जीतलाल श्रेष्ठ, निजगढ, १३ माघ/
भूमाफियाको एक समूहले सार्वजनिक (ऐलानी) जमीनको पुर्जा बनाएपछि बारा कोल्हवीका अधिकांश गाउँले सार्वजनिक जमीन सार्वजनिकरूपमै कायम गर्न एकजुट भएका छन्। बारा कोल्हवी वडा नं.१ मुख्यसडकमा रहेको कित्ता नं. १०९ को २० करोडभन्दा बढी मूल्य जाने ५ बिघा ४ कट्ठा सार्वजनिक जग्गा स्थानीय हरिवंश प्रसाई र पारसनाथ चौधरीले आफ्नो नाममा दर्ता गराइसकेको रहस्य खुलेपछि स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवीलगायत स्थानीय गाउँले बिहीवार बिहान भेला भई सार्वजनिक जमीन सार्वजनिकरूपमा नै कायम गर्न गराउन एघार सदस्यीय सर्वदलीय समिति निर्माण गरेका छन्।
विसं २०३३ सालदेखि गाउँ विकास समितिले बजार व्यवस्थापन गर्ने क्रममा विभिन्न व्यापारी, व्यक्तिहरू, सङ्घसंस्था तथा सरकारी कार्यालयहरूलाई समेत व्यवस्थित ढङगले वितरण गरी सार्वजनिक बजार समेतलाई छुट्याइ करिब साढे तीन दशकदेखि हाटबजार लाग्दै आएको सार्वजनिक जमीनलाई गाविस कार्यालयको नक्कली लेटरप्याड बनाइ गाविस सचिवको नक्कली हस्ताक्षर गरी जग्गा दर्ता गराइ सामाजिक समस्या सृजना गरेको जनाउँदै सम्बन्धित पक्षलाई दुई दिनभित्र सहज वातावरणमा समस्या सुल्झाउन आग्रह गर्दै सो वातावरण निर्माण नभए सम्बन्धित निकायहरूमा ऐन नियमानुसार दर्ता खारेजीको लागि तथा सम्बन्धित भोगचलन गर्ने पक्षहरूको नाममा र यस क्षेत्र अन्तर्गत रहेका विभिन्न सङ्घसंस्थाहरू एवं सरकारी कार्यालयहरूको नाममा स्वत: दर्ता कायम गर्न गराउन सम्बन्धित निकायमा आवश्यक कारबाई अघि बढाइने जनाइएको छ।
भूमाफियाको एक समूहले हालसालै जग्गाधनी प्रमाण पुर्जा लिएको जानकारीपछि स्थानीयवासी भूमाफियाहरूले गरेको सो कार्य खारेजी गर्न गराउन एकजुट भएका हुन्। कोल्हवी गाविसको केन्द्रबिन्दु अर्थात् हाटबजार लागिरहेको जमीन केही स्थानीय भूमाफियाहरूले आफ्नो नाममा दर्ता गरेको हल्ला यथार्त रहेकोले उक्त जग्गा सार्वजनिकरूपमा राखी बजार व्यवस्थित गर्नुपर्ने आफ्नो धारणा रहेको कोल्हवी गाविसका निवर्तमान अध्यक्ष राजहरण चौधरीले बताए।
उक्त सार्वजनिक जमीनमा बजार विस्तार र व्यवस्थित गर्ने गराउने उद्देश्यले भूईं तल्लेदेखि तीन/चारतल्ले पक्की भवन दर्जनौं निर्माण भइसकेका छन् भने कच्ची घरटहरा, घुम्तीहरू करिब दुई सयभन्दा बढी रहेको स्थानीयवासीले बताए। वर्षौदेखिको सार्वजनिक जग्गालाई विभिन्न जालझेल