कुमार रुपाखेती
कुनै बखत नेपालमा दुई हेडक्वाटरहरू निकै प्रचलित र प्रसिद्ध थिए। राजनीतिको हेडक्वाटर ‘नारायणहिटी’ र महादेवको हेडक्वाटर ‘पशुपति’।
नारायणहिटीले राजनीति हाँक्थ्यो, पशुपतिनाथले धर्म। तर दुवै एक अर्काका पूरक र सहयोगी थिए। राजाहरूले आफ्नो भाषणको पुछारमा–“श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्” भन्थे। अनि हिन्दू धर्मले पनि राजालाई नारायण अर्थात् विष्णुको अवतार मान्थ्यो। वर्तमानमा नारायणहिटीको हविगत कसैसँग छिपेको छैन। नारायणहिटीबाट नारायणलाई लखेटिएको छ भने पशुपति क्षेत्र आजकल गँजेडीहरूको हेडक्वाटर बनेको छ। यसरी दुई लोकप्रिय हेडक्वाटरको पतनपछि थुप्रै हेडक्वाटरहरूको उत्पत्ति भएको छ, हाम्रो नेपालमा। यस्ता नवजात ‘बतासे हेडक्वाटर’ हरूको चर्तिकला महाभारतको ‘शकुनि पासा’ भन्दा कम खतरनाक छैन। अहिले अन्तर्राष्ट्रिय अपराधीहरूको हेडक्वाटर काठमाडौं, बन्दूके आतङककारीहरूको हेडक्वाटर तराई, शान्तिसुरक्षाको हेडक्वाटर अपराधीहरू, उद्योग–व्यापारको हेडक्वाटर चन्दा मगन्ते र फोनमा धम्की दिनेहरू, महँगाइको हेडक्वाटर कालाबजारियाहरू र मुलुकको राजनीतिको हेडक्वाटर विदेशतिर सरेको छ।
परम्परामा आधारित नारायणहिटी र पशुपतिजस्ता हेडक्वाटरहरूको आफ्नै घोषित नीति, पेशा र परम्परा थियो। जस्तै नारायणहिटीले राजतन्त्रको हितमा र पशुपतिले हिन्दू धर्मको हितमा सक्रियता देखाउँथ्यो। तर बतासे हेडक्वाटरको एउटै नीति छ– ‘एनी हाउ पैसा कमाउ, अन्योल बढाउ’। जसको ताजा शिकार मन्त्रीविहीन प्रधानमन्त्री झलनाथ हुन्। ‘वन मैन आर्मी’ झैं वन मैन प्रधानमन्त्री। हुनत दिनानुदिन हेडक्वाटरहरूको महत्त्व, मूल्य र मान्यताहरूमा र्हास आउन थालेको छ। हेडक्वाटरहरूको परिभाषा नै बदलिएको छ। आजकाल त क्षेत्रविशेषको हेडक्वाटर, जातिविशेषको हेडक्वाटर, व्यक्तिविशेषको हेडक्वाटरहरू पनि चर्चामा आउन थालेका छन्। देख्नुभएन राजधानी काठमाडौंमा अपराधका बादशाह दीपक मनाङगे र चक्रे मिलनहरू आफू–आफू व्यक्तिविशेष नै अपराधको हेडक्वाटर बनेका छन्।
तराईमा दुई/ चारजनाको लुटेरा गिरोह आफूलाई सर्वेसर्वा हेडक्वाटर ठान्न थालेका छन्। केही हेडक्वाटरहरू त आफूलाई मुलुकको पावरहाउस ठान्न थालेका छन्। हेडक्वाटरले मातहतलाई निर्देशन दिन्छ तर बतासे हेडक्वाटरहरू अरूबाट निर्देशित देखिन्छन्। एकपल्ट सबैको दिन फिर्छ भने झैं नेपालमा लुटतन्त्र र हुलतन्त्रवादीहरूको दिन फिरेझैं लाग्छ। कहालीलाग्दो तरल राजनीति नै उटपट्याङग हेडक्वाटरहरूको जन्मदाता हो भन्नेमा कुनै अतिशयोक्ति (मतभेद) नहोला। अहिले त थुप्रै हेडक्वाटरहरू मिलेर माओवादी हेडक्वाटरलाई एक्ल्याउन एकमुख भएका छन्। देशी–विदेशी हेडक्वाटरहरू एकजुट भएपछि न झलनाथको मन्त्रिमण्डल बिस्तार हुन सक्यो, न माओवादीले नै सत्ताको खुडकिलो टेक्न सक्यो। नेपाल एकमात्र हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष बन्ने बित्तिकै महादेवको हेडक्वाटरको महत्त्व घट्यो, गणतन्त्रले राजाको हेडक्वाटर खोस्यो अनि ठूलो दलको सुगा रटाइ जति गरे पनि वर्तमान राजनीतिले माओवादी हेडक्वाटरको बोल्ती बन्द गर्यो।
यसरी नयाँ हेडक्वाटरहरू एक अर्काको खुट्टा तान्ने र खेदो खन्ने काममा तल्लीन भएपछि मुलुकको सबै क्षेत्र उदाङग र लथालिङग छ।
हामी निमुखा नेपालीहरू नेपाललाई हेडक्वाटर मान्छौं तर हामी निमुखाले मात्र मानेर क्यै हुँदो रहेनछ। राजाहरू भन्थे– ‘बाँच र बाँच्न देऊ’ तर अब बाँच्नका लागि बाध्य भएर बतासे हेडक्वाटरको पिछलग्गु बन्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुँदै गइरहेको छ।
हामी त ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने चाहन्छौं। हामीजस्तोको हेडक्वाटर हिजो पनि नेपाल, आज पनि नेपाल र मृत्युपर्यन्त नेपाल नै रहिरहने छ।
“जय जय नेपाल,
हाम्रो हेडक्वाटर,
हाम्रो नेपाल।”