प्रस, पर्सा, ३ चैत्र/
पर्सा प्रहरीको गोलीबाट अपहरणमा संलग्न एकजना घाइते भएको छ। भारत मुज्जफरपुर निवासी धनञ्जय यादवको अपहरण घटनामा आज फिरौतीबापत रकम दिन अपहरित व्यक्तिको तर्फबाट पर्सा जिल्ला सेढवा– ६ (जिराभवानी नजिक) पुगेको सादा पोशाकको प्रहरीले फिरौतीबापत रकम बुझ्न आएको भारत बेतिया निवासी प्रमोद साहमाथि गोली प्रहार गरेको थियो। उसको छातीमा गोली लागेको छ। अर्का एकजना नाम नखुलेको व्यक्ति प्रहरीलाई गोली प्रहार गरी फरार हुन सफल भएको छ। गोलीबाट प्रहरी टोलीको एकजना घाइते भएको पर्साका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले बताएका छन्।
यसैगरी भगौडा अपराधीको गोलीबाट सेढवा–६ बस्ने अगिनदेव गौरो घाइते भएका छन्। घटनास्थलदेखि १०० मिटर पर सानो मन्दिरमा बसेका गौरोको घुँडामा गोली लागेको छ। विश्वस्त सूत्र अनुसार पर्सा जिल्ला हरैया गाविसका लालदेव मुखियाले फिरौती बुझ्ने भारतीय अपराधीलाई आफ्नो मोटरसाइकलमा सेढवा–६ सम्म पुर्याएका थिए। घटनास्थल वरै जिराभवानी मन्दिर छेउमा लालदेव मुखिया लुकी बसेका र दुईजना भारतीय फिरौती रकम बुझाउने निर्धारित ठाउँमा पुगेका थिए। प्रहरीले परिवारको सदस्य भएको नाटकगरी डेढ लाख रुपियाँ फिरौती दिन राजी पार्दै सेढवामा सो रकम दिन तय गरेको थियो।
घटनापछि प्रहरीले अपहरित धनञ्जय यादवलाई मुक्त गराउन हरैयामा व्यापक छापमारी गरेको छ। स्रोतका अनुसार लालदेव मुखियाको घरलाई पनि प्रहरीले घेरा हाली सर्च गरेको छ।