विश्वराज अधिकारी
जसरी कुनै एक फर्मुला प्रयोग गरेर कुनै एक जटिल हिसाब बनाउन सकिन्छ त्यसैगरी कुनै एक खास किसिमको कार्य गरेर वा योजना लागू गरेर मुलुकको गरिबी निवारण गर्न सकिंदैन। गरिबी निवारणका लागि एकै पटक थुप्रै किसिमका कार्यहरू गर्नुपर्दछ। गरिबी निवारणका लागि गरिने थुप्रै तरिकाहरूमध्ये एक हो विपन्न जनताले प्रयोग गर्ने सामानहरूको मूल्य कम पार्नु। वस्तु तथा सेवाको खरिद–बिक्रीमा इन्टरनेटको प्रयोग गरेर आम जनताले प्रयोग गर्ने वस्तु तथा सेवाहरूको मूल्य कम पार्न सकिन्छ।
आम जनताले प्रयोग गर्ने वस्तु तथा सेवाको मूल्य कम पार्नमा इन्टरनेटले पनि ज्यादै महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ। इन्टरनेटको प्रयोगद्वारा खरिद लागत, बिक्री लागत, भण्डार लागत तथा अन्य किसिमका लागतहरू कम पार्न सकिन्छ। अमेरिका, क्यानाडा लगायत थुप्रै धनी अर्थतन्त्र भएका देशहरूमा खरिद–बिक्रीका लागि व्यापक मात्रामा इन्टरनेट प्रयोग भएको पाइन्छ। अमेरिकामा सानातिना घरायसी सामानदेखि कम्प्युटर, इलेक््ट्रोनिक सामान, लुगाफाटो, खेलौना, पुस्तक आदि खरिद–बिक्री गर्न इन्टरनेटको ठूलो मात्रामा प्रयोग भएको पाइन्छ। खास गरी पुस्तकको खरिद–बिक्रीमा त इन्टरनेटको प्रयोग व्यापक मात्रामा भएको देख्न सकिन्छ। इबे, अमेजन डट कम जस्ता अनलाइन सामानहरू बिक्री गर्ने संस्थाहरूले त पुस्तकलगायत अन्य थुप्रै किसिमका वस्तुहरू बिक्री गर्नमा अमेरिकामा प्रसिद्धि नै कमाएका छन्।
नयाँ र पुराना पुस्तकहरू खरिद–बिक्री गर्न तथा पुस्तक भाडामा लिनदिन पनि इन्टरनेटको व्यापक मात्रामा प्रयोग भएको पाइन्छ। अनलाइन (इलष्लिभ) पुस्तक खरिद गर्दा क्रेताले पसलसम्म जान नपर्ने, केवल अनलाइन अर्डर गरेर डेबिट वा क्रेडिट कार्डद्वारा पुस्तकको मूल्य अनलाइन भुक्तानी गरेर पुस्तक घरमैं पाउन सक्ने तथा बिक्रेताले पनि पुस्तक बिक्री गर्न पसल नखोले पनि हुने अर्थात् घरमा वा अन्य कुनै स्थानबाट बिक्री गर्न सक्ने हुनाले स्वाभाविकरूपमा क्रेतालाई क्रय लागत र बिक्रेतालाई बिक्रय लागत कम पर्न जान्छ।
धनी देशहरूमा खासगरी, छिटै नाश हुनेबाहेक अन्य टिकाउ किसिमका वस्तुहरू बिक्री गर्नका लागि पसल
(क्तयचभ) हरूले नै पनि इन्टरनेटको प्रयोग गर्दछन्। कतिपय अवस्थाहरूमा त पसलमा पुगेर खरिद गर्दा केही महँगो पर्ने र त्यसको ठीकविपरीत अनलाइन खरिद गर्दा सस्तो पर्ने हुन आउँछ।
अनलाइन बिक्री गर्दा बिक्रेतालाई जति सजिलो र कम खचिर्लो हुन्छ त्यतिकै सजिलो र कम खर्चिलो क्रेतालाई पनि हुन्छ। बिक्रेताले सजिलै आफ्नो वेबसाइट (ध्भदकष्तभ) द्वारा विभिन्न वस्तुहरूको प्रदर्शन गरेर, तिनको मूल्य एवं डिस्काउन्टलगायत अन्य किसिमका सुविधाहरूको घोषणा (एक वर्ष वा तोकिएको अवधि भित्रमा सम्पूर्ण रकम भुक्तान गरेमा ब्याज नलाग्ने, क्रेताको घरसम्म सामान पुर्याउन लाग्ने खर्च बिक्रेताले नै बेहोर्ने आदि आदि) गरेर सामानहरू कम बिक्री लागतमा बिक्री गर्न सक्छ भने क्रेताले पनि विभिन्न पसलहरूको वेभसाइटमा हेरेर आफूलाई चाहिने वस्तुको मूल्य अन्य विभिन्न पसलहरूले देखाएका मूल्यहरूबीच तुलना गरेर, जसले सस्तोमा वा क्रेताले खोजेको मूल्यमा बिक्री गर्ने घोषणा गरेको छ त्यस पसलबाट खरिद गर्न सक्छ।
