प्रस, वीरगंज, १२ चैत/
पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले द्वन्द्वको पीडालाई समाप्त पार्न चौतर्फी प्रयासको आवश्यकता रहेको बताएका छन्। जिल्ला बालकल्याण समिति र हिमराइट्स पिपिसिसिको संयोजनमा सम्पन्न बालबालिकाका सवालमा जिल्लास्तरीय समन्वय बैठकको अध्यक्षता गर्दैै प्रजिअ झाले आज सो कुरा बताएका हुन्।
प्रजिअ झाले राज्यका निकाय एवं क्रियाशील रहेका सङ्घसंस्थाको काममा समन्वय भएमा मात्र द्वन्द्वपीडित बालबालिकाहरूको समस्या समाधान गर्न थप सहयोग पुग्ने विचार व्यक्त गरेका थिए। बैठकमा पर्सा जिल्लामा बालबालिकाका लागि कार्यरत २२ वटा विभिन्न सरकारी र गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए । बालबालिकाका सवालमा समन्वय गरी काम गर्न एक संयन्त्रको निर्माण, संस्थाले गर्ने कामको विवरण सङकलन गरी आवश्यक मुद्दा उपयुक्त संस्थालाई जिम्मा दिन सिफारिस प्रणालीको विकास गर्नेलगायतका निर्णयहरू बैठकले गरेको छ ।
बैठकमा हिमराइट्सका पर्सा संयोजक रितेश त्रिपाठीले यहाँ विभिन्न निकाय र संस्थाले काम गरी बजेट र जनशक्ति खर्च भएको भए तापनि उल्लेखनीय कार्य हुन नसकेको टिप्पणी गर्दै एक समन्वयात्मक संयन्त्र आवश्यक रहेको बताए।
कार्यक्रममा सद्भावना पार्टी पर्साका अध्यक्ष तथा स्थानीय शान्ति समितिका सदस्य नेजामुद्दिन समानी, गैसस महासङ्घका पर्सा अध्यक्ष कमलमोहन पोखरेल, पत्रकार केसी लामिछाने, नेपाल पत्रकार महासङ्घ पर्साका सचिव युवराज खड्का, महिला तथा बालबालिका अधिकारी उर्बरा लुइँटेललगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।