नेपाली समाजमा लैङिगक विभेद विद्यमान मात्र छैन, प्रभावकारी ढङगले क्रियाशील पनि छ। लैङिगक विभेदको सामान्य अर्थ स्त्री–पुरुषबीच भेदभाव हो। यो भेदभाव कतिसम्म क्रियाशील छ भने महिला र पुरुषले एउटै काम गर्दा पुरुषलाई बढी पारिश्रमिक र महिलालाई थोरै दिइन्छ। धेरै दिन भएको छैन, नेपालमा महिलालाई शिक्षा आवश्यक ठानिंदैनथ्यो। शिक्षा प्राप्त नभएपछि पुरुषको बराबरी गर्ने कुरा पनि आएन। शिक्षित नभएपछि आफूमाथि हुने विभेद र अन्यायका कुरालाई नियति मानेर सन्तोष गर्नुपर्ने अवस्था थियो। नारी सम्पूर्णरूपले पुरुषका लागि तर पुरुषका लागि नारी एउटा वस्तु सरह ठानिने मनोवृत्ति थियो। आज यस्ता थुप्रै कुराहरूमा सुधार त भएको छ तर युग अनुसार महिलालाई समान अधिकार दिएर उनीहरूको व्यक्तित्वको समग्र विकास हुने वातावरण दिन समाज जानेर वा नजानेर तयार छैन। कुनै न कुनै रूपमा, कुनै न कुनै तरिकाले महिलालाई थिचोमिचो गर्ने उपाय अवलम्बन गरि नै रहेको छ।
झन् तराई वा पहाडको ग्रामीण क्षेत्रमा शिक्षा छैन, रोजगारको उचित व्यवस्था छैन, सिकेर नभए देखेर अगाडि बढ्ने परिस्थितिको अभाव छ, जानीजानी थिचोमिचो गर्ने परिपाटी छ र महिलाले गुम्सिएर बस्नु, थिचिएर रहनुलाई दैवी नियम मानिन्छ। सानैदेखि महिलालाई उसको नियति भोग्नु र सहनु भन्ने पाठ पढाइएको हुन्छ। सानो छँदा, आमाबाबुले जन्माएका सन्तानको हेरचाह गर्नु, अलि ठूली भएपछि भात–भान्सा गर्नु, किशोरावस्था नलाग्दै बिहे हुनुले उनीहरूमा नियतिसँग लड्ने वा एउटै परिवारमा केटाहरूले समस्त सुविधा पाउने र केटीहरूले जोतिुनमात्र पर्ने विभेदबारे सोच्ने फुर्सत पनि दिइँदैन। अशिक्षाले गर्दा यसै पनि उनीहरूमा आक्रोश, विद्रोह, असन्तुष्टि तथा स्वविकासका कुराहरू फुर्दैनन्। अनि समाजको आधा अङग यसरी मानसिक र बौद्धिक रूपले कुष्ठित बन्दा समाजले कसरी समग्र उन्नति गर्ला ? हिजोका कुरा छाडौं आज पनि कमोबेस महिलाहरूले त्यही नियति भोगिरहेका छन्। आज पनि जातीय बन्धनले गर्दा आमाबाबुको इच्छाअनुसार बिहे गर्ने, दाइजो–दहेज दिनुपर्ने बाध्यताले ससुरालीमा पनि उनीहरू प्राय: अपहेलनाको पात्र बनिरहेका हुन्छन्।
देशमा लोकतन्त्र आइसकेपछि पनि महिलाहरूको अवस्था दयनीय रहनु महिलाहरूको दुर्भाग्यभन्दा समाजकै दुर्भाग्य हो। झन् बढी सुविधा र पायकपर्दो वातावरण रहेको
तराई क्षेत्रमा महिलाहरूमाथि बढी विभेद हुने गरेको छ। यहाँ अझै पनि बालविवाह, जातीयविवाहले उनीहरूको विकासको सम्भावनालाई सीमित बनाएको छ। दहेजप्रथाले दिनहुँ महिलामाथि हुने अत्याचार र शोषणको तथ्याङक प्रस्तुत गर्दछ। जसले गर्दा विभिन्न गैरसरकारी संस्थाहरूले महिला अधिकार तथा विभेदविरुद्ध अभियान चलाउनुपर्ने भएको छ। महिलाहरूको शिक्षामाथि मात्रै ध्यान दिने हो भने उनीहरूले आफ्नो हक–अधिकार बुझ्ने थिए, महिला हुनु दैवी अनुकम्पाको अभावले होइन भन्ने कुरा बुझ्ने थिए। शिक्षा प्राप्त गरेका महिलाहरू आज पनि आर्थिकरूपले स्वावलम्बी छन्, उनीहरूलाई कसैको थिचोमिचो सहनुपरेको छैन, कुनै विभेद उनीहरूको मार्गमा बाध–अडकाउ बन्न सकेको छैन। तसर्थ एकपटक समस्त महिलालाई शिक्षित हुने अवसर प्रदान गर्ने हो भने समाजमा कुनै किसिमको विभेदले अस्तित्व पाउन सक्ने छैन भन्ने कुरा निर्विवाद छ।