जगदीश शर्मा नगरको विकास मानव सभ्यताको अनिवार्य तत्त्व थियो। नवपाषाण युगमा कृषिको विकास हुँदै गयो, पशुपालन व्यवस्था फस्टाउँदै गयो अनि नगरहरूको विकास पनि सँगसँगै भयो। नगर भनेको पहिले गाउँहरूको विस्तारित रूप थियो। जनसङ्ख्या वृद्धिले गाउँहरू विकसित र विस्तारित भए। जनसङ्ख्या बढेपछि उनीहरूको आवश्यकता पनि बढे। बढेको आवश्यकताको पूर्ति प्राकृतिक उत्पादनबाट मात्र सम्भव देखिएन। उत्पादनका अभिशेषहरू (क्गचउगिक) हुनुपर्ने आवश्यक देखियो। अभिशेषका सुरक्षाका लागि बलियो घर, सुरक्षा निकायको आवश्यकता देखियो। एकै ठाउँमा थुप्रिएको नागरिकलाई अन्य थुप्रै सुविधा आवश्यक भयो। अब एक्लै मानिसले गरेर केही सम्भव भएन। त्यसैले उत्पादनका लागि विभिन्न शक्तिहरू एकत्रित भए। जस्तै एउटा कारखानास जसबाट धेरैको आवश्यकताका सामानहरू उत्पादन हुन्छ, त्यसमा व्यवस्थापन, पूँजी, श्रम र पछि–पछि बजार आदि आवश्यक पर्यो। जङगलमा फलफूल खाएर एक्लो व्यक्तिको आजीविका सम्भव थियो भने शिकार गर्न एउटा सम्पूर्ण परिवार आवश्यक भयो। कृषि कर्ममा पनि परिवारेतर श्रम आवश्यक पर्यो भने उद्योगका लागि विभिन्न स्थानका विभिन्न योग्यता भएका व्यक्तिहरूको खाँचो पर्यो। यसरी उत्पादनका शक्तिहरू र उत्पादन सम्बन्ध अन्योन्याश्रित बन्दै गयो। यस सम्बन्धले नगरको आवश्यकता बोध गरायो।
जहाँ पुरातन कालमा नगरहरूको विकास धार्मिक केन्द्रको रूपमा भएको थियो, आधुनिक नगरहरूको विकास यन्त्रीकरण र उद्योगीकरणका कारण हुन गयो। मध्य अमेरिकाको मय अथवा माया सभ्यताका नगरहरू पुरोहितहरूको क्रियाकलापसँग जोडिएका थिए भने प्राचीन भारत र नेपालमा नगरहरूको विकास पनि अन्यान्य धार्मिक केन्द्रहरूको रूपमा विकसित भयो। तर राजनीतिले धर्मलाई पछाडि पार्दै गएपछि धार्मिक नगरहरूको साटो औद्योगिक नगरहरू प्राथमिकतामा परे। धार्मिक नगरहरूको विकास कृषि उत्पादनद्वारा नियोजित थियो। तसर्थ यी नगरहरूको विकास एकाङकीरूपमा हुन गयो। कृषि उत्पादक मात्र नगरमा बस्ने र आउने–जाने कारण नगरको आवश्यकता सीमित थियो, त्यसैगरी नगरले उपलब्ध गराउनुपर्ने सुविधाहरू पनि सीमित थिए। तर यन्त्रीकरण र उद्योगीकरणबाट विकसित भएका नगरहरूको दायित्व असीमित छ। किनकि वैशिष्ट्यपूर्ण उत्पादन, बाह्य व्यापार, जनसङ्ख्याको उच्च चाप, राजनीतिक–सामाजिक संस्थाहरूको उदय, विज्ञान र प्रविधिको प्रयोगजस्ता नगरीय क्रान्तिले नगरको पुरानो परिभाषालाई नै बदलिदियो। अबको नगरले आफू विकसित हुनुको मान्यता आफ्ना नागरिकलाई दिने उच्चतम सुविधाबाट निक्र्योल गर्नुपर्ने भयो।
यस दृष्टिकोणबाट नेपालका नगरहरूको अवस्था हेर्दा, यिनलाई नगर त भन्न सकिन्छ तर त्यो मानिसको जस्तो जो साँस फेरिरहेको हुनाले जीवित त छ तर शारीरिक क्रियाकलाप उसबाट सम्भव छैन। नगरमा हुनुपर्ने कमोबेस आवश्यकता यी नगरहरूमा विद्यमान छन् प्राविधिकरूपमा यी नगरहरू हुन् तर संवेदना र जीवन्तताको दृष्टिकोणले यिनलाई कन्क्रिटको जङगलमात्र भन्न सकिन्छ। यहाँ सडक छ, साँघुरो छस बिजुली बत्ती छ, १४ घण्टा लोडसेडिङग हुन्छस शिक्षालय छ, शिक्षाको अभाव छस खानेपानी छ, अस्वस्थकर र प्रदूषित छस प्रहरी प्रशासन छ, सुरक्षा छैनस नाला छ, गतिमान छैन–ढलको अभाव छस घरहरू छन्, तालमेलबिना बनेका छन्स नागरिक छन्, संवाद छैनस उद्योगहरू छन्, उत्पादनको वैशिष्टीकरण छैनस सवारी साधनहरू छन्, नियम पालना छैनस कन्क्रिटका भवनहरू छन्, हरियाली छैन। समग्रमा नगर त छ तर नागरी संवेदना र उत्साह छैन।
मुलुकको राजधानी काठमाडौंको कुरा गरौं, घरहरू यसरी बनेका छन् मानौ एउटा ढल्यो भने सबै लहरै ढल्दै जान्छन्। काठमाडौं नगरको विकास धार्मिक आवश्यकताले भयो तसर्थ त्यहाँ आधुनिक नगरको परिकल्पना सम्भव छैन। तर नयाँ बस्तीहरूलाई जुन स्याहार र नियमबद्धता चाहिन्छ त्यसको पनि अभाव छ। धेरै पछि, संसारका नामी नगरहरू स्थापित भइसकेपछि र झन्डै आधुनिक युगमा बनेको वीरगंजको हविगत हेर्यो भने हामी कहाँ नगर के हो भन्ने अर्थसमेत थाहा नभएको भान हुन आउँछ। एउटा १०० मिटरको गल्लीमा पसेर हेर्ने हो भने रूखको त कुरै छाडौं, फूलको बिरुवा खोज्न अनुसन्धान टोली बनाउनुपर्छ। एउटा घरको प्लिन्थ लेभल सडकभन्दा होचो छ भने अर्को ५ फिट अग्लो छ। किनकि नगरमा घर बनाउने मापदण्ड नै तयार गरिएको छैन। यो जिम्मेवारी नगरपालिकाको हो, जसलाई पहिले शहरको भौगोलिक सीमाङकन र नाप गरेर कुन क्षेत्रमा कति उँचाइ राखेर घरको प्लिन्थ लेभल तय गर्नुपर्छ भन्ने कुराको कुनै ज्ञान छैन, जसले गर्दा बर्सेनि निर्माण हुने सडक अग्लो हुँदै जान्छ भने नागरिकको घरभित्र वर्षात्को पानी मात्र पस्दैन, घरमा प्रयोग भएको पानीले पनि निकास पाउन छाडेको छ। यसबारे नगरपालिका आफैं अनभिज्ञ छ भने नागरिकले नक्सापास नगराई घर बनाउँदा नगरको गृह निर्माणको मापदण्ड नै भताभुङग भएको छ। ठूलो पक्की घर त बन्यो तर शौचालय नभएर मुख्य सडकमैं नरनारी शौच बस्ने प्रचलनले आधुनिक नगर हो कि प्रागैतिहास कालका प्राणीहरूलाई कन्क्रिटको घरभित्र थुुनुवा गरेको हो, छुट्याउन गार्हो भएको छ। कुनै टोल, वडाको कुरै छाडौं सम्पूर्ण नगरमा यस्तो ठाउँ छैन, जहाँ नागरिकले बिदामा रमाइलो गर्न सकून्। एक आपसमा भेट गर्ने र सभा–गोष्ठी गर्ने खुला, तोकिएको ठाउँ छैन। अनि राजनीतिक पार्टी तथा आवश्यकता महसुस गरेर हुने गरेका भेला, गोष्ठी आदि नगरको व्यस्ततम सडकचोकमा आयोजना हुन्छ। मानौं नेपालमा बहुमतको होइन, अल्पमतको रजाइँ चलेको छ। सयौं भेला भएर बाटो छेक्छन् र हजारौं नागरिक तिनले दिएको सास्ती खेपेर घुमाउरो बाटो पहिल्याउँछन्। अब पनि यसमा सुधार नगर्ने हो भने वीरगंजलाई नगर भन्नुको औचित्य हराएर जानेछ।