हाइसञ्चो भएछ। डाक्टर भएर पनि एमालेको लिङग छुट्याउन नसकेकोमा बाबूरामलाई ठूलो आपत्ति थियो। गोप्य बैठकहरूभन्दा पनि सार्वजनिक थलोहरूमा एमालेको लिङग छुट्याउन नसकेकोमा बाबूरामलाई ठूलो आपत्ति थियो। गोप्य बैठकहरूभन्दा पनि सार्वजनिक थलोहरूमा एमालेको लिङग पहिचान गर्नुपर्ने तर्क गरेका थिए।
डाक्टरको शङका सार्वजनिक भएपछि एमालेमा ठूलो चेन्ज आएको छ। त्यो चेन्जलाई नेपाली जनताले पहिचान गर्न नसकेकोले नै बाध्य भएर ओलीले माओवादीलाई ज्वाईं भनेका हुन्। एमालेका जम्मै वरिष्ट नेताहरूको जुँगा गायब छ। माक्र्सवादी र लेनिनवादी भएपछि माक्र्सको जस्तो दार्हीजुँगा वा लेनिनकोजस्तो जुँगा भए पनि राख्नुपर्ने तर्कमा चैंं म दम देख्दिनँ। सैनिक पोसाकको लेनिनको फोटोलाई सम्झेर एमालेले रक्षा मन्त्रालय विद्यादेवी भन्डारीलाई दिएर यसअघिकै सरकारमा एमालेमा जुँगावालाहरूको अभाव दर्साइसकेको थियो।
एमालेको अध्यक्षकै जुँगा छैन, उपाध्यक्षको जुँगा पनि गायबै छ। पहिले–पहिले घरी जुँगा पाल्ने र घरी जुँगा फाल्ने गरेका माधवकुमार नेपालको पनि जुँगा हराएको छ। हुन त दुई–दुई ठाउँका जनताले नेपालको जुँगामा कैंची लगाइदिएपछि जनताको आदेशलाई पालन गर्नुलाई नेपालले कर्तव्य बुझेका होलान्। ओलीको पनि अब जुँगा रहेन। ओलीको आधा जुँगा संविधानसभाको निर्वाचनमा जनताले र आधा जुँगा आफ्नै पार्टी कार्यकर्ताले बुटवल महाधिवेशनमा सफाचट पारिदिएका हुन्। उता माओवादीका नेतालाई हेरौं न। अध्यक्ष प्रचण्डको आधा पाकेकै भए पनि एक मुठ्ठी जुँगा छ। डाक्टर उपाध्यक्षको जुँगा पनि टाढाबाटै देखिन्छ।
बिनाजुँगावालाहरू (नारी) जुँगावालाप्रति आकर्षित हुन्छन्। झल्लुनाथ चैं प्रचण्डप्रति पहिलेदेखि नैं आकर्षित रहेका र दुवैजनाको कुरो मिल्ने गरेको जगजाहेरै छ। बेलाबेलामा एमालेभित्र पनि अध्यक्षलाई माओवादीसित लहसिएको आरोप लाग्ने गरेकै थियो। प्रचण्डले आफ्नो उम्मेदवारी फिर्ता लिएर संसद्मा खुलारूपमैं आफ्नो मायाप्रीतिको प्रदर्शन गरेपछि एकछिन त राष्ट्रिय–अन्तर्राष्ट्रिय जगत् हेरेकोहेर्यै भएको थियो। प्रेममा त्याग र समर्थन चाहिन्छ भनेको त्यसै होइन नि। आफ्नो नेतृत्वमा सरकार बन्नु र आफूले मन पराएको मान्छेको नेतृत्वमा सरकार बन्नुमा केही फरकै छैन।
काङ्ग्रेसबाट पनि कोही जुँगावाला उम्मेदवार भएको भए अवस्था केही बदलिन सक्थ्यो भन्ने विश्लेषण अर्को थरिको छ। एमालेको सरकार बन्नुमा एमालेभन्दा काङ्ग्रेस नै बढी जिम्मेवार रहेको विश्लेषण झल्लुनाथलाई मन नपराउने एमालेजनको छ। निकै सतर्क भएर तर्क दिन्छन्। सरकारको रेसमा काङ्ग्रेस नै बढी जिम्मेवार रहेको विश्लेषण झल्लुनाथलाई मन नपराउने एमालेजनको छ। निकै सतर्क भएर तर्क दिन्छन्। सरकारको रेसमा काङ्ग्रेसले फलामले फलामलाई काट्छ भनेझैं माओवादीलेजस्तै जुँगावाला उम्मेदवार नैं उठाउनुपथ्र्यो। रामचन्द्रजीको आफ्नै जुँगा छैन। त्यसमा पनि सत्रपटकसम्म त्यही संसद्मा पराजित उम्मेदवार। पूरै दार्हीजुँगा र कपाल फुलेर सेतै देखिए पनि अहिलेसम्म बिहासिहा नगरीकन त्यसै बसेका काङ्ग्रेस अध्यक्षलाई पालो दिएको भए यसपालि काङ्ग्रेसी प्रधानमन्त्री पक्कै हुन्थे। दार्ही मन पर्नेलाई सुशीलजीको दार्ही ठीक थियो र जुँगा मन पराउनेलाई सुशीलजीको जुँगाले आकर्षित पारिहाल्थ्यो। एमाले पार्टी फुटाएर भए पनि माधवकुमार नेपाल र खड्गप्रसाद ओलीले काङ्ग्रेसलाई समर्थन गर्न पुग्थे किनभने सुशील कोइरालामा कुनै खोट देखिएको छैन।
अहिलेसम्म कुनै एउटी फ्याङ्लीले नपत्याएको सुशील दा’लाई काङ्ग्रेसीजनले झन् कसरी पत्याउँथे। शेरबहादुरले अलिकति दया गर्नुपर्नेमा प्रधानमन्त्रीको कुरो आउनासाथ जहिले पनि ‘देउ बा’ भनी हात थाम्न पुगिरा’ हुन्छन्। रामचन्द्रजीलाई अझै पेटभरि हार्न पुगेकै छैन। सर्वोच्चले रोक लगाइदिएर मात्रै नत्र रामचन्द्रको प्रधानमन्त्रीको चुनावमा एकल दौडमा सबैभन्दा बढीपटकसम्म पराजय बेहोर्नेमा वल्र्ड रेकर्ड बनाई गिनिज बूकमा खगेन्द्रसँगै फोटो छपाउने सपना त कमसेकम पूरा हुन पाउँथ्यो।
रामचन्द्रजी, तपाईंहरू हुँदाहुँदै एमालेको लिङग पहिचान कसरी भयो ? अनुसन्धानको लागि कुनै आयोग गठन गर्ने कि ? एमाले र काङ्ग्रेस संसदीय दलको नेताले जुँगा नपाल्ने हुनाले माओवादीको संसदीय दलको नेताले जुँगा नफालेर घोर असंसदीय र अप्रजातान्त्रिक तथा अपारदर्शी काम गरेकोमा लोकतन्त्रलाई जुँगाबाट खतरा छ भनी आन्दोलन गर्ने। आफूलाई दुलही पक्ष स्विकारेका खड्गप्रसाद ओलीलाई समय छँदै फकाउन सक्नुभएन भने यही अपवित्र गठबन्धनले कथंकदाचित जेठ १४ मा संविधान जन्माउन सक्थ्यो भने ‘काङ्ग्रेस बिनालोकतन्त्र चल्दैन’ भन्ने काङ्ग्रेसी दर्शनको दार्शनिक आधार अमेरिकाली ट्विनटावरझैं गल्र्यामगुर्लुम ढल्न जाला। एमाले फुटाउनैमा तत्काल काङ्ग्रेसको ‘मर्दानगी’ देखिन्छ। रामचन्द्रजीकी जय।