इन्टरनेटले महत्त्वपूर्ण योगदान पुर्याएको अर्को क्षेत्र हो बैकिंग कारोबार। इन्टरनेटले बैकिंग कारोबारलाई अकल्पनीय किसिमले सजिलो पारिदिएको छ। इन्टरनेटको प्रयोग गरी घरमैं बसेर बैंकमा रकम जम्मा गर्न वा कसैलाई भुक्तानी गर्न सकिन्छ। नगद आफूसँग बोकेर हिंड्नु नपर्ने भएकोले कारोबार पनि सुरक्षित र सजिलो भएको छ। कतिपय अवस्थामा त व्यक्तिले नगद देख्न नपाएर नै (उसले कतैबाट भुक्तानी पाउने र विभिन्न ठाउँहरूमा खर्च गर्ने) लेनदेन कार्य सम्पन्न हुन पुग्दछ। उदाहरणका लागि कुनै व्यक्तिले जब आफूले कार्य गरेको सङगठनबाट पारिश्रमिक पाउँछ, सङगठनले उक्त व्यक्तिलाई दिने रकम उक्त व्यक्तिको बैंक खातामा अनलाइन जम्मा गरिदिन्छ। यसरी आफ्नो खातामा पारिश्रमिक जम्मा भएपछि उक्त व्यक्तिले भुक्तानी दिनुपर्ने विभिन्न पक्षलाई आफ्नो बैंक खाताबाट अनलाइन भुक्तानी गर्दछ। यस प्रकार अनलाइन लेनदेन कार्य गर्दा एकातिर लेनदेनको अभिलेख सजिलैसँग राख्न सकिन्छ भने अर्कोतिर कारोबार लागत ( त्चबलकबअतष्यल अयकत) कम हुन पुग्छ।
इन्टरनेट प्रयोग गरेर आफ्नै घरमा बसी वा बैंकमा नपुगेरै पनि आफूसँग रहेको चेक आफ्नो बैंक खातामा जम्मा गर्न सकिन्छ। घरमा नै बसेर इन्टरनेटद्वारा चेक बैंकमा जम्मा गर्दा व्यक्तिले आफूसँग रहेको चेकको डिजिटल फोटो खिच्नुपर्दछ र त्यसरी खिंचेको चेकको फोटो आफ्नो बैंकलाई इन्टरनेटद्वारा पठाउनुपर्दछ। स्मार्टफोन (मोबाइल वा सेल फोन) हरूमा फोटो खिच्न क्यामरा, इन्टरनेट, जिपियस आदि सुविधाहरू उपलब्ध गराइएको हुन्छ। सेल फोन प्रयोग गरेर व्यक्तिले आफूसँग रहेको चेकको फोटो आफ्नो खाता भएको बैंकलाई पठाउन सक्छ। बैंकले इन्टरनेटद्वारा चेक प्राप्त गरेपछि जसले त्यसरी चेक पठाएको हो उसको खातामा रकम जम्मा गरिदिन्छ। र त्यसरी चेक पठाउने व्यक्तिले अनलाइन आफ्नो बैंक खाता हेरेर आफूले पठाएको चेकबाट आफ्नो खातामा रकम जम्मा भए नभएको थाहा पाउँछ।
हवाई यात्राका लागि गरिने टिकट खरिद कार्यलाई इन्टरनेटले त झनै सजिलो पारिदिएको छ। आफूलाई कुन एयरलाइन्सको हवाई टिकट चाहिएको हो त्यो एयरलाइन्सबाट घरमा नै बसेर टिकट खरिद गर्न सकिन्छ र टिकट पनि अनलाइन प्राप्त गर्न सकिन्छ। हवाई टिकटको भुक्तानी पनि डेबिट वा क्रेडिट कार्डद्वारा टिकट बिक्री गर्ने एजेन्ट वा सम्बन्धित एयरलाइन्सलाई घरबाट नै गर्न सकिन्छ। एयरलाइन्सहरूले यसरी हवाई टिकट अनलाइन बिक्री गर्दा बिक्री लागत कम पार्न सक्छन् र हवाई टिकटहरू सस्तोमा उपभोक्ताहरूलाई उपलब्ध गराउन सक्छन्। एयरलाइन्सहरूले त्यसरी बिक्री लागत जोगाएको हुनाले क्रेताहरूले सस्तोमा हवाई टिकट खरिद गर्ने औसर प्राप्त गर्छन्।
यस प्रकार इन्टरनेटको प्रयोगद्वारा बिक्री लागत कम पारेर क्रेताहरूलाई तुलनात्मकरूपमा सस्तोमा वस्तु वा सेवा उपलब्ध गराउन सकिन्छ। क्रमश :