अनन्तकुमार लाल दास
शिक्षा र शिक्षकका बारेमा धेरै कुराहरू लेखियो। धेरै कुराहरू विभिन्न कोणबाट भाषण गरियो तर समाजको विकास यात्रामा सङगीत शिक्षाको उपादेयताका बारेमा बहस नै चलाइएको छैन। प्रख्यात लेखक सीके लालले सङगीत र कलाको सङगत नपाएर तराईका युवाहरू रसविहीन बन्दै गइरहेका बताएका छन्। उनको यस कथनले पनि तराईका युवाहरूलाई सङगीत शिक्षा आवश्यक रहेको देखाउँछ। फेरि प्रश्न उठ्ला युवाहरूमा एफएमको त्यत्रो क्रेज छ। यहाँ दिनभरि युवाहरूको एउटा ठूलो जमात कानमा एफएमको तार
जोडेकै हुन्छन्। फेरि उनीहरूलाई कसरी भन्ने कि यिनीहरूमा सङगीतको
मोह छैन ?
यस बहसलाई अगाडि बढाउन हामीले सङगीतको महत्त्व बुझ्नुपर्छ। सङगीतको चमत्कारहरूका बारे यदाकदा पढ्न त पाइन्छ तर हामीकहाँ त्यस्ता चमत्कारहरूसित साक्षात् हुने अवसर कसैले भेटेको भने कहीँ पनि थाहा पाइएको छैन। त्यसैले पनि होला सङगीतको महत्त्वबारे समाजलाई त्यति जानकारी नभएको हुन सक्छ। तानसेन प्रवृत्तिका गायकहरूले गाएर वर्षा गराएको, गाएर दीप प्रज्वलित गराएको, गाएर फूल फक्रेको इत्यादि कुराहरू विस्मित भएर हामीहरू सुन्थ्यौं। अझ पनि धेरै त्यस्ता विस्मित भई रहन्छन्। विदेशतिरका प्रयोगरत किसानहरूले खेतबारीमा लाउडस्पीकरद्वारा आफ्ना अन्नबालीबीच सुमधुर सङगीतको
प्रसारण गरी बढी उब्जनीको फाइदा लिइरहेका समाचारहरू अब
नौला रहेनन्।
सङगीतका यी अद्भुत चमत्कारका कुराहरू अहिले परतिर सारिदिऔं र सङगीत स्वयंको अद्भूततामाथि अलि विचार गरौं। यो एउटा यस्तो विचित्र लागूपदार्थ हो, जसको लतले एकपटक छोयो भने त्यो लत लाग्यो, लाग्यो। तर यो उपचारविहीन लतको विशेषता चाहिँ के छ भने यसले जीवनमा स्फूर्ति प्रदान गर्छ, जीवनप्रति आशा जगाउँछ। यस्तो भन्नुको अर्थ जीवन जीउन प्रेरित गर्छ। जीवनका चुनौतीहरूलाई सहज बनाउँछ। यद्यपि आधुनिक संसारका मानिसहरू सङगीतका निकै उपभोगी भइसकेका छन्। तर हाम्रो तराईमा अहिले पनि सङगीतप्रति मध्ययुगीन धारणा छ। त्यसैले यहाँका युवाहरू चाँडै रिसाउँछन्। स–सानो निहुँमा साथीलाई हिर्काएर नै मार्छन्।
कुण्ठा र निरासा बोकेका हुन्छन्।
जेसुकै कुरामा आक्रोश पोख्छन्। उनीहरू तनाव र उत्तेजनामा बाँचिरहेका
हुन्छन्।
हो, मित्रसेन युगभन्दा आधुनिक नेपाली सङगीतको शैली निकै भिन्न छ। मित्रसेनको राष्ट्रिय प्रतिनिधित्वको सामाजिकीकरण गराउन जरुरी छ। कस्तो स्थिति छ भने रोपाइँमा झ्याइँ–झ्याइँ पार्यो, पुग्यो। कीत्र्तन भजनको नाममा कर्कश ध्वनि प्रसारण गर्यो र टोलछिमेकको रक्तचाप बढायो, बिहेमा ठूलो स्वरमा सङगीत घन्कायो। सुन्ने–गुन्ने कोही छैन जस्तो अघि थियो त्यस्तै आज पनि छ।
सङगीत अथवा कुनै पनि कलाको अपहेलित अवस्थाका उदाहरणहरू हामीकहाँ यथेष्ठ पाइन्छन्। “गानाबजाना गरेर के सधैं खान पाइन्छ ? यस्तो तल्लोस्तरको काम गर्ने हो ?” गीत–सङगीत विद्यालयहरूमा पनि मुम्बइया फिल्मी तामझामको नक्कल गरिन्छ।
विद्यालयहरूमा गम्भीरतापूर्वक सङगीत शिक्षा र सङगीतप्रति सुरुचि पैदा गर्ने दृष्टिकोणको नै अभाव छ। एक त यस्ता अभिभावक र शिक्षकहरू छन्, जो एकदम कट्टर छन् कि गीत–सङगीत सुन्नु नै हुँदैन यसले पढाइ बिगार्छ भन्छन्। यसले अध्ययनबाट विमुख गर्छ भन्छन्। यस्तो प्रवृत्ति समाजमा बढी छ। समाजले सङगीतको उपयोगिता र यसले व्यक्तित्व विकासमा पार्ने असरका बारेमा बुझाउनै सकिएको छैन। हुनत अहिले एफएमहरू खुल्नेक्रम बढेपछि तराईका जिल्लाहरूमा गीत–सङगीतको तालिम दिने केन्द्रहरू पनि खुलेका छन्। यी केन्द्रहरू खोल्न तँछाडमछाड पनि भइरहेको छ तर यी प्रशिक्षण केन्द्रका प्रशिक्षार्थी तथा प्रशिक्षक दुवैको प्रशिक्षण लिनेदिने क्रियाकलापलाई राष्ट्रिय भावनाले अथवा दुरगामी ध्येयले कतिसम्म प्रेरित गरेका छन् भन्ने कुरो चाहिँ अनुसन्धानको विषय हुन सक्छ। यदि त्यस भावनाको कमी भए यस अवस्थामा हामीले भोलिलाई त्यस विषयमा आवश्यक दक्ष जनशक्ति घरभित्रैबाट कसरी जुटाउने भन्ने टड्कारो प्रश्न अघिल्तिर उभिन्छ। उसो त हाम्रा कैयन विद्यालयहरूमा अतिरिक्त क्रियाकलाप अन्तर्गत गायन, वादन, नृत्यजस्ता विधाहरूले पिँढीबाससम्म त नपाएका होइनन्। कतिपय विद्यालयहरूमा त झन् त्यसभन्दा राम्रो स्थिति नै विद्यमान छ। तैपनि विद्यालयभित्रका अतिरिक्त क्रियाकलापले मात्रै त्यस्तो सुखद जनशक्ति उत्पादन गरिहाल्ला भन्ने कुराको ठूलो आशा लिन सकिन्छ भन्ने चाहिँ अलि अमिल्दो नै होला।
सर्वोत्मुखी राष्ट्रिय विकासकै परिप्रेक्ष्यमा हामीकहाँ अहिले भौतिक उन्नतिका निम्ति अरूथोकभन्दा सामाजिक क्रान्तिको सबैभन्दा चर्को आवश्यकता देखा पर्दछ भन्ने कुरामा अत्युक्ति नहोला। किनकि जबसम्म हामीले हाम्रो वैचारिक पद्धतिमा आमूल परिवर्तन गर्दैनौं त्यसबेलासम्म हामीकहाँ जतिसुकै, जस्तोसुकै “जिन्दाबाद” आए पनि, जुनसुकै भौतिक परियोजनाहरू साकार हुँदै गए पनि सबै “हातलागे शून्य” सरह बन्ने छन्। किनभने हाम्रो मूलधारमा यी मूल्य र मान्यताहरू नै बसिरहेका हुन्छन्, जसले हामीलाई शताब्दीयौंदेखि पिरोल्दै अघि सर्ने जाँगरबाट वञ्चित गराइराखेको छ। मात्र शुद्ध राजनीतिक क्रान्ति र भौतिक प्रगतिवादको स्थितिले सामाजिक परिपक्वताको निर्माण हुन सक्दैन। अहिले हाम्रो समाजमा देखा परेको स्थिति नै यही हो।
केही पहिलासम्म हाम्रै समाजमा सामूहिक गीत–सङगीतको कार्यक्रम हुन्थ्यो। एक से एक हारमोनियम र तबलाका उस्तादहरू भेटिन्थे। सरस्वती पूजामा विद्यार्थीहरू आपैंm सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दथे। छात्राबासमा साप्ताहिक सांस्कृतिक कार्यक्रमहरू हुन्थ्यो। त्यससँग सम्बन्धित मानिस चाहे जुनसुकै पेशामा गए पनि सङगीतप्रति निपुणता राखेकै हुन्थ्यो। एकजना अत्यन्त प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ– डा. गौरीशङकर लाल दास। वीरगंज क्षेत्रका लागि उहाँ डा. श्यामसुन्दर दासको ससुरा भनेर चिन्न सकिन्छ। पचासी वर्षीय उहाँ नेपालका नामुद चिकित्सक र अधिकारकर्मी हुनुहुन्छ। धेरै थोरैलाई थाहा होला, उहाँ गजबको बाँसुरीवादक पनि हुनुहुन्छ। केही महिना पहिला उहाँ वरिष्ठ नागरिकको एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा जानुभएको थियो। त्यहाँ उहाँले आफ्नो बाँसुरीवादनले सबैलाई लठ्याउनुभएको थियो। पहिलेका व्यक्तिहरूमा सङगीतको कुनै एउटा क्षेत्रमा दखल भएकै हुन्थ्यो।
अहिले हेरौं। सरस्वती पूजा हुन्छ। दिनभरि म्यूजिक बज्छ। शहरभरि कोलाहल हुन्छ। अनुभवले के देखाइरहेको छ भने आजभोलिका सरस्वतीपूजा केटा र केटी मिल्ने दिवसका रूपमा विकसित भइरहेको छ। एक किसिमले अहिलेका बालबालिका कम्प्यूटरको निष्प्राण चिप्सको रूपमा विकसित भइरहेका छन्। यस्तो कुराहरू एकैदिनमा बदलिएको हैन। न त एकै दिनमा सुधार्न नै सकिन्छ। त्यसैले अहिलेका युवाहरू किन बढी झगडा गर्छन्, साथीहरूसँग मात्र हैन विद्यालय र घरमा पनि किन उदण्ड देखिन्छन् ? यी सब कुराहरूको अध्ययन गर्दा त्यसले मनोवैज्ञानिक पक्षलाई देखाएको छ।
प्रख्यात लेखक सीके लालले गत गाँधी जयन्तीको अवसरमा वीरगंजमा सत्याग्रहद्वारा आयोजित प्रवचन कार्यक्रममा युवाहरूका विषयमा यही सेरोफेरोमा रहेर टिप्पणी गर्नुभएको थियो कि तराईका युवाहरू “असुर” बन्दै गएका छन्। असुरसँग उनको तात्पर्य उनीहरूमा सुरप्रति लगावमा कमीप्रति लक्षित थियो। उहाँले मोहनदास करमचन्द गाँधी महात्मा बन्ने क्रममा रवीन्द्रनाथ टैगोरसँग सङगत गरेर आफूभित्रको असुरतालाई न्यून गरेको उदाहरण दिनुभएको थियो। अब प्रश्न उठ्छ कि तराईका युवामाझ विद्यमान असुरतालाई कसरी समाप्त पार्ने ? खैनी, पान र रक्सीमा डुबुल्की लगाउन चाहने तर उत्कृष्ट सङगीतका एल्बमहरू किन्न नचाहने शिक्षकहरूबाट यो कार्यभार पूरा हुन सक्छ ? पक्कै हुन सक्दैन। त्यसैले पहिला शिक्षकहरूले आफ्नो असुरताभित्र “सुर” पैदा गर्नुपर्यो। गीत–सङगीतको महत्त्व बुझ्नुपर्यो। चराचुरूङगीको चिरबिरपन र जुनकिरीको झ्याइँ–झ्याइँमा लय अनुभव गर्नुपर्यो। एउटा फक्रिराखेको
गुलाफमा शास्त्रीय सङगीतको
अनुभूति गर्नुपर्यो। यी कुराहरू
सुतेको बहाना बनाउने शिक्षकहरूबाट पक्कै सम्भव छैन। यसै कारण
म सधैं भन्ने गर्छु– जाग शिक्षक जाग।