एजेन्सी, १६ चैत/
आईसीसी विश्वकप क्रिकेट २०११ अन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा श्रीलङकाले न्यूजील्यान्डलाई ५ विकेटले पराजित गरी लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको छ। टस जिती पहिले ब्याटिङ गरेको न्यूजील्यान्डले लसिथ मलिङगा (३/५५) र अजन्था मेन्डिस (३/३५) को कसिलो बलिङको सामु ४८.५ ओभरमा २१७ रन मात्र बनाउन सक्यो। जसमा स्काट स्टायरिसले सर्वाधिक ५७, मार्टिन गुप्टिलले ३९ र रोस टेलरले ३६ रन मात्र बनाउन सके। न्यूजील्यान्डले ४ विकेटको क्षतिमा १९२ रन बनाए पनि पछिल्लो ६ विकेट मात्र २५ रन बनाएर आउट भयो। न्यूजील्यान्ड यस विश्वकपसमेत छैठौंपटक सेमिफाइनलमा पुगेर पराजित भएको छ। २१८ रनको विजयी लक्ष्य पाएको श्रीलङकाले उपुल थरङगा र तिलकरत्ने दिलशानको साझेदारीमा गतिलो सुरुवात गरेको थियो। ३० रन बनाइ थरङगा आउट भएपछि दिलशान (७३) र क्याप्टेन कुमार सङगाकारा (५४) ले १२० रनको साझेदारी गरेका थिए। दिलशान आउट भएपछि २५ रनमा श्रीलङकाको ४ विकेट झरेपछि श्रीलङका अप्ठ्यारो स्थितिमा आएको थियो। तर थिलन समरवीरा (२३) र एञ्जेलो मैथ्युज (१४) ले पारी सम्हाल्दै ३५ रनको अविजित साझेदारी गरी श्रीलङकालाई ४७.५ ओभरमैं विजयी बनाए। फाइनलमा श्रीलङकाको भिडन्त भोलि हुने भारत र पाकिस्तानबीचको दोस्रो सेमिफाइनलमा विजयी हुनेसँग अप्रिल २ मा भारतको मुम्बईमा हुनेछ।