प्रस, पर्सा, ३ चैत्र/
नारायणी सिंचाइ प्रणाली जल उपभोक्ता संस्था ब्लक नं. ३ पोखरियाका पदाधिकारीहरूले एक करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको पर्दाफास भएको भएको छ। प्राय: नेपाली काङग्रेसका नेता तथा कार्यकर्ता रहेको समितिको भ्रष्टाचार पार्टीभित्र जारी गुटबाजी तथा अन्तरद्वन्द्वका कारण भ्रष्टाचारको धटना सार्वजनिक हुन थालेको हो।
नहर सुधार तथा नियमित सिंचाइ प्रणाली अन्तर्गत बि.एस.सी.को निर्माण कार्य, नहर तट सुदृढीकरण तथा सर्भिस रोडमा ग्रेभल मरम्मत तथा निर्माण तथा सम्पूर्ण संरचना मरम्मत कार्यको नाममा नक्कली बिल भरपाई बनाई भ्रष्टाचार भएको उजुरी स्थानीय प्रशासनमा परेको छ।
०६३ सालदेखि काङग्रेसका बाबुलाल मेहताको अध्यक्षतामा गठित समितिले निर्माण तथा मरम्मत कार्य नगरी सक्कली बिल भरपाई तथा अन्य पदाधिकारी तथा सदस्यको नक्कली सहीछाप गरी सिंचाइको मिलोमतोमा रकम रकम भ्रष्टाचार भएको उजुरी परेको हो।
काङ्ग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी नागेन्द्र झासमक्ष सोबारे उजुरी गरेको टोलीमा सहभागी पुनर्गठित नेकपा माओवादीका छोटेलाल यादवले जनाए